कोरोना जोखिम बढेपछि अत्तरिया बजार बन्द

अत्तरिया । कोरोना भाइरसको जोखिम बढेपछि अत्तरिया बजारका अत्यावश्यक सेवा वाहेकका अन्य सबै पसल तथा व्यवसाय बन्द गरिएका छन् । गोदावरी नगरपालिकाको आग्रह र उद्योग वाणिज्य संघको सहमतिमा अर्को सूचना जारी नहुँदासम्म बजार पूर्णरुपमा बन्द गरिएको संघका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । सो नगरपालिका गत जेठ २४ गते पहिलो पटक एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको र ३२ गते गोदावरी–१ का ४६ वर्षीय पुरुषको कोरानाबाट मृत्यु भएको थियो । सो नगरपालिकामा हालसम्म नौ जनामा कोरोना पुष्टि भइसकेको जनाइएको छ । रासस

नाबालिका करणी प्रयासको आरोपमा पक्राउ

राेल्पा । नाबालिकालाई करणी प्रयासको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिका वडा नं ७ का ३८ वर्षीय पुरुष आफ्नै छिमेकी नाबालिकालाई करणी प्रयास गरेको आरोपमा पक्राउ परेका हुन् । उनीविरुद्ध नाबालिकाका आफन्तले गत जेठ ३२ गते प्रहरीमा जाहेरी दिएपछि नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए । प्रनि केसीका अनुसार पीडित नाबालिकाको स्वास्थ्य परीक्षण गराइसकिएको र रिपोर्ट आउन बाँकी छ । नाबालिकाको अवस्था अहिले सामान्य रहेको जनाइएको छ ।  रासस

रुकुम घटनामा आधारित दोहोरी गीत ‘मेरो आत्मा’ सार्वजनिक

काठमाडौं । रुकुम घटनामा आधारित लोक दोहोरी गीत शुक्रबार सार्वजनिक भएको छ । बिष्णु बरालको शब्दमा रहेको लाेक दाेहाेरी गीत रुकुममा घटेको घटनालाई आधारित गरेर निर्माण गरिएको छ। गीतमा स्वयम् बिष्णु बराल र अनुशा क्षेत्रीले स्वरमा साथ दिएका छन् । लाेक दाेहाेरी गीतमा रामसिँह धामी, रेखा रिजाल, सुरेन्द्र रावल,भोजराज उपाध्याय र बागमती क्षेत्रीलगायतको अभिनय रहेको छ । ईश्वर जंग खड्काको निर्देशनमा बनेको गीतमा समाजका र विकृति र विसंगतीको चिरफार गर्न खोजिएको छ । भिडियाे हेर्न यहाँ क्लिक गर्नुस्