अनावश्यक इमेलहरूबाट हैरान हुनुभएको छ ? यी टिप्सको प्रयोग गर्नुहोस्
एजेन्सी । जिमेलले तपाईंलाई बारम्बार र अनावश्यक वेबसाइट इमेलहरूबाट सदस्यता रद्द गर्न पनि अनुमति दिएको हुन्छ । अनावश्यक इमेल आइरहने त्यस्ता वेबसाइटहरुलाई अनसस्क्राइब गर्न पनि सकिन्छ, त्यसपछि अनावश्यक लाग्ने इमेलहरु आउन बन्द हुन्छ । जीमेल डिजिटल संसारमा एक प्रसिद्ध नाम हो। धेरैजसो स्मार्टफोन प्रयोगकर्ताहरूको जिमेलमा अनिवार्य रुपमा एकाउन्ट रहेको हुन्छ । जिमेल स्कूल, कलेजदेखि अफिससम्मको कामका लागि प्रयोग गरिन्छ र यस अर्थमा यो निकै महत्त्वपूर्ण प्लेटफर्म हो। अहिले विश्वभर १५० मिलियन भन्दा बढी प्रयोगकर्ताहरू जिमेलको प्रयोग गर्छन्। यदि तपाइँ पनि जिमेलको प्रयोग गर्नुहुन्छ भने, यो रिपोर्ट तपाइँको लागि सहयोगी हुन सक्छ । यस रिपोर्टमा, हामी तपाईंलाई अनावश्यक इमेलहरू मेटाउने र स्प्याम इमेलहरू ब्लक गर्ने सजिलो तरिकाहरूको बारेमा जानकारी दिने कोशिष गरेका छौं । अनावश्यक इमेलहरू कसरी मेटाउने ? तपाईं दुई तरिकामा अनावश्यक इमेलहरू मेटाउन सक्नुहुन्छ। पहिलो, तपाइँ एक एक गरी सबै इमेलहरू छानेर डिलिट गर्न सक्नुहुन्छ । यो तरिकाले इमेलहरू मेटाउन धेरै समय लाग्छ, तर यो सबैभन्दा सुरक्षित तरिका हो । यसरी मेटाउँदा महत्वपूर्ण इमेलहरु सुरक्षित रहन सक्छन् । दोस्रो, अनावश्यक इमेल हटाउने छिटो तरिका पनि छ । यो अप्सनमा तपाईं अनावश्यक इमेलहरू मेटाउन फिल्टरहरू प्रयोग गर्न सक्नुहुन्छ। यसमा तपाईले एक क्लिकमार्फत धेरै इमेलहरु मेट्न सक्नुहुन्छ । यसका लागि, तपाईंले इमेलको सर्चमा जानुहोस् र अनसब्सक्राइब वा अनरिड टाइप गर्नुहोस् । त्यसपछि तपाईंको स्क्रिनमा सबै अनसब्सक्राइब र नपढिएको इमेलहरूको पूर्ण सूची देखा पर्नेछ। यसपछि तपाईंले सबैलाई एकै पटक छनोट गरेर मेटाउन सक्नुहुन्छ। स्प्याम इमेलहरू एकैपटक मेट्न सकिन्छ तपाईंले स्प्याम इमेलहरू फेला पार्न र हटाउन जिमेल फिल्टरहरू पनि प्रयोग गर्न सक्नुहुन्छ। यसका लागि जिमेलको सर्च इन मेल बक्समा गएर अनसबस्क्राइब टाइप गर्नुपर्नेछ। यस पछि तपाईले सबै आफुले सस्क्राइब नगरेका र स्प्याम मेलहरूको पूरा सूची देख्नुहुनेछ। तपाईंले यी सबै स्प्याम इमेलहरू एकैपटक छनोट गर्नसक्नुहुन्छ । त्यसको लागि तीनवटा डट्सहरुमा क्लिक गर्नुहोस् र विकल्पहरु मध्ये सन्देश फिल्टरमा जानुहोस्। यसपछि तपाईले यसमा डिलेट, मार्क एज रिड र स्किप इनबक्स जस्ता धेरै विकल्पहरू पाउनुहुनेछ। तपाईं आफ्नो इच्छा अनुसार कुनै पनि विकल्प छनोट गर्न सक्नुहुन्छ। यसपछि जीमेलले त्यस्ता इमेलहरूलाई तपाईंको छनोट अनुसार स्वतः फिल्टर गरेर देखाउँछ । अनावश्यक इमेल अनसस्क्राइब गर्न सकिन्छ जिमेलले तपाईंलाई बारम्बार र अनावश्यक वेबसाइटबाट आउने इमेलहरूबाट अनसस्क्राइब गर्ने सुविधा पनि दिएको छ । तपाईंले यी वेबसाइटहरूबाट आउने इमललाई अनसस्क्राइब गर्न सक्नुहुन्छ । त्यसपछि तपाईंलाई ती वेबसाइटहरूबाट इमेलहरू प्राप्त हुन छाड्छन् । त्यस्ता अनावश्यक इमेलहरुको अनसस्क्राइब गर्न तपाईंले स्प्याममा गएर इमेल छनोट गर्नुपर्नेछ र त्यसपछि रिपोर्ट स्प्याम र सदस्यता रद्द गर्ने विकल्पमा जानुहोस् । स्प्याम रिपोर्ट गर्नुहोस् र अनसस्क्राइब गर्नुहोस, त्यसपछि तपाईंले त्यो इमेलबाट फेरि मेल प्राप्त गर्नुहुने छैन।
टेलिकमको ई-सिम अब ८ वटा स्थानबाट पाइने
काठमाडौं । नेपाल टेलिकमले हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरुलाई निःशुल्क ई-सिम वितरण गरिरहेको छ । कम्पनीले पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरुमाझ प्रबद्र्धनात्मक परीक्षणको रुपमा वितरण भइरहेको ई-सिमको लागि कम्पनीसँग यथेष्ट संख्या मौज्दात रहेको छ । ग्राहकहरुको अत्यधिक रुचि र मागलाई मध्यनजर गर्दै ग्राहकवर्गको सुविधाका लागि हालसम्म सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको ई-सिम भोलि (२०७९ असोज ४ गते) देखि कम्पनीका ग्राहक सेवा केन्द्रहरु नक्शाल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयहरु लगायत ग्राहक सेवा केन्द्र पुलचोकबाट पनि माग बमोजिम वितरण गरिने छ । मोबाइल सेटमा ई-सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई-सिम प्रयोग गर्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई-सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई-सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जान ग्राहकलाई अनुरोध गरेको छ । यसका लागि आफ्नो मोबाइलबाट *#06# डायल गर्नुपर्छ । यसरी डायल गर्दा ईआईडी लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा ई-सिम चल्छ भनी थाहा पाउन सकिन्छ । त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई-सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ । आइफोन वा एन्ड्रोइडको सेटिङमा एड मोबाइल प्लान वा एड डेटा प्लान देखियो भने पनि त्यसमा सामान्यतः ई-सिम चल्छ भन्ने कुरा थाहा हुन्छ । फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिम हालका लागि निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई-सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ । ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।
आफ्नो मोबाइल वा डिभाइसलाई ह्याकिङबाट कसरी जोगाउने ?
एजेन्सी । डिजिटल संसारमा ह्याकिङका घटनाहरू अहिले सामान्य भइसकेका छन्। हरेक दिन हामी अनलाइन ह्याकिङ र यससँग सम्बन्धित समाचारहरू दैनिक रुपमा पढिरहेका हुन्छौं । विश्वभरका ५ अर्ब मानिसले इन्टरनेट प्रयोग गर्ने भएकाले ह्याक हुन सक्ने उपकरण फेला पार्नु सजिलो काम होइन। त्यसोभए ह्याकरहरूले कसरी थाहा पाउने कि तपाईंको फोन ह्याक हुन सक्छ सक्दैन भन्ने कुरा ? कसरी ह्याकरहरूले यति धेरै इन्टरनेट प्रयोगकर्ताहरू बीच आफ्नो शिकार छनौट गर्छन् ? यदि तपाईं पनि ह्याकिङ प्रक्रिया जान्न चाहनुहुन्छ भने यो रिपोर्ट तपाईंको लागि हो। यस रिपोर्टमा, हामी तपाईंलाई ह्याकिङसँग सम्बन्धित केही रोचक कुराहरू बताउनेछौं, जसले तपाईंलाई जानकारीका साथसाथै भविष्यमा अनलाइन ह्याकिङबाट जोगाउनेछ। ह्याकरहरूले कमजोर उपकरणहरू कसरी फेला पार्छन् ? सिस्कोको २०२२ को रिपोर्ट अनुसार विश्वभर ५ अर्ब मानिसले इन्टरनेट प्रयोग गर्छन्। पछिल्लो अनुमान अनुसार सन् २०२३ सम्म २९ अर्ब यन्त्रहरू (ल्यापटप, ट्याब्लेट, स्मार्टफोन, घडी आदि) इन्टरनेट सर्भरमा जोडिएर काम गरिरहेका छन् । यो संख्या विश्वको जनसंख्याको तीन गुणा बढी हो। अर्थात्, औसत व्यक्तिले चारवटा यन्त्रहरू प्रयोग गर्नेछन्। यी उपकरणहरूको आफ्नै छुट्टै आइपी एड्रेस हुन्छ । अर्थात्, आइपी एड्रेसको सहायताले इन्टरनेट अफ थिंक्स सर्च इन्जिन प्रयोग गरेर उपकरणको बारेमा धेरै जानकारी प्राप्त गर्न सकिन्छ । इन्टरनेट अफ थिंक्स सर्च इन्जिन इन्टरनेट अफ थिंग्स एउटा यस्तो प्रविधि हो जसद्वारा नेटवर्किङ मार्फत धेरै ग्याजेटहरू एकसाथ जोड्न सकिन्छ। यसमा, सबै ग्याजेटहरू एकसाथ जडान हुन्छन् र एकअर्कासँग डाटा आदान प्रदान गर्ने काम गरिन्छ । जसले सबै उपकरणहरूलाई एकठाउँमा एकीकृत गर्न मद्दत गर्छ । विशेष खोज इन्जिनहरू जस्तै र्यापिड सेभेन र ‘मिटरे’ ले जोखिमपूर्ण उपकरणहरु ट्रयाक गर्दछन् । जुम आई र सुढान एप्लिकेसनले सर्च इन्जिनहरूको प्रयोग गरेर, ह्याकरहरूले इन्टरनेट, जियोलोकेशन, पोर्ट, अपरेटिङ सिस्टम, सेवा, होस्ट र आईपी एड्रेसहरुमा जडान भएका उपकरणहरू पनि फेला पार्न सक्छन्। तिनीहरूले सिस्टममार्फत सम्बन्धित डिभाइसमा पहिल्यै कसरी लगइन गरिएको छ भनेर समेत जाँच गर्न सक्छन् । पहिले लगइन गर्दाको पासवर्ड प्रयोग गरिएको वा नगरिएको भनेर पनि थाहा पाउन सक्छन् । यी सबै उपकरणहरूबाट डाटा संयोजन गर्नाले ह्याकरहरूलाई इन्टरनेटमा कमजोर उपकरणहरू फेला पार्न र सबैभन्दा प्रभावकारी आक्रमणहरूको योजना बनाउन मद्दत गर्दछ। स्पेयर फिसिङ ह्याकरहरूले प्रायः इन्टरनेटमा धेरै रुची भएका प्रयोगकर्ताहरू फेला पार्न अतिरिक्त फिसिङ प्रयोग गर्छन्। जसले जानीजानी जोखिममा रुची राख्छन उनीहरुलाई ह्याकरहरुले बढी टार्गेट गर्ने गर्दछन् । को टार्गेटमा परेको छ भन्ने विषय थाहा पाउन हप्ता वा महिना दिन पनि लाग्न सक्छ । ह्याकरहरुले स्पीयर फिसिङ त्यतिबेला शुरु गर्छन जब सम्बन्धित व्यक्तिको बारेमा पर्याप्त जानकारी प्राप्त गरिसकेका हुन्छन् । ह्याकरले त्यसपछि मालवेयर होस्टिंग लिङ्क वा इमेल पठाउन सक्छन् । यस्तो लिङ्कमा क्लिक गर्दा वा त्यस्तो फाइल डाउनलोड गर्दा उपकरणमा मालवेयर ल्याउँछ र ह्याकरहरूले त्यो उपकरणलाई आफ्नो नियन्त्रणमा लिने गर्दछन् । ब्लुटुथ ह्याकिंग ब्लुज्याकिङ, ब्लुस्नार्फिङ र ब्लुबगिङ जस्ता ब्लुटुथ ह्याकिङ प्रविधिहरूले ह्याकरहरूलाई ब्लुटुथ जडान भएको यन्त्रहरुको कमजोरी पत्ता लगायर डाटा ह्याकिङ गर्न सहयोग पुर्याउँछ । यद्यपि, अधिकांश ह्याकरहरूले ब्लुटुथ ह्याकिङको सट्टा मालवेयर इन्स्टल गरेर ह्याकिङ गर्न रुचाउँछन् किनभने ब्लुटुथ बन्द गरेर ब्लुटुथ ह्याकिङ रोक्न सकिन्छ । यदि सम्बन्धित यन्त्रको व्यक्तिले ब्लुटुथ अफ गर्यो भने, ह्याकिङ प्रक्रिया रोकिन पुग्छ । कसैको परिवारमा ठूलो संख्यामा वायरलेस उपकरणहरू (जस्तै हेडफोन, स्मार्टवाच, स्मार्टफोन र ल्यापटपहरू) छन् र त्यहाँ ब्लुटुथ खुला छोडिएको छ भने त्यहाँ ह्याकिङ हुने अधिक सम्भावना रहन्छ । ह्याकिङबाट कसरी सुरक्षित रहने ? ह्याकिङबाट बच्नको लागि ब्राउजिङ गर्दा भर्चुअल निजी नेटवर्क (भिपिएन) को प्रयोग गर्न सकिन्छ। कम्प्युटर संसारमा भिपिएनले डिभाइसको आइपी एड्रेस र इन्टरनेट गतिविधिहरू लुकाएर राख्छ, ताकि व्यक्तिगत गोप्य विवरण सुरक्षित रहोस । भिपिएन मार्फत ब्राउज गर्नु भनेको सुरुङ मार्फत गाडी चलाउनु जस्तै हो। इन्टरनेट ब्राउज गर्दा एचटिटिपिएस इन्क्रिप्सन भएका वेबसाइटहरू मात्र प्रयोग गर्नु सुरक्षित मानिन्छ । यी वेबसाइटहरू सुरक्षित हुन्छन् र जसले व्यक्तिगत डाटा गोप्य राख्छन्। साथै, अज्ञात लिङ्कहरूमा क्लिक गर्नबाट जोगिन र आफ्नो मोबाइल र ल्यापटपको लागि इन्क्रिप्सन सेटअप बारे जान्न जरुरी हुन्छ ।