वर्ल्डलिंकलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड
काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले मधेश प्रदेशको इमर्जिङ सेक्टरका लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ । प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो । मधेस प्रदेशमा समेत सञ्चालनमा रहेको, सफल व्यवसायिक मोडेल तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएको आधारमा यस्तो अवार्ड दिइएको हो । वर्ल्डलिंकले नेपालका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रमा वृहत फाइवर नेटवर्क निमार्ण गरि नेपालको ७५ जिल्लाहरुमा अन्तरार्ष्ट्रिय स्तरको गुणस्तरिय इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ । यस कम्पनीले वर्तमान समयमा ६ लाख ४५ हजारभन्दा बढी घरधुरी इन्टरनेट प्रयोगकर्ता तथा ९ हजार भन्दा बढि संघ सस्था, बैंक एवं वित्तिय संस्था तथा सरकारी कार्यालयहरुलाई इन्टरनेट एवं डाटा कनेक्टिभिटि लगायत १३ हजारभन्दा बढी स्थानहरूमा फ्रि वाइफाई सेवा उपलब्ध गराइरहेको छ।
जानकी टेक्नोलोजीले पायो ‘आइसिटी अवार्ड अफ एक्सिलेन्स’
काठमाडौं । मदेश प्रदेश सरकारको अर्थ मन्त्रालयको तर्फबाट जानकी टेक्नोलोजिले ‘एक्सिलेन्स फर इनोभेसन इन इमर्जिङ्ग सेक्टर्स अफ द प्रोभिन्स आइसिटी अवार्ड’ पाएको छ । सोमबार एसइइपि, सिएनआइ, युके ऐड र स्वदेशीले आयोजना गरेको कार्यक्रममा टेक्नोलोजिले उक्त अवार्ड पाएको हो । आईसीटी क्षेत्रमा उत्कृष्ट नवप्रवर्तन अभ्यासको कदर गर्दै मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयले जानकी टेक्नोलोजीले उक्त अवार्ड पाएको हो । जानकी टेक्नोलोजी २००७ मा एक कलेज छात्रावासबाट सुरु भएको सह-संस्थापक संचालित कम्पनी हो । कम्पनीले एक दशकदेखि नेपालको टेक्नोलेजीको क्षेत्रमा धेरै प्रविधिहरू स्थापना गरिसकेको छ । जानकी टेक्नोलोजीका सहसंस्थापक अरविन्द शाहले प्रतिष्ठित आइसिटी अवार्ड अफ एक्सिलेन्स प्राप्त गर्नु ठूलो सम्मान भएको बताए । ‘सूचना र प्रविधि हाम्रो समाज, हाम्रो देश तथा हाम्रो अर्थतन्त्रका अत्यावश्यक अंगहरू हुन्, प्रतिष्ठित आइसिटी अवार्ड अफ एक्सिलेन्स प्राप्त गर्नु हाम्रा लागि ठूलो सम्मान हो, यी मान्यताहरूले हामीले समुदाय र राष्ट्रलाई कसरी प्रोत्साहन पुर्याएका छौं भनेर देखाउँछ,’ उनले भने ।
स्टेफनी लुइसले बनाएकी थिइन् बुुलेटप्रुफ ज्याकेट
एजेन्सी । तपाईंले प्रायः देख्नु भएको होला कि हिंसात्मक अभियानमा सामेल हुनु अघि सशस्त्र बलका जवानहरूले गोली नलागोस भनेर बुलेटप्रुफ ज्याकेट लगाउँछन् । यो विशेष ज्याकेट बनाउनको लागि कुन सामग्री प्रयोग गरिएको थियो र कसले यसलाई बनायो भनेर कहिल्यै सोच्नुभएको छ ? कपडा र धागोमा विशेष रुची राख्ने रसायनशास्त्री स्टेफनी लुइस कोवलकले सो ज्याकेट बनाएकी हुन् । स्टेफनीले सिंथेटिक फाइबरको क्षेत्रमा पनि अनुसन्धान गरिरहेकी थिइन् । उनले स्टिल भन्दा बलियो र फाइबरग्लास भन्दा हल्का समाधानको आविष्कार गरेकी थिइन् । हामीले अहिले उनको आविष्कारलाई केवलर भनेर चिन्छौं । आजको संसारमा, यो टायर, पन्जा, बुलेटप्रुफ ज्याकेट, स्पेस सूट, र स्पेसक्राफ्टमा पनि प्रयोग गरिन्छ । तर जब स्टेफनीले यो क्रिस्टल आकारको समाधान बनाइन्, उनका सहकर्मीहरूले यसलाई बनाउने प्रक्रियामा साथ दिन अस्वीकार गरेका थिए । स्टेफनीको जन्म सन् १९२३ को ३१ जुलाईमा अमेरिकाको पेन्सिभिनियामा भएको थियो । उनको मृत्यु १८ जुन २०१४ मा भएको हो ।