ह्वावेद्वारा जाजरकोटका भूकम्पपीडितलाई मानवीय सहायता
काठमाडौं । एक जिम्मेवार कर्पोरेट संस्थाका रुपमा ह्वावेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर जाजरकोट र रुकुमका भूकम्पपीडितहरुलाई राहात सामग्रीको रुपमा पाल, कम्बल, स्लिपिङ झोलाजस्ता आवश्यक सामग्री उपलब्ध गराएको छ। ह्वावे नेपालका सीईओ ह्वाङ जुन, पीआर निर्देशकझाङ लिआङ र डिजिटल एम्पावरमेन्ट सोसाइटीको उपस्थितिमा मन्त्रालयको कार्यालय सिंहदरबारमा मन्त्री रेखा शर्मालाई राहत सामग्री हस्तान्तरण गरिएको हो। ह्वावेले यी राहात सामग्री विपद्बाट प्रभावितहरुलाई तत्काल सहायता र सान्त्वना प्रदान गर्न, उनीहरुको आधारभूत आवश्यकताहरु सम्बोधन गर्न र चुनौतीपूर्ण समयमा केही राहात प्रदान गर्न महत्त्वपूर्ण रहेको विश्वास लिएको छ। ह्वावे नेपालले संकटको समयमा सञ्चारको महत्वपूर्ण भूमिका बुझेको छ। भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार साइटहरु कायम राख्न २४/७ नेटवर्क सेवाप्रदानगर्न ह्वावे समर्पित रहेको बताएको छ। ह्वावेले तुरुन्त भूकम्पप्रभावित क्षेत्रमा दूरसञ्चार सेवालाई निरन्तर सुचारु अवस्थामा राख्न आफ्नो प्राविधिक टिमलाई स्ट्यान्डबाई राखेको जनाएको छ। राहात सामग्री हस्तान्तरणपछि ह्वावे नेपालका सीईओ ह्वाङ जुनले भने, ‘म प्रभावित क्षेत्रका दिवंगत आत्माहरुप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु र सञ्चार पूर्वाधारहरु सञ्चालनमा रहन, उद्धार र राहतको समन्वयलाई सहज बनाउन ह्वावे नेपालबाट निरन्तर सहयोगको आश्वासन दिन चाहन्छु। हामी नेपालका लागि नेपालमा छौँ।’ ह्वावेले प्राकृतिकप्रकोपबाट प्रभावित क्षेत्रहरुमातत्काल राहात सामग्री उपलब्ध गराउन सधैँ अग्रगामी भूमिका खेलेको छ। सोही अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘हामी नेपालको दूरसञ्चार क्षेत्रमा ह्वावेले गरेको योगदानको कदर गर्छौं र यस विनाशकारी अवधिमा गरेकाप्रयासहरुको कदर गर्छौं।’ नेपालको जाजरकोटमा राहतकार्यमा सहयोग गर्ने ह्वावेको प्रतिबद्धता कम्पनीको मूल्यमान्यता र यसले सेवा गर्ने समुदायहरुमा सकारात्मक प्रभाव पार्ने समर्पणको प्रमाण हो। ह्वावेले यस कठिन समयमा नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको र पुनर्निर्माणका लागि सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको स्पष्ट गरेको छ। यसका साथै ह्वावेले प्राविधिक सहयोग, पूर्वाधार मर्मतसम्भार र प्रत्यक्ष राहात प्रयासहरुसहित एक जिम्मेवार कर्पोरेट र भूकम्पपछिको राहततथा उद्धारको अभियानमा नेपालको भरपर्दो साझेदार बन्ने प्रतिबद्धता व्यक्त गरको छ।
एनसेलद्वारा सेयर कारोबारका लागि सम्झौता भएको घोषणा
काठमाडौं । स्पेक्ट्रलाइट यूके र आजियाटा यूकेबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको छ । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभीसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत स्वामित्व लिनेछ । एनसेलको ८० प्रतिशत स्वामित्व रेनोल्डस् होल्डिङ्सँग रहेको छ । स्पेक्ट्रलाइट एनसेलका सेवाहरूको दायरा विस्तार गर्दै गुणस्तर अभिवृद्धि गर्न र डिजिटल आविष्कारहरूका साथ एनसेललाई अगाडि बढाउन प्रतिबद्ध छ । स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य हुन् । उनी सिंगापुरमा रहेका नेपाली मूलका व्यवसायी हुन् । उनी भन्छन् ‘एनसेलको सेयर होल्डिङको लागि यो सम्झौताको घोषणा गर्न पाएकोमा स्पेक्ट्रलाइट निकै खुसी छ । दूरसञ्चार क्षेत्रको मेरो वृहत् अनुभवका साथ एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै नेपालमा रहेका करोडौँ ग्राहकलाई विभिन्न परिष्कृत सेवा प्रदान गर्न हामी प्रतिबद्ध छाैं ।’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘एनसेलको स्वामित्वमा आगामी दिनमा हुने परिवर्तन देखि हामी खुसीछाैं र नयाँ लागानीकर्तासँग काम गरी एनसेललाई डेटा र सञ्चार पूर्वाधारको एक नेपाली कम्पनीका रुपमा अघि बढाउन हामी तत्पर छाैं। आगामी दिनमा कम्पनीको परिष्कृत योजनाहरु घोषणा गदै सेवाहरूको दायरा फराकिलो बनाइने छ जसले यो कम्पनीलाई एक प्रमुख डिजिटल सेवा प्रदायक तथा डेटा सेवा प्लेटफर्म बनाउनेछ ।’
३० कम्पनीको लाइसेन्स खारेज गर्दै प्राधिकरण (सूचीसहित)
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न ३० वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न ३० वटा कम्पनीलाई ७ दिनभित्र बक्यौता रकम भुक्तनी नगरेर लाइसेन्स खारेज गर्ने जनाएको हो । प्राधिकरणबाट दूरसञ्चार सेवा सञ्चालनको लागि अनुमतिपत्र लिई विगत केहि वर्षदेखि नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनु पर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र नबुझाएको प्राधिकरणले बताएको छ । ‘बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक–पटक सम्पर्क गर्न पत्राचार तथा इमेल गर्दा समेत सम्पर्क हुन नसकेको हुँदा ७ दिनभित्र प्राधिकरणमा सम्पर्क गर्न यसै सूचनामार्फत् जानकारी गराइन्छ, साथै उक्त अवधिभित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडी बढाइने छ,’ प्राधिकरणको सूचनामा उल्लेख छ ।