गाई बाच्छा बचाउने अभियानलाई अग्नि ग्रुपले दियो महिन्द्राको पिकअप गाडी
काठमाडौं । नेपालमा महिन्द्रा गाडीको एक मात्र आधिकारिक विक्रेता अग्नि ग्रुपले हालै ‘मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान’ नामक संस्थालाई महिन्द्रा बोलेरो पिकअप गाडी प्रदान गरेको छ । मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान नामक संस्थाले विभिन्न पीडित, घाइते एवं छाडा छोडिएका जनावरहरुको उद्धार गर्दै आएको छ । गाडी हस्तान्तरण कार्यक्रम बुधबार होटल याक एण्ड यतिमा सम्पन्न गरिएको थियो । अग्नि इन्कर्पोरेटेड प्रालिका कार्यकारी प्रमुख सुजन वैद्यले महिन्द्रा बोलेरो गाडीको साँचो अभियानलाई प्रदान गरेका थिए । नेपालमा वार्षिक करिव ८ हजार जनावर विशेष गरी साँडे एवं बाच्छाहरु सडक तथा राजमार्गहरुमा त्यसै छोडिने गरिन्छ । करिव २५ हजार कुकुर एवं बिरालो काठमाडौंका सडकहरुमा भेटिन्छन् । यस्ता जनावरहरु खाना, पानी तथा उपयुक्त वासस्थानको कमीले गर्दा दुःख पाइरहेको अवस्थालाई मध्यनजर गरी महिन्द्राले त्यस्ता जनावरहरुको जीवन उद्धारको लागि कार्यरत संस्था मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान लाई गाडी प्रदान गरेको हो । विगतका वर्षहरुमा सो संस्थाले जनावरहरुलाई मोटर साइकलको पछाडिको सिटमा राखी उद्धार गर्दै आएका थिए । अब उपरान्त जनावरहको उद्धारमा महिन्द्राको गाडीको प्रयोग गरी त्यस्ता जनावरहरुलाई सहज एवं शीघ्र रुपमा उद्धार गरिने कम्पनीले विश्वास लिएको छ ।
देशकाे प्रमुख सहरहरुमा प्रोजेक्ट वान ब्यान्डकोसाथमा ‘अर्ना फेरि उठ्ने छ’ इभेन्ट हुदै
काठमाडौं । अर्नालाईटले विगतमा जस्तै यस पटक पनि फेरि उठ्ने बताएको छ । कम्पनीले यस वर्ष व्यान्ड वागनको साथ ‘अर्ना फेरि उठ्ने छ’ नेपाल नयाँ अबधारणाका साथ सांगितिक टुर लिएर प्रमुख सहरहरुमा जाने भएको छ । यस पटक उक्त इभेन्टमा प्रोजेक्ट वान व्यान्डद्वारा एकताको सन्देश दिने कम्पनीको भनाइ छ । प्रोजेक्ट वान नयाँ ब्यान्ड हो । उक्त ब्यान्ड विभिन्न उत्कृष्ट रक ब्यान्डका सदस्यहरुद्वारा संगठित गरिएको हो । यसको स्थापना व्यान्ड वागनका प्रबन्ध निर्देशक विकेश कायस्थद्वारा गरिएको बताइएको छ । प्रोजेक्ट वान व्यान्डमा मुक्ति शाक्य, रविन तामाङ, स्वप्नील शर्मा, निरन शाही, हरि महर्जन, शरद श्रेष्ठ, रोशन कंशकार, निखिल तुलाधर लगायत उत्कृष्ट रक ब्यान्डका सदस्यहरु रहेको कम्पनीको भनाइ छ । ब्यान्डले हालै ‘फेरि उठ्ने छ नेपाल’ नामक नयाँ म्युजिक भिडियो समेत बजारमा ल्याइसकेको बताइएको छ । ब्यान्डको पहिलो समेत रहेको उक्त टुर ७ अप्रिलदेखि २ जुनसम्म रहने जनाएको छ । टुर नारायणगढ, धरान, बनेपा, धनगढी, पोखरा, बिराटनगर, इटहरी, भैरहवा र काठमाडौंमा आएर टुंगिने जनाएको छ । अर्ना बिरय यस इभेन्टको प्रमुख प्रायोजकको रुपमा रहेको छ । अर्ना बियरले यसलाई एकताको उदाहरण कामय गरि सकारात्मक सन्देश देशभर फैलाउने अबसरको रुपमा लिएको बताएको छ ।
पाँचतारा साकोसको आयोजनामा रक्तदान
काठमाडौं । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ६१ औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको दशौं वार्षिकोत्सवको अवसर पारेर मंगलबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । व्लड डोनर्स एशोसिएसन केन्द्रिय समितिका सचिव सूर्यलाल महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ब्लोदान पूर्वी भेगिय कार्यसमिति सहयोगी संस्थाको रुपमा रहेको थियो । त्यस्तै नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ११५ भन्दा बढीले रक्तदान गरेको संस्थाले जनाएको छ । संस्थाले सामाजिक उत्तरदायित्व बहनगर्ने क्रममा विगत ९ वर्षदेखि हरेक साल चैत्र २० गते नियमित रुपमा रक्तदानकार्यक्रम गर्दै आएको जनाएको छ ।