बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

काेहलपुर । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार रातिदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । सुरक्षा समितिले बुधबार राति १० बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लामा निषेधाज्ञा जारी गरेको प्रजिअ कुरुम्वाङद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट जिल्लामा हालसम्म एक जनाको ज्यान जानाका साथै १७० जना संक्रमित भएका छन् । संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रवद्र्धनात्मक कार्य गर्न जरुरी रहेको जनाउँदै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुरुङ्वाङद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । निषेधाज्ञामा जिल्लामा अत्यावश्यक सेवा भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र, मालसामान ओसारपसार गर्ने तथा निर्माणमा प्रयोग हुने ढुवानी सञ्चालनमा रोक लगाइएको छैन । यस्तै खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत् सेवा, कृषि तथा कृषि पशुपक्षीजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशप जस्ता अत्यावश्यक सेवाबाहेक अन्य सेवा जिल्लाभरि सञ्चालन नगर्न / नगराउन अनुरोध गरिएको छ । रासस

राष्ट्रपतिबाट २ सय ४१ कैदीकाे कैद सजाय र जरिवाना मिनाहा

काठमाडौं । तेह्रौ गणतन्त्र दिवसको अवसर २ सय ३३ कैदीलाई कैद सजाय मिनाहा गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा २ सय ३३ कैदको सजाय र ८ जना व्यक्तिहरुको कैद, दण्ड जरिवानाा, विगो लगायतका सजाय माफी गरिदिएकी हुन् । नेपाल सविधानको धारा २७६ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) एने २०७४ तथा फैजदारी कसूर नियमावली, २०७६ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा रामबहादुर भन्ने रमेश विश्वकर्मसमेतका २ सय ३३ जना कैदीहरुलाई सजाय माफी मिहाना गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् । त्यस्तै संविधानको धारा २७६ र मुलुकी फैजदारी कायैविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कपिलदेव शाहसमेत ८ जना व्यक्तिलाई कैद, दण्ड, जरिवाना, विगो सर्वस्वलगायतको सजाय माफी दिएको सहायक राष्ट्रपति कार्यालयका प्रवक्ता घिमिरे प्रेस विज्ञप्तीमार्फत जानकारी दिए ।

खुकुरी दाग्ने एउटा रहर 

लेखक एउटा रहर जागेको छ खुकुरी नचाउने । मागे नि नमागे नि रगतको खोलो बगाउने एउटा रहर जागेको छ । एउटा रहर जागेको छ, विस्तारवादी गर्दन छिनाल्ने । धार भए नि नभए नि खुकुरी दाग्ने एउटा रहर जागेको छ ।। एउटा रहर जागेको छ कालापानीको प्यास बुजाउने । रगत बगे नि नबगे नि सिमाना रगतले कोर्ने एउटा रहर जागेको छ ।। एउटा रहर जागेको छ संघर्षको गीत गाउने । परिवर्तनको लागि स्वतन्त्रताको गीत रच्ने एउटा रहर जागेको छ ।। एउटा रहर जागेको छ मातृभूमि जोगाउने । जन्मभूमिको लागी स्वतन्त्रता संग्राम शुरु गर्ने एउटा रहर जागेको छ ।।