कोरोना लागेको भन्दै कञ्चनपुरमा सातजनालाई घरबाट निकालियो
काठमाडौं । सूदुरपश्चिमको कञ्चनपुरमा कोरोना भाइरस लागेको भन्दै सातजनालाई घरबाट निकालिएको छ । जिल्लाको बेलडाँडी गाउँपालिकाको एक गाउँमा उनीहरुलाई कोरोना लागेको भन्दै घरबाट निकालिएको बताइएको छ । उनीहरु केहीदिन अघि मात्रै भारतबाट घर फर्केका थिए । भारतमा कोरोना संक्रमण फैलिएको र उनीहरुलाई पनि कोरोना लागेको हुन सक्छ भन्दै घरबाट निकालिएको बताइएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका १ कि खिमादेबी दमाईलगायत सात जना कोरोनाको त्रासका कारण भारतबाट आएर बेलडाँडी गाउँपालिका २ स्थित आफ्ना छोरी ज्वाँईका घरमा आएका थिए। तर, ज्वाँईका बुबाले उनीहरुलाई घरबाट निकालेका हुन् । खिमाका सम्धिसम्धिनीले कोरोना भाइरस (कोभिड(१९) ल्याएको भन्दै घरबाट निकालि दिएका थिए । उनीहरूदाई घरबाट निकलेपछि बेलडाँडी गाउँपालिका गन्यापधुरा गाउँपालिका प्रमुख नवल बहादुर मल्लसँग समन्वय गरेर घरसम्म नै पुर्याउने प्रबन्ध मिलाएको छ ।
देश लक डाउनमा, चाेर टाउन-टाउनमा
काठमाडाैं । सरकारले देशलाई लक डाउन घोषणा गरेसँगै चोरीका घटनाहरु बढ्न थालेका छन् । सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथामको लागि लक डाउन गरेको मौका छोपेर देशका विभिन्न ठाउँमा चोरीका घटना बढ्न थालेका हुन् । चोरहरुले काठमाडौंको पेप्सीकोला क्षेत्रमा दुई दिनमा ३ वटा पसल चोरेका छन् भने अन्यधेरै ठाउँमा चोरीको प्रयास भएका छन् । स्थानीयका अनुसार प्याप्सीकोलामा आधा दर्जन पसलमा चोरी र चोरीका प्रयास भएका छन् । चोरी भएको बारे जानकारी गराउँदै काँडाघारी प्रहरी प्रभागमा निवेदन लिएको स्थानियले जानकारी दिएका छन् । यसैगरी, बुधबार राति काठमाडौै ३२ पेप्सीकोला, टाउनप्लानिङमा रहेको सरिता कस्मेटिक पसलबाट पनि चोरी भएको छ। ती पसलमा रड ताल्चा फोरेर उक्त पसलभित्रका सामान र नगद चोरी भएको बताइएको छ । कोरोनाको संक्रमण बढिरहेको बेला मौका छोपेर चोरी र आपराधिक घटना बढेका छन् । देशमा कोरोना संक्रमण रोक्न लकडाउन भएको समयमा काठ तस्करी हुन थालेपछि डिभिजन वन कार्यालय कैलालीले सक्रियता बढाएको छ। हिजाे राति मात्रै ललितपुर निवासी सुजित बगौटीको घरमा जना तीन जना अपरिचित व्यक्ति घरमा पसकाे बुझिएकाे छ । तर, तिनीहरू चाेर्न भने असफल भएका छन् । यस्तै, कैलालीका सबै सरकारी कार्यालय लकडाउनकाे माैका उठाउँदै जंगलबाट अवैध काठ तस्करी हुन थालेपछि डिभिजन वन कार्यालय कैलालीले वन गस्तीमा सक्रियता बढाएको जानकारी दिइएकाे छ ।
काठमाडौं उपत्यकामा लकडाउनको पूर्ण पालना
काठमाडाैं । कालिका खड्का कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको तेस्रो दिन काठमाडौं उपत्यका सुनसान देखिएको छ । अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाट बाहिर निस्कन रोक लगाएपछि ‘लकडाउन’को तेस्रो दिन आज काठमाडौँ उपत्यका निकै सुनसान देखिएको हो । एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यमलगायत अतिआवश्यक सेवाका सवारीमात्र सडकमा गुडेको देखिन्छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सरकारले लकडाउन घोषणा गरेको तेस्रो दिन आज त्यसको पूर्णरुपमा पालना भएको छ । ‘पहिलो दिन धेरै नै उल्लङ्घन भयो, कतिले लकडाउनको अर्थ नबुझेर पनि हो कि, दोस्रो दिन केही कम उल्लङ्घन भयो तर आज पूर्णरुपमा पालना भएको छ’, उनले भने, ‘प्रहरीले ‘कृपया घरमै बस्नुस्’ भनेर उपत्यकाभरि माइकिङ गरिरहेको छ ।’ प्रहरीले उपत्यकाका ३२ ठाउँबाट माइकिङ गर्ने व्यवस्था गरेको छ । प्रहरीको भ्यानमा माइक राखेर सरकारको निर्देशनलाई पालना गर्न आग्रह गरिएको छ । ‘प्रहरीले टोलटोलमा गएर घरमै बस्नुस्, तपाईं र तपाईंको परिवारको सुरक्षाका लागि हो भनेर सचेतना जगाउने काम गरिरहेको छ’, प्रवक्ता बोगटीले थपे, ‘सरकारका लागि वा प्रहरीका लागि घरमा बस्नु भनेको होइन, आफ्नो ज्यान जोगाउनका लागि भनेर बुझाइरहेका छौं ।’ प्रहरीले पहिलो र दोस्रो दिन लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गरेको थियो । तर आज पूर्णरुपमा लकडाउनको पालना भएको हुनाले एकजनालाई पनि अहिलेसम्म पक्राउ गर्नु नपरेको प्रवक्ता बोगटीले जानकारी दिए । विश्वव्यापी रुपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी लकडाउनको घोषणा गर्यो । सरकारले बन्द गर्ने भनेपछि कफ्र्यु लगाउने शब्द सुनेका नागरिकले लकडाउनको अर्थ नबुझेर पनि केही मानिस घर बाहिर निस्किए । तर प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्न लागेपछि कति सचेत भएर घरमै बस्न थाले । सरकारले सङ्क्रामक रोग ऐन, २०२० जारी भएपछि देशैभर पहिलो पटक कार्यान्वयनमा आएको लकडाउनबारे नागरिक अनभिज्ञ हुँदा पहिलो दिन मङ्गलबार प्रहरी प्रशासनलाई बुझाउन निकै मुस्किल परेको थियो । नागरिक अनावश्यक हिँडडुल गर्न, जमघट हुन थालेपछि पक्राउ गर्नुपर्ने प्रहरीलाई बाध्यता नै भयो । लकडाउनमा अत्यावश्यकीय पसलबाहेक अरु सबै बन्द छन् । सरकारले दूध, पानी, खाद्यान्न, तरकारीलगायतका पसल खुल्ला राख्न आग्रह गरे पनि त्यस्ता अधिकांश पसल बन्द छन् । सरकारले अत्यावश्यकीय खाद्यान्न, तरकारी, फलफूल पसल खुला गर्न व्यवसायीलाई आग्रह गर्दा पनि त्यस्ता पसल पनि बन्द देखिएका छन् । रासस