धितोपत्र व्यापारको काम गर्न नागरिक स्टक डिलरले पायो बाेर्डकाे अनुमति
काठमाडौं । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारको काम सञ्चालन गर्न अनुमति पाएकाे छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई नेपालको पुँजीबजारमा धितोपत्र व्यापारको काम सञ्चालन गर्न अनुमति दिएको हो । नेपालको पुँजीबजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शीघ्रता ल्याउन र पुँजी बजारकाे विकासमा गतिशिल ल्याउने उद्देश्यले स्थापित कम्पनीलाई बाेर्डले अनुमति दिएको हाे । कम्पनीले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पुरा गरेपश्चात मात्रै बोर्डकाे अनुमति पाएकाे हो । हाल नेपालको पुँजीबजारमा हाल स-साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको छ । नागरिक स्टक डिलर कम्पनीको प्रवेशसँगै उक्त कम्पनीबाट अध्ययन तथा अनुसन्धान मार्फत् हुने लगानी सम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पुँजीबजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बोर्डको विश्वास छ । सम्बन्धित समाचार नागरिक लगानी कोषले दर्ता गर्यो १० अर्बकाे स्टक डिलर कम्पनी स्टक डिलरको प्रक्रिया अघि बढाउन लगानी काेषलाई बोर्डको पत्राचार
ग्रीनलाइफ हाइड्रोले माघको तेश्रो सातादेखि आईपीओ निष्काशन गर्ने, सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल
काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावरले माघको तेश्रो सातादेखि प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । माघ ४ गते मात्रै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको कम्पनीले माघको तेश्रो सातादेखि सर्वसाधारणको लागि सेयर बिक्री खुल्ला गर्ने योजना बनाएको हो । कम्पनीले आफ्नो जारी पुँजी एक अर्ब ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात १८ करोड रुपैयाँ बराबरको एक सय अंकित दरको १८ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरिएको सेयरहरु मध्ये बिक्री नभएका १६ लाख ९६ हजार ४०० कित्ता सेयर गरी जम्मा ३४ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर (सामुहिक लगानी कोष, कर्मचारी तथा सर्वसाधारणको लागि समेत गरि) निष्काशन गर्न लागेको हो । कम्पनीले सेयर रजिष्टारमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धी दुई संस्थाबीच सम्झौता भइसकेको छ । उक्त सम्झौतापत्रमा ग्रीनलाईफ हाइड्रोका तर्फबाट अध्यक्ष याङचेन डोमा लामा र सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् । ग्रीनलाईफ हाईड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६६ साल आश्विन ०४ गते नेपाल सरकार उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा ग्रीनलाइफ इनर्जी प्रा.लि.को रुपमा दर्ता भई मिति २०७४ आषाढ ९ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो । कम्पनीको प्रदेश नं. ३, दोलखाजिल्लाको गौरीशंकर गाउँपालिका (तत्कालीनखारे तथामार्बु गा.वि.स.) माबहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानीमिसाई आयोजना निर्माण गरी ४० मेगावाट क्षमताको विजुली उत्पादन गर्ने उद्देश्य अनुरुप २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ । सम्बन्धित समाचार ग्रीनलाइफ हाइड्रोले आईपीओ जारी गर्ने, पायो बोर्डको स्वीकृति
इन्फिनिटी लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । आज (माघ ९ गते) शुक्रबार इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १४.७५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १३४० रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता १५३८ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता १३४० रुपैयाँदेखि शुरु हुने छ ।