संसदमा सांसदका सवालः सेयर बजारमा कालोबजारी बढ्नेदेखि नेप्से बन्द गर्नेसम्म

काठमाडौं । बिहिबार प्रतिनीधिसभाको बैठकमा सासंदहरुले  सेयर बजार सम्बन्धि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनीहरुले सेयर बजारमा कालोबजारी बढेकोदेखि सेयर बजार नै बन्द गर्नु पर्ने आवाज उठाएका छन् । बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सेयर बजार उत्पादनमूलक नभएको बताएका छन् ।  उनले सेयर बजारले मान्छेलाई अल्छी बनाउने काम गरेको र यो उत्पादनमूलक पनि नभएकोले यसलाई  बन्द गर्नु पर्ने माग गरेका हुन् । ‘कोठामा बसेर कारोबार गरिने सेयर बजारले व्यक्तिलाई अल्छी बनायो, यसलाई बन्द गरेर मान्छेलाई परिश्रम गर्नेमा जोड दिनुपर्छ, यो उत्पादनमुलक पनि भएन,’ उनले भने । प्रतिनिधिसभामा पेश भएको धितोपत्र सम्बन्धि विधेयकको सैद्दान्तिक छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । यस्तै, धितोपत्र सम्बन्धि विधेयकको पहिलो संसोधनको सैद्दान्तिक पक्षको बहसमा भाग लिँदै सांसद गजेन्द्र महतले पनि सेयर बजारमा कालोबजारी बढेको बताए । उनले सेयर बजारमा कालोधन बढ्दै गएकोले पनि पछिल्लो समय घट्दै गएको बताए । ‘बजारमा कालोबजारीका कारण सेयर बजार बढ्न सकेन, यसमा धेरै चलखेल भएको  छ, यो प्रवृतिलाई रोक्नु पर्छ’, उनले भने । बुधबार उकालो लागेको बजार बिहीबार काराेबार शुरू भएदेखि निरन्तर घटेको छ । १४२४ अंकदेखि कारोबार शुरु भएको बजार घटेर न्युनतम १३८४ अंक सम्ममा झरेको छ । कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।

सेयर बजार उत्पादनमूलक भएन, बन्द गरौंः सांसद सुवाल

काठमाडौं ।  नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले सेयर बजार उत्पादनमूलक नभएकाे बताएका छन् । बिहिबार प्रतिनिधिसभाकाे बैठकमा उनले सेयर बजारले मान्छेलाई अल्छी बनाउने काम गरेकाे र याे उत्पादनमूलक पनि नभएकाेले यसलाई  बन्द गर्नु पर्ने माग गरेका हुन् । ‘कोठामा बसेर कारोबार गरिने सेयर बजारले व्यक्तिलाई अल्छी बनायाे, यसलाई बन्द गरेर  मान्छेलाई परिश्रम गर्नेमा जोड दिनुपर्छ, याे उत्पादनमुलक पनि भएन,’ उनले भने । प्रतिनिधिसभामा पेश भएको धितोपत्र सम्बन्धि विधेयकको सैद्दान्तिक छलफलमा भाग लिदै उनले साे कुरा बताएका हुन् ।    

कोरोना त्रासले स्टक मार्केटमा सर्किट ब्रेक, डेढ घण्टामा दुई पटक बजार बन्द

काठमाडौं । कोरोना त्रासका कारण सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेको पहिलो एक घण्टामा नै ४ प्रतिशतले बजार घटेपछि सर्किट ब्रेक लगाउनु परेको थियो । २० मिनेट कारोबार बन्द गरी खुलेको बजारमा १० मिनेटमा नै ५ प्रतिशतको गिरावट आएपछि १२ः३० मा दोस्रो पटकका लागि सर्किट ब्रेक भएको छ । लगातार चार दिन बन्द पछि मंगलबार खुलेको बजारमा पहिलो एक घण्टामा नै नेप्से परिसूचक ५७.३६ अंकले गिरावट आएको छ । १२ः ३० हुँदा नेप्से ७२ अंकले घटेको छ । सबै समूहका परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ६१० अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको परिसूचक ३१२ अंकले घटेको छ ।  मूल्य घटे पनि मध्यान्न १२ः३० बजे अघि नै ९१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कोरोना भाइस संक्रमणले महामारीको रुप लिएपछि विश्व बजारमा सेयर बजारमा उच्च गिरावट देखिएको छ । नेपालमा संक्रमणले ठूलो रुप लिएको त छैन, तर लगानीकर्तामा निकै त्रास देखिएको छ ।