फेरि लकडाउन हुने डरले काठमाडौं छोड्ने बढे, एक सातामै करिब १ लाख बाहिरिए

काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएसँगै काठमाडौं उपत्यका छोड्नेहरूको संख्या पनि बढेको छ । केही दिन यता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै मानिसहरु काठमाडौंमा पुनः लकडाउन हुने पो होकि भन्ने डरले धमाधम उपत्यका छोडेर गाउँ फर्किन थालेका हुन् । दशैं नजिकिएसँगै कोरोना भाइरसको संक्तमण पनि तीव्र रुपमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार पुगे पुनः लकडाउन गर्ने सरकारलालाई सुझाव समेत दिएकाे थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि लकडाउन नगर्ने बताए पनि नागरिकहरु भने धमाधम काठमाडौं उपत्यका छोडेर गाउँ फर्किरहेका छन् । यद्यपि सरकारले भने यो वर्षकोे दशैं जहाँ छौं त्यहीँ मनाऔं भनेर आग्रह गरिरहेको छ । सरकारले यस्तो आग्रह गरेपनि कोरोना संक्रमण हुने डर र लकडाउन हुने डरले मानिसहरु घर फर्किन लागेका हुन् । केही समय अघि काठमाडौंमै बस्ने मनसाय बनाएका मानिस पनि अहिले काठमाडौंमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै उनीहरु गाउँ फर्किन बाध्य भएका हुन् । पछिल्लो एक सातामा काठमाडौ. उपत्यकाबाट बाहिरिनेको संख्या करिब एक लाख रहेको छ । अघिल्लो हप्ता काठमाडौ. उपत्यका छोड्नेहरुको संख्या ३ लाख ६१ हजार २ सय ६८ भएपनि गत हप्ता काठमाडौंबाट गाउँ फर्किनेको संख्या ४ लाख ५३ हजार ४ सय ११ पुगेको महानगरिय ट्राफिक महाशाखाले जनाएको छ । यो तथ्यांक हेर्दा करिब एक लाख अर्थात ९२ हजार १ सय २३ जना काठमाडौं बाहिरिएका छन् । महानगरिय ट्राफिक महाशाखाकाको तथ्यांक अनुसार निषेधाज्ञा खुलेपछि असोज १७ गतेसम्म काठमाडौं उपत्यकामा विभिन्न नाकाहरुबाट ३ लाख ५८ हजार ४ सय जनाले प्रवेश गरेका थिए । त्यो संख्या बढेर असोज २४ गतेसम्म ४ लाख २८ हजार ४ सय ५६ मानिस उपत्यका भित्रिएका छन् । काठमाडौंबाट बाहिरनेको तुलनामा यो संख्या २४ हजार ९ सय ५५ जनाले कम हो । त्यस्तै सोही अवधिमा १ लाख ७ हजार ७ सय २ वटा सवारी साधन काठमाडौं भित्रिएका छन् । असोज १७ गतेसम्म अर्थात अघिल्लो हप्तासम्म ९४ हजार ९ सय ७७ सवारी साधन काठमाडौं प्रवेश गरेका थिए । काठमाडौंबाट बारिरिने सवारी साधनको संख्या असोज १ गतेदेखि असोज २४ गतेसम्म १ लाख ९ हजार ३ सय ५३ वटा सवारी साधन बाहिरिएका छन् । महाशाखा सूचना अधिकारी रामेश्वरप्रसाद यादवले गत हप्ता बाहिरिनेको संख्यामा वृद्धि भएको बताए । उनले आवतजावत गर्नेहरुले स्वास्थ्य सुरक्षा नअपनाएको पाइएमा ट्राफिक प्रहरीले कारबाही पनि गर्दै आएको बताए । पछिल्लो समय देशभर देखिएका कोरोना संक्रमितको तुलनामा काठमाडौंमा आधा देखिने गरेका छन् । अहिले काठमाडौं उपत्यकामा मात्र २ हजारदेखि ३ हजारसम्म कोरोनाका बिरामी देखा पर्न थालेका छन् ।

२७ दिनपछि डा. केसीले अनसन तोडे, यस्ताे छ ८ बुँदे सहमति

काठमाडाैं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले २७ दिनपछि अनसन तोडेका छन्। शनिवार मध्यराति सरकार र केसी पक्षबीच ८ बुँदे सहमति भएपछि आइतबार बिहान ९ बजे डा.केसीले अनसन तोडेका हुन्। सरकार र डा. केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ । यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १०लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।

वैकल्पिक सिकाइ: ‘कालो बादलमा चाँदीको घेरा’

काठमाडाैं । ‘चाहना भए बाहनाको अर्थ रहन्न ।’ कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणाली सञ्चालन गरिरहेका विद्यालयका शिक्षकहरु यही भावनाका साथ विद्यार्थीको सिकाइ सुनिश्चितका लागि जुटिरहेका छन् । मुलुकको विविधतायुक्त भौगोलिक स्थिति, सबै स्थानमा सूचना तथा सञ्चार प्रविधिको पहुँच नपुगेको र सबै शिक्षकमा अनलाइन प्रणालीमा दक्ष नभएको अवथाबाट अघि बढ्दै आफ्नो क्षेत्रमा सम्भव हुने विकल्प अपनाएर शिक्षक र विद्यार्थीको अन्तक्र्रिया सञ्चालन भइरहेको छ । नेपाल सरकारले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिक सत्रमा गणना गराउने गरी नयाँ ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गरी आकस्मिक कार्ययोजना ल्याएपछि सिकाइ निरन्तरता गराउनु विद्यालयको दायित्व नै बनेको छ । ‘वैकल्पिक सिकाइ प्रणालीमा विद्यालय तहका अनुभव र अबको बाटो’ विषयक शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज आयोजना गरेको भर्चुअल बहसमा विश्व निकेतन मावि, काठमाडौँका प्रधानाध्यक हेरम्बराज कँडेलले गत वैशाखदेखि नै कुनै न कुनै रुपमा अनलाइन प्रविधिको माध्यमबाट पढाइ शुरु गरी हाल पहिलो त्रैमासिकको परीक्षा सञ्चालन गरिसकेको बताए । शिक्षक विद्यार्थीमा अनलाइनको पहुँच र डिजिटल सामग्री पर्याप्त नभए पनि माथिल्लो कक्षामा ९० प्रतिशतसम्म विद्यार्थीको सहभागिता रहेको जनाउँदै उनले शिक्षकहरुलाई मासिक रिचार्ज खर्च दिएर फोनबाटै गृहकार्य दिने र जाँच गर्ने गरिएको अनुभव सुनाए । ललितपुरको हरिसिद्धि माविमा भने स्थिति अलि फरक छ । त्यहाँका प्रधानाध्यापक आशा महर्जनले आफ्ना अधिकांश विद्यार्थी प्रायः अभिभावकबिहीन रहेकाले उनीहरुको इन्टरनेट, टेलिभिजन, मोबाइल र ल्यापटपको सुविधाबाट बञ्चित भए पनि एउटै इन्टरनेटबाट पनि धेरै जनालाई पढाउन थालिएको र स्थानीय तहको समन्वयमा दशैँपछि वैकल्पिक सिकाइलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको बताइन् । काठमाडौँको पद्मकन्या माविका प्रधानाध्यापक रीता तिवारीले जुम प्रविधिबाट शिक्षकबीच निरन्तर बैठक गरेर वैकल्पिक माध्यमलाई प्रभावकारी बनाइएको बताउँदै पहिलो त्रैमासिकको परीक्षा सञ्चालनको स्थितिमा पुगिएको सुनाइन् । लमजुङको भारतीसदन माविका प्रधानाध्यापक ज्ञानबहादुर कार्कीले विद्यालय क्षेत्रमा बिजुली नभएकाले अनलाइन कक्षा सञ्चालन गर्न सम्भव नभएकाले गत जेठको पहिला साता शिक्षकलाई दरदैलोमा पठाएर गृहकार्य दिने काम शुरु गरिएको जनाए । “शिक्षकहरु निदाएर बस्नु हुँदैन भनेर हामी समय र परिस्थितिअनुसार रुपान्तरित भएका छौँ । विद्यालयका सूचना प्रविधिका तालिम सञ्चालन गरेर बचेको समय बितायौँ । शिक्षकलाई घरघरमा पठायौँ तर पनि यस वर्षको सिकाइ उपलब्धि पहिलाको जस्तो हासिल हुने स्थिति छैन ।” निर्देशिकाले अनलाइन, रेडियो, टेलिभिजन र अफलाइन माध्यमको वैकल्पिक प्रणालीको सिकाइ हुँदै आएकामा यसैलाई निरन्तरता दिइएपछि यो प्रणाली शिक्षाको मूलधारमा नीतिगतरुपमा समाहित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका कार्यान्वयन र वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि यही असोज ६ गते ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना’ सार्वजनिक गरेको थियो । सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको विविधतालाई ध्यान दिई ‘होम स्कुलिङ’को अवधारणा, विद्यार्थी, शिक्षक सम्पर्क प्रवद्र्धनजस्ता मौलिक विधि अपनाएर सिकाइमा सहजीकरण गर्न तत्काल गर्नुपर्ने कामका कार्ययोजनामा उल्लेख छ । युनेस्को काठमाडौँका कार्यक्रम अधिकृत आगत अवस्थीले एक सर्वेक्षणमा ५७ प्रतिशत अनलाइन पहुँचमा रहेको, ३३ प्रतिशतको टेलिभिजनमा पहुँच, १८ प्रतिशतसँग रेडियोको पहुँच, १२ प्रतिशतले अफलाइन र १२ प्रतिशतले अध्ययन सामग्रीबाट पढिरहेको पाइएको बताए । अध्ययनले एकै विद्यार्थीसँग एकभन्दा बढी माध्यमको पहुँच पनि हुनसक्ने अध्ययनले देखाएको छ । अध्ययनअनुसार सुदूरपश्चिम र बाग्मती प्रदेशमा धेरै बालबालिकाको सिकाइमा अवरोध देखिएको छ । उनले तीन तहका सरकारबीच तथा प्रशासनिक कार्यालय र विद्यालयबीच समन्वय हुनुपर्नेमा जोड दिए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले अहिलेको स्थितिमा आफ्ना प्रयासबाट विद्यार्थीको सिकाइलाई प्राथमिकता दिनु शिक्षकको धर्म भएको बताउँदै निर्देशिकाले वैकल्पिक प्रणालीलाई शैक्षिकसत्रको मान्यता दिएकाले कमजोर आर्थिक स्थितिका अभिभावक र विद्यार्थीलाई ध्यान दिनुपर्ने जनाए । गौतमले अनलाइनको पहुँचलाई बढाएर बढी लगानी भएका नमूना सामुदायिक विद्यालयले अरु विद्यालयलाई प्रोत्साहित गर्न सक्नुपर्नेमा जोड दिए । सुर्खेतको भेरीगङ्गा नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख धीरेन्द्रप्रसाद शर्माले कर्णाली प्रदेशमा १० प्रतिशत बालबालिकामा मात्रै सूचना र सञ्चार प्रविधिको पहुँच रहेको स्थितिमा वैकल्पिक सिकाइ प्रणालीलाई प्रभावकारी बनाउँदै पहुँच नभएका विद्यार्थीलाई फरक ढङ्गले सम्बोधन गर्न चुनौती खडा भएको बताए । शिक्षा अभियानकर्मी बाबुकाजी श्रेष्ठले विषम स्थितिमा पनि विद्यार्थी सिकाइको अधिकारबाट बञ्चित हुन नहुने भएकाले वैकल्पिक प्रणालीमा भएका असल अभ्यासलाई देशभर फैलाउन आग्रह गरे । उनले हुने र नहुनेबीचको खाडललाई क्रमशः अन्त्य गर्न तीन तहका सरकारबीचको समन्वय बढ्नुपर्ने र शिक्षामा देखिएको चुनौतीलाई सम्बन्धित पक्षले शिक्षालाई रुपान्तरण गर्ने अवसरका रुपमा लिन आग्रह गरे । सामाजिक अध्ययनका पाठ्यपुस्तक लेखक गोविन्द भण्डारीले वैकल्पिक सिकाइलाई मूलधार मानिएको स्थितिमा यसको प्रभावकारिताबारे थप अध्ययन गर्न सुझाव दिए भने सुर्खेतको विमलज्योति माविमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी पुनम पुनले बन्दाबन्दीमा आफूहरुमा मानसिक तनाव सिर्जना भएको जनाउँदै हातमुख जोर्ने समस्या हुने परिवारका विद्यार्थीले अनलाइनमा पहुँच प्राप्त गर्न नसकेको जनाए । रासस