सातौं स्थानको लागि नेपालले भोलि नेदरल्यान्डसँग भिड्ने

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको नेपालले सातौं स्थानको लागि भोली (शनिबार) नेदरल्यान्डसँग भिड्ने भएको छ । जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौं स्थानको लागि नेदरल्यान्डको सामना गर्ने भएको हो ।  जिम्बामेमा हुने खेल नेपाली समय अनुसार १ बजेर १५ मिनेटमा सुरु हुनेछ । प्रतियोगितामा नेपालले पपुवान्यूगिनीलाई ६ विकेट र हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म चार पटक आमने सामने भएका छन् । जसमा दुवै टोलीले समान दुई दुई खेल जितेका छन् ।

सांग्रीला डेभलपमेन्ट बैंकको १० दिने अभिमुखिकरण तालिम सम्पन्न

काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंकले आफ्ना कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम दिएको छ । बैंकले नवनियुक्त कर्मचारीहरुलाई शाखामा पठाउनु भन्दा पहिले सामाजीकरण गराउने र बैंक सम्बन्धित कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने र सिकाउने उद्देश्यले यो अभिमुखीकरण तालिमको आयोजना गरेको हो । तालिममा नवनियुक्त ५५ जना कर्मचारी सहभागी भएका थिए । उक्त तालिममा कम्युटर तालिम लगायत क्रेडीट, कस्टमर सिर्भीस, टेलर व्यावस्थापन, नक्कली नोट, सिग्नेचर भेरिफिकेसन् लगायतको बारेमा तालिम दिईएको नायव कार्यकारी अधिकृत दिनेश थकालीले बताए । बैंक प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले यस किसिमको तालिमले नवनियुक्त कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याउनु पर्ने बताए । बैंकले छिट्टै देशका विभिन्न स्थानमा २२ वटा नयाँ शाखाहरु खोल्दै छ । नयाँ शाखाहरु संचालन पछि सस्थाको शाखा संजाल देशभर गरि ५८ ओटा पुग्ने विभागिय प्रमुख निर्मलकुमार श्रेष्ठले बताएका छन् ।  

जगदम्बा स्टिल्सद्धारा क्यापस टपर वस्तीलाई ५१ हजारको चेक प्रदान

काठमाडौं । शंकर ग्रुप अन्तर्गतको भगिनी संस्था जगदम्बा स्टिल्स् कम्पनीले इन्जिनियररिङ अध्ययन संस्थानका सञ्जिला वस्तीलाई ५१ हजारको चेक प्रदान गरेकाे छ । कम्पनीले समाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो पटक इन्जिनियररिङ् अध्ययन संस्थान, थापाथली क्यापस हलमा पुरस्कार तथा प्रमाणपत्र वितरण समारोहमा साे मात्राकाे चेक हस्तान्तरण गरेकाे हाे । उक्त कार्यक्रममा शंकरलाल अग्रवालले गोल्ड मेडल सहित उक्त रकमकाे चेक वस्तीलाई प्रदान गरेकाे हाे । उनी इन्जिनियररिङ् अध्ययन संस्थाको शैक्षिक क्षेत्रमा उत्कृष्ट नजिता प्राप्त गरि वि.सं. २०७४ सालमा क्यापस टपर हुन् ।