च्याम्पियन्स लिगमा रियल मड्रिडको लज्जास्पद पराजय
कठमाडौं । च्याम्पियन्स लिगमा गत सिजनको बिजेता रियल मड्रिडको लज्जास्पद पराजय व्यहोरेको छ । इङिलस क्लाब टोटेनह्यामले रियल मड्रिडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । रियलले पहिलो हाफमा एक गोल खाएको थियो भने दोश्रो हालमा थप २ गोल गोल खायो । टोटेनह्यामका लागि डेल अलीले २ गोल गरेका हुन् । तेश्रो गोल भने एरिक्सनले हानेका थिए । रियल मड्रिडका लागि सान्त्वना एक गोल भने रोनाल्डोले गरेका थिए । जितसँगै ४ खेलबाट १० अंक जोडेको टोटेनह्याम नकआउट चरणमा पुगेको छ भने रियलको ७ अंक रहेको छ ।
जन्मदिनमा अखिल सचिवले बाडे बालबालिकालाई शैक्षिक सामग्री
काठमाडौं । अनेरास्ववियुका केन्द्रिय सचीव सुदेश पराजुलीले आफ्नो जन्म दिनमा अनाथ बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । अखिल सचिब पराजुलीले सोमबर नक्सालस्थित बालमन्दिरमा ८० जना अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन् । उनले १० हजार मूल्य बराबरको कपि, कलम तथा दिवा खाजाका लागि बिस्कुट उपलब्ध गराएका हु्न् । उनले जन्म दिनलाइ प्रगतिशील ढङ्गले मनाउने उद्देश्यले अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको बताए । ‘हामीले प्रत्येक समयको सदुपयोग गर्नुपर्छ । व्यक्तिको जन्मदिनको बिशेष अर्थ हुन्छ, मैले यो दिन समाजका लागि नयाँ कामको आरम्भ गर्ने प्रयास गरेको हुुँ,’ अखिल सचिब पराजुलीले भने । उनले समाज बदल्ने अभियानमा सामेल सबैले सबै समयम समाजका लागि सोच्नु पर्ने धारणा पनि राखे ।
जाडोमा मोटरसाइकल यात्रा गर्दै हुनुहुन्छ ? यसरी गर्नुस् सुरक्षित बाइक राइडिङ
काठमाडाैं । जाडो मौसममा चिसो हावा चल्ने भएकाले मोटरसाइकल चलाउदा विशेष ख्याल गर्नुपर्ने हुन्छ । सवारी गर्ने चालकले शरीरको साथै मोटरसाइकलको पनि निकै हेरचाह गर्नुपर्छ । जाडोमा हावाले पानी चाँडै सोस्ने भएकोले मोटरसाइकलमा धुलो जमेर बस्ने सम्भावना हुन्छ । कतिपय मानिस जाडोमा बाइकलाई सुरक्षित राख्न छोपेर राख्छन् । वा गर्मी मौसम कहिले आउला भन्दै पुरै सिजन पर्खाईमा बस्छन् । मोटरसाइकका साथै शरीरलाई पनि स्वस्थ राख्न निम्नानुसार बानी अपनाउनुपर्छ । बन्दोवस्तीका साथ निस्कनुस् गियर अप भएर निस्कनु भन्नाले आफूलाई बन्दोवस्तसहित हिड्नु भन्ने बुझिन्छ । जाडोमा बाइक चलाउदा पूर्णरुपमा गियर-अप हुनै निकै आवश्यक छ । फुल लेग, फुल स्लिभका साथ आफूलाई अन्डरआर्मरले ढाक्न सकिन्छ । यसको साथमा ही नेक वार्मर, फग फ्री फेसशील्ड हेल्मेट जस्ता सामान पनि प्याक गर्नुपर्छ । यसले जाडोबाट बचाउने मात्र नभई सुरक्षाको दृष्टिकोणले पनि यो निकै महत्वपूर्ण छ । रोक्दै-रोक्दै जाँउ लामो दुरीको यात्रामा लगातार बाइक कुदाउनु जोखिमपूर्ण हुन्छ । बीच-बीचमा बाइक रोक्ने गरौं । सार्वजनिक शौचालयमा रोकिन नबिर्सौं । जहाँ हात सुकाउनका लागि ह्याण्ड ड्रायर्स राखिएका हुन्छन् । यदी शरीर काप्न थाल्यो भने रोकिएर एकछिन टहलिनु उपयुक्त हुन्छ । सरसफाई जाडोमा बाइक कुदाएपछि सरसफाई गर्नु जरुरी हुन्छ । जाडोमा धुलोले गियरमा समस्या आउन सक्छ । चियाँ, कफि र नास्ता लामो दुरीको यात्रामा भोक महसुस नगराउन चियाँ कफि र खाजा लिइरहनुपर्छ । चियाँ र कफीले शरीरलाई न्यानो राख्न मद्दत गर्छ । बाइक मोड बाइकका लागि अतिरिक्त खर्च निकालेर यसमा ग्रिप राख्न सकिन्छ । ग्लव्स, फुट वार्मर्स जस्ता वस्तुको प्रयोगले बाइक चलाउदा चिसोबाट जोगाउनका साथै सुरक्षित राख्न मद्दत पुर्याउछ । सडकमा सावधानी बाइक चलाउँदा सडकमा पनि ध्यानराख्नु उत्तिकै आवश्यक छ । जाडोमा ब्रेकिंङका लागि विशेष ध्यान राख्नुपर्छ । छिटो ब्रेक लगाउनु सुरक्षित बाइक राइडिङमा सहयोगी हुन्छ । टायर ठन्डीमा टायर निकै चिसो रहन्छन् । केहि समयसम्म एक्सिलेरेटर डाउन-अप गरेर मात्र यात्रा सुरु गर्नु उपयुक्त हुन्छ । टायर प्रेशर पनि चेकजाँच गरिरहनुपर्छ । अन्डरवेयर थर्मल अन्डरवेयरको प्रयोगले जाडोमा पनि यात्रा सहज बनाउन सकिन्छ । लामो अन्डरवेयर निकै आरामदायी हुन्छ ।