बजारमा एनआईसी एशियासहित ६ कम्पनीको करोडौंको कारोबार, कसको कति ?

काठमाडौं । साताको पहिलो दिनको बजार दोहारो अंकले ओरालो लागेको छ । आइतबारको बजारमा नेप्से परिसूचक १०.७५ अंकले ओरालो लागेर ११०२.३२ अंकमा झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.९७ प्रतिशतले घटी हो । दोहोरो अंकले घटेको बजारमा पनि ६ वटा कम्पनीको एक करोड बढीको सेयर कारोबार भएको छ । सो दिन एनआईसी एशिया बैंक, नबिल बैंक, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, चौतारी लघुवित्त वित्तीय संस्था, अपर तामाकोशी हाइड्रोपावर र नेपाल बैंकको करोडौंको सेयर कारोबार भएको हो । यी मध्ये एनआईसी एशियाको सबैभन्दा बढी अर्थात एक करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३७० रुपैयाँ रहेको छ ।त्यस्तै नबिल बैंककाे एक कराेड २३ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ । बैंककाे सेयर मूल्य प्रतिकित्ता ७९५ रुपैयाँ रहेको छ । समग्रमा आइतबारको बजारमा कुल १६६ कम्पनीको २० करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा कुल ६३५६ करोबारमा ६ लाख ९८ हजार ५४२ कित्ता सेयर बिक्री भएका छन् । त्यस्तै, उत्पादनमूलक समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ६९ अंकले ओरालो लागेको छ । सो दिन किसान माइक्रोफाइनान्सका लगानीकर्ताले ७.५४ प्रतिशत गुमाएका छन् । दोहोरो अंकले ओरालो लागेको बजारमा यूनिलिभर नेपालका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा ४.०३ प्रतिशत कमाएका छन् ।

चैत ४ गते एलआईसी नेपालको साधारणसभा, के के छन् विशेष प्रस्ताव ?

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी)(नेपाल)को १६औँ वार्षिक साधारणसभा आगामी चैत ४ गते काठमाडौंको राष्ट्रिय सभागृहमा बस्दै छ । सो प्रयोजनका लागि फागुन २१ गतेदेखि चैत ४ गतेसम्म इस्योरेन्सको बुक क्लोज हुँदै छ । उक्त सभाले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने इन्स्योरेन्सको संचालक समितिको विशेष प्रस्तावलाई पारित गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३३ करोड ४६ लाख रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात इन्स्योरेन्सको पुँजी बढेर एक अर्ब ४९ करोड रुपैयाँ नाघ्ने छ । साथै, सभाले बोनस सेयरको कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांशलाई अनुमोदन गर्दै छ ।

नबिल बैंकलाई नेप्सेको प्रष्टीकरण, २४ घण्टाभित्र जवाफ दिनुपर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नबिल बैंक लिमिटेडलाई स्पष्टिकरण सोधेको छ । नेप्सेले सूचना समयमा नपठाएको भन्दै बैंकलाई २४ द्दण्टे स्पष्टिकरण सोधेको हो । नविल बैंकले आफ्नो ३४ औं वार्षिकोत्सव यही फागुन २७ गते गर्दैछ । त्यसका लागि शुक्रबार फागुन १४ गतेलाई शेयरधनी किताब बन्द गर्ने बैंकले नेप्सेलाई गराएको थियो । त्यो सूचना समयमा नपठाएको भन्दै नेप्सेले कारणसहित जवाफ दिन भनेको हो । नेप्से सूचीकरण सम्झौताको बुँदा १० मा यदि कुनै कम्पनीले शेयरधनी दर्ता किताब बन्द गर्ने भए त्यसको एक साता अघि नेपाल स्टक एकसचेञ्जलाई जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ । नेप्सेले भने ४ दिन अघि मात्र त्यस्तो जानकारी पठाएकोले के कति कारणले त्यस्तो भएको हो जवाफ दिन भनेको हो ।