‘आफू नि बचौं अरुलाई नि बचाउँ’ अभियानमा युरेस नेपाल कमर्श क्याम्पसका स्वयंसेवक

काठमाडाैं । युथ रेडक्रस सर्कल(युरेस) नेपाल कमर्श क्याम्पसका स्वयंसेवकले स्थानीय स्तरमा कोरोना भाइरस (काेभिड १९) को बारेमा सचेतना कार्यक्रम संचालन गरिरहेका छन् । भाइरसकाे राेकथाम र प्रतिकार्यकाे लागि युरेस नेपाल कमर्श क्याम्पसले ‘आफू नि बचौं अरुलाइ नि बचाउँ’ भन्ने नाराका साथ विभिन्न स्थानमा उक्त कार्यक्रमहरू संचालन गरिरहेकाे छ। साथै, नेपाल रेडक्रस सोसाईटी(नेरेसाे) काठमाडौं जिल्ला शाखाबाट स्यानिटाइजर बनाउने तालिम प्राप्त स्वयंसेवकहरु भोलिदेखि काठमाडौ जिल्ला शाखा अन्तर्गत रहेका उप-शाखाहरुमा गई स्यानिटाइजर बनाउन सिकाउन तयारी अवस्थामा छन् । नेरेसाे काठमाडौ जिल्ला शाखा जुनियर तथा युवा विभागका सदस्य कुशल बस्नेत भन्छन् -‘यो बिपतको घडीमा हामी आफू पनि सुरक्षित रही अरुलाइ पनि यो भाइरसबाट कसरी टाढा राख्ने र कसरी सक्रमन बाट बच्ने भन्ने जनचेतना कार्यक्रम साथै स्यानिटाइजर बनाउने तरिका सिकाउँदै आइरहेका छौं, हाम्रो युबा टिम तयारी अवस्थामा छ ।’ ‘नेरेसो काठमाडौ जिल्ला शाखाको अधीनमा छौ जहाँ जुन बेला जे गर्ने पनि तयार छाैं’ बस्नेतले बताए । साथै, उनले विश्वभर काेराेना भाइरसकाे संक्रमण बढ्दै गएकाे र त्यसकाे प्रभाव नेपालमा पनि पर्न सक्ने हुनाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्किन आम नागरिकलाई आग्रह गरेका छन् ।

मेगा बैंकले दृष्टिविहीन विद्यार्थीलाई दियाे शैक्षिक सामाग्री र कम्प्युटर

काठमाडौं। मेगा बैंक नेपालले काभ्रेका दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सपोर्ट टु फेलोशिप सोसाइटी नेपाल संस्थामार्फत काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर प्रदान गरेको हो । मेगा बैंकका बनेपा शाखा प्रमुख राजेश्वर श्रेष्ठले दृष्टिविहीन विद्यार्थीहरुलाई कम्प्युटर, दृष्टिविहीन विद्यार्थीहरुले प्रयोग गर्ने विशेष कापी, कलम, झोला तथा बोर्ड हस्तान्तरण गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले विभिन्न जिल्लाका विद्यार्थीलाई सहयोग गर्दै आएको छ ।

स्यानिटाइजरः वयस्कमा पनि असर, बालबालिकलाई झनै हानिकारक

काठमाडौं । मानिसहरुले कोभिड १९ बाट कसरी बच्न सकिन्छ भन्ने विषयमा जानकार भएदेखि बजारमा ह्याण्ड स्यानिटाइजरको व्यापार ह्वात्तै बढेको छ । भाइरस तथा व्याक्टेरिया संक्रमणबाट जोगिन मानिसले जथाभावी रुपमा यसको प्रयोग गरिरहेको छन् । यसले किटाणु मार्न भन्दै आफूमात्र नभई बालबालिकाहरुमा पनि जथाभावी प्रयोग गरिरहेको छन् । तर स्यानिटाइजरको कहाँ प्रयोग गर्न र यसले कसरी काम गर्छ भन्ने कुरा जान्न आवश्यक छ । स्वास्थ्य विशेषज्ञहरु सम्भव भएसम्म साबुन पानीले हात धुने सल्लाह दिन्छन् । किनभने यसले हातमा भएको सबै प्रकारका किटाणु र रसायनहरुको मात्रा घटाउँदछ । तर, साबुन र पानी जतिबेला पनि उपलब्ध नहुनाले विशेषज्ञहरु यसको विकल्पको रुपमा ह्याण्ड स्यानिटाइजर प्रयोग गर्न सुझाव पनि दिन्छन् । स्यानिटाइजरले तपाईंको हातमा भएको किटाण मार्छ । साबुनले त्यसलाई पखाल्छ । साबुनले सिधै किटाणु मार्दैन तर यसले किटाणुहरु कम गराउँछ । प्रत्येक्ष रुपमा देखिने हातका फोहोरहरुलाई हटाउन ह्याण्ड स्यानिटाइजरले काम दिँदैन । यसको लागि साबुन नै प्रयोग गनुपर्छ । बजारमा विभिन्न किसिमका ह्याण्ड स्यानिटाइजरहरु पाईन्छन् । तर ६० प्रतिशतभन्दा बढी अल्कोहल मिसिएको स्यानिटाइजरले मात्र किटाणुहरु मार्ने र सर्नबाट जोगाउने विशेषज्ञहरुको बताउँछन् । ह्याण्ड् स्यानिटाइजर अन्वेषक सन् १९६६ मा पहिलोपटक एक विद्यार्थी नर्स ल्युप हरन्यानडेजले हात धुने सामाग्री नभएको अवस्थामा रक्सी मिसिएको जेल जस्तो सामाग्री प्रयोग गर्न सकिन्छ भनेकी थिईन् । तर, सन् २००९ मा एचवान एनवान भाईरस स्वाईन फ्लुले महामारीको रुप लिएपछि स्वास्थ्य संस्थाहरुमा यसको प्रयोग गर्न थालिएको हो । सम्भव भएसम्म साबुन पानी नै आफ्नो सुरक्षित स्थानमा आइसकेपछि हात साबुन पानीले सफा गनुहोस् । सुरक्षित स्थान भन्नाले तपाईको घर, तपाईको कार्यस्थल, तपाईको बस्ने कुर्सी आदि हुन् । तर याद गर्नुहोस् साबुन पानीले गरिएको सरसफाईलाई केहीले पनि जित्न सक्दैन । साबुन पानी नभएको अवस्थामा मात्र स्यानिटाइजरको प्रयोग गर्नुहोस् । सकेसम्म घर बाहिर हँुदा मात्र स्यानिटाइजरको प्रयोग गर्नुहोस् । यसलाई तपाईले ब्याकअपको रुपमा राख्न सक्नुहन्छ । थोरै प्रयोग गरौं किटाणु मार्छ भन्दैमा जति पायो त्यति स्यानिटाईजरको प्रयोग गर्नु राम्रो होइन । स्यानिटाइजर थोरै पनि धेरै हुने गर्दछ । चाहिनेभन्दा बढी स्यानिटाइजरको प्रयोग गर्दा छाला सुख्खा हुने, फुट्ने, छालाको प्राकृतिक तेल हराउने जस्ता समस्या देखापर्दछ । बालबालिकाको लागि हानिकारका ह्याण्ड स्यानिटाइजरमा सामान्यत ६० प्रतिशतभन्दा बढी मात्रामा अल्कोहल हुने गर्दछ । बालबालिकाहरु आफ्नो हात बारम्बार आँखा, मुखमा लैजाने गर्दछन् । विभिन्न अध्ययनले अल्कोहलयुक्त स्यानिटाइजरले बालबालिकाहरुको मुखमा परेको अवस्थामा स्वास्थ्यमा असर गर्न देखाएको छ । १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई यसले विशेष असर गर्ने देखिएको छ । स्यानिटाइजर बालबालिकाको मुखमा परे आँखा चिलचिलाउने, सुन्निने, वान्ता हुने, मुख चिलाउने, खोकी लाग्ने, पेट दुख्ने र कुनै अवस्थामा त बालबालिकाको मृत्युसमेत हुने पनि गरेको विभिन्न अध्ययनले देखाएको छ । त्यसैले स्यानिटाइजर प्रयोग गरिसकेपछि बालबालिकाले नभेट्ने गरी टाढा राख्नुपर्छ । अभिभावकालाई सचेत बनाउन औषधी पसलेहरुले मुख्य भुमिका खेल्न सक्छन् । भाइरसलाई बाँच्न र अर्काे भाइरस जन्माउनको लागि एक जिवित कोषको आवश्यक हुन्छ । त्यसैले हात फोहोर भएको अवस्थामा वा अन्य समयमा पनि आँखा मिच्ने, हात बारम्बार मुखमा लैजाने, घाउहरु छुने काम नगरौं । यसो गरियो भने भाइरस बाँच्न वा अर्काे भाइरस जन्मन सक्ने खतरा रहन्छ । अन्तराष्ट्रिय विभिन्न संचारमाध्यमहरुले तयार पारेको सामग्रीमा आधारित