बजार घट्ने क्रम जारी, अनलाइन कारोबार शुरु भएको तेश्रो दिन पनि नेप्सेमा १३ अंकको गिरावट
काठमाडौं । केही समयदेखि उतारचढाव आएको सेयर बजार करिब एक साता अघिदेखि निरन्तर ओरालो लागेको छ । अनलाइन कारोबार प्रणाली शुरु भएको आज तेश्रो दिन पनि नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको छ । अघिल्लो दिन जस्तै सोमबारको बजार पनि निरन्तर रुपमा ओरालो लागेको हो । अन्तत बजार बन्द हुँदा नेप्से परिसूच १३.०३ अंकले घटेर ११९२ अंकमा झरेकोे छ । कुल १३१ कम्पनीको १३ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको हो । आइतबारको बजारमा ९ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सोमबारको बजारमा फाइनान्स समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १०१ अंकले ओरालो लागेको छ । फाइनान्स समूह भने सामान्य ०.४२ अंकले बढेको छ । बजारमा सबैभन्दा बढी प्रभु बैंकको एक करोड २५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन नबिल इक्विटी फण्डको सेयर मूल्य २ प्रतिशतले बढेको छ । उता सबैभन्दा बढी अपी पावरका लगानीकर्ताले ९.८२ प्रतिशत गुमाएका छन् ।
सेयर बजार १७ अंकले घट्यो, अपी पावरका लगानीकर्ताले गुमाए सबैभन्दा बढी
काठमाडौं । तिहार पछि खुलेको आइतबारको सेयर बजार पनि दोहोरो अंकले ओरालो लागेको छ । सो दिन कारोबार शुरु भएदेखि घटिरहेको बजार बन्द हुँदा १७.३१ अंकले घटेर १२०५ अंकमा झरेको छ । सो दिन कुल १२५ कम्पनीको ९ करोड ९४ लाख कित्ता सेयर कारोबार भएको छ । सो मध्ये प्रभु बैंकको ८४ लाख ८८ हजार कित्ता सेयर बिक्री भएका छन् । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी अपी पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले घटेर प्रतिकित्ता १६३ रुपैयाँ पुगेको छ । सो दिन सबैभन्दा बढी स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.५२ प्रतिशतले बढेको छ । बजारमा फाइनान्स र अन्य समूह बाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ४३ अंकले ओरालो लागेको छ ।
नेपाल बैंकको एफपीओ र सेञ्चुरीको बोनस सेयर सूचिकृत
काठमाडौं । आइतबार नेपाल बैंक लिमिटेडको एफपीओ र सेञ्चुरी कमर्शियल बैंकको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । नेपाल बैंकको एकैदिन एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ सूचिकृत भएको छ । त्यस्तै, सेञ्चुरी बैंकको ३८ लाख ३९ हजार ७३० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।