८ प्रतिशत बोनस पछि प्रभु बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । प्रभु बैंकको ८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१०.१९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २७२.५९ प्रतिशत रहेको थियो । मूल्य समायोजन पछिको सोमबारको बजारमा कम्पनीको सेयर मूल्य घट्दो क्रममा रहेको छ । सोमबार प्रतिकित्ता २१० रुपैयाँमा खुलेको कम्पनीको सेयरको मूल्य घटेर २०५ रुपैयाँसम्म कारोबार भएको छ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २४ लाख कित्ता बोनस सूचिकृत
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २४ लाख ४० हजार ४९८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । डेभलपमेन्ट बैंकको सोमबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो । तमघासमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकको हाल एक करोड ६२ लाख २६ हजार कित्ता सेयर सूचिकृत रहेको छ । त्यस्तै, बजार पुँजीकरण ३ अर्ब ९४ करोड रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी हाल एक अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।
बजारमा घलेम्दी हाइड्रोको सेयर बेच्नेकाे लर्काे, काेही छैनन् किन्ने
काठमाडौं । दोश्रो बजारमा आजदेखि कारोबार शुरु भएको घलेम्दी हाइड्रो पावरको सेयर बेच्नेको लर्को देखिएको छ । तर बजारमा सेयर बेच्नेको लर्को देखिए पनि सेयर किन्ने लगानीकर्तामा भने खासै उत्साह नदेखिएको हाइड्रोको मार्केट देप्थले देखाएको छ । स्टक सिम्बोल जीएचएलको नामबाट कारोबार शुरु गरेको हाइड्रोको करिब २ बजेसम्म कुल १७८९ कित्ता सेयर बिक्रीमा रहेको छ । तर सो अवधिसम्म सेयर किन्ने इच्छुक कोही देखिएका छैनन् । हाइड्रोको हालै नेप्सेमा सूचिकृत भएको कुल ५५ लाख कित्ता साधारण सेयर(आईपीओ) काे किनबेच शुरू भएकाे हाे ।नेप्सेले हाइड्रोको पहिलो कारोबारको लागि प्रतिकित्ता १०० देखि ३०० रुपैयाँसम्म मूल्य तोकेको थियो । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस हाइड्रोको हालसम्म १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ ।