खुलामुखी म्युचुअल फण्डः सानो लगानीले हुने, जोखिम कम, समुचित प्रतिफल

<p>म्युचुअल फण्ड एक प्रकारको वित्तीय साधन ‘फाइनान्सियल इन्स्ट्रुमेन्ट’ हो । नेपालको पुँजी बजारमा लगानीको क्षेत्रको रुपमा रहेका अन्य साधारण सेयर, संस्थापक सेयर, ऋणपत्र मध्येको म्युचुअल फण्ड पनि एक हो । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा पनि फण्डलाई प्रमुख वित्तीय उपकरणको रुपमा लिइन्छ । किनभने साना लगानीकर्तादेखि लिएर ठूला लगानीकर्ता लगायत संघसंस्थाले समेत लगानी गर्न सक्ने भए, एउटा [&hellip;]</p>

म्युचुअल फण्ड एक प्रकारको वित्तीय साधन ‘फाइनान्सियल इन्स्ट्रुमेन्ट’ हो । नेपालको पुँजी बजारमा लगानीको क्षेत्रको रुपमा रहेका अन्य साधारण सेयर, संस्थापक सेयर, ऋणपत्र मध्येको म्युचुअल फण्ड पनि एक हो ।

अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा पनि फण्डलाई प्रमुख वित्तीय उपकरणको रुपमा लिइन्छ । किनभने साना लगानीकर्तादेखि लिएर ठूला लगानीकर्ता लगायत संघसंस्थाले समेत लगानी गर्न सक्ने भए, एउटा । अर्को, जोखिम कम र मध्यम नाफा ‘मोडरेट रिटर्न’को लागि म्युचुअल फण्डलाई लिन सकिन्छ । किनकि यसको पोर्टफोलियो संरचना नै सोहि बमोजिम निर्माण गरिएको हुन्छ ।

हाम्रो देशमा धितोपत्र सम्बन्धी ऐन २०६३ आएपछि सामूहिक लगानी कोष नियमावली, २०६७ आयो । त्यसपछि विभिन्न म्युचुअल फण्डका स्किमहरु आउन थालेका हुन् । रिक्स कम र रिटर्न मोडरेट हिसावमा दिने भएकाले पनि धमाधम यस्ता स्किमहरु बजारमा आएका हुन् ।

शुरुमा धितोपत्र बोर्डमा कोष दर्ता भई योजनाको स्विकृति प्राप्त गरिसकेपछि सार्वजनिक निष्काशन मार्फत हामीले व्यक्तिगत तथा संस्थागत लगानीकर्ताबाट फण्ड कलेक्ट गर्छौं । त्यसपछि हामीले त्यसलाई परिचालन गर्न पोर्टफोलियो बनाउँछौं । त्यो फण्डको पोर्टफोलियोमा हामीले जोखिम बढी भएको ठाउँ अथवा उच्च प्रतिफल भएको ठाउँमा मात्रै लगानी गर्ने होइन । रेगुलेशनले तोकिदिएको मापदण्ड र योजनाको विवरण पुस्तिकामा उल्लेख भए अनुसार हामीले निश्चित प्रतिशत बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप (एफडी) मा, निश्चित प्रतिशत रकम केही जोखिम लिएर सेयर मार्केटमा तथा निश्चित प्रतिशत बोण्ड तथा डिबेन्चरमा लगाउँछौं । र, रेगुलेशनले दिएसम्म अरु विभिन्न क्षेत्रमा पनि हामीले लगाउन सक्छौं । यसको मतलब हामीले एउटा कम्प्लिट पोर्टफोलियो बनाएर मात्रै लगानीको वातावरण बनाएर मात्रै अघि बढ्छौं । जसमा जोखिम न्युनिकरण गर्दै समुचित प्रतिफल दिने उदेश्य रहेको हुन्छ । प्रतिफल धेरै कम पनि हुँदैन, मध्यम नै रहने गर्छ ।

नियमावली आइसकेपछिको इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्घक र एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको पहिलो खुलामुखी योजना भनेको ‘एनआईबीएल सहभागिता फण्ड’ हो ।

म्युचुअल फण्डमा कस्तो सम्पत्ति लगानी गर्ने ?

आफ्नो आम्दानीबाट बचत भएको रकम लगानी गर्ने हो । खर्च कटाइसकेपछि रहेको रकम भोलिको दिनमा राम्रो प्रतिफल आउँछ भन्ने हिसावले लगानी गरिन्छ । लगानी गर्दा कुन क्षेत्रमा लगानी गर्ने भनेर आफैले निर्धारण गर्ने हो । जोखिम धेरै लिने र फाइदा पनि धेरै खोज्ने हो भने सेयर बजारमा लगानी गर्ने । होइन, म धेरै जोखिम लिन चाहन्नँ, मलाई मध्यम प्रतिफल भएपनि हुन्छ, बचत गरेको पैसा लगानी गर्दा भोलि नघटोस् भन्ने लाग्छ भने म्युचुअल फण्ड लगानीको लागि उचित क्षेत्र हो ।

कसले लगानी गर्ने ?

एउटा त लगानीको क्षेत्रमा लागेका संघसंस्थाले पनि लगानी गर्न सक्छन् । कुनै व्यक्ति वा संस्था आफै जान्ने छ, विज्ञ छ भने पनि उसले आफ्नो पोर्टफोलियो बनाउन वित्तीय उपकरणको रुपमा म्युचुअल फण्डमा लगानी गर्छ ।

अर्को व्यक्तिगत रुपमा, जो सेयर बजारमा प्रवेश गर्न चाहन्छ तर, उसलाई बजारको बारेमा ज्ञान छैन, लगानी गर्न समय छैन, धेरै जोखिम लिन पनि चाहँदैन र पनि बजारमा आफ्नो पहुँच होस् भन्ने चाहन्छ भने उसले म्युचुअल फण्डमा लगानी गर्ने हो । किनभने म्युचुअल फण्डको ५० देखि ६५ प्रतिशतसम्म अर्थात आफ्नो स्किम हेरि सेयर मार्केटमा लगानी हुन्छ । समान्यतः हाम्रो ५० प्रतिशतसम्म लगानी सेयर मार्केटमा हुन्छ ।

जोखिम धेरै लिने र फाइदा पनि धेरै खोज्ने हो भने सेयर बजारमा लगानी गर्ने । होइन, म धेरै जोखिम लिन चाहन्नँ, मलाई मध्यम प्रतिफल भएपनि हुन्छ, बचत गरेको पैसा लगानी गर्दा भोलि नघटोस् भन्ने लाग्छ भने म्युचुअल फण्ड लगानीको लागि उचित क्षेत्र हो ।

अर्को भनेको वित्तीय उपकरण खोज्नेहरुका लागि हो । नेपालमा म्युचुअल फण्डको नियमन हुन थालेदेखि अर्थात करिब ९/१० वर्षदेखि म्युचुअल फण्डको रिटर्न हेर्यौं भने एफडीभन्दा माथि रहेको छ । त्यसैले, एफडीमा भन्दा पनि रिटर्न राम्रो होस्, सेयर बजारमा पहुँच होस्, जोखिम पनि लिन नपरोस् भन्ने हिसावले यसमा लगानी गरिन्छ ।

त्यस्तै, सेयर बजारको बारेमा सिक्नेहरुले पनि म्युचुअल फण्डमा लगानी गर्न सक्छन् । जस्तै, विद्यार्थीहरु । नयाँ लगानीकर्ताहरु बजारमा प्रवेश गर्दाको जोखिमलाई म्युचुअल फण्डले घटाउन सक्छ ।

नेपालमा म्युचुअल फण्डको नियमन हुन थालेदेखि अर्थात करिब ९/१० वर्षदेखि म्युचुअल फण्डको रिटर्न हेर्यौं भने एफडीभन्दा माथि रहेको छ ।

जस्तै, म म्युचुअल फण्ड मार्फत बजारमा प्रवेश गरेँ । १० लाख रुपैयाँ लगानी गरेको छु । म्युचुअल फण्ड भनेको नियमन हुने क्षेत्र हो, जहाँ हप्तैपिच्छे तथा मासिक रुपमा रिपोर्टहरु प्रकाशित हुन्छन् । जसबाट संस्थाले कहाँ कति र कसरी लगानी गरेको छ, प्रतिफल कस्तो गरेको छ भन्ने जानकारी पाइन्छ । त्यसैले मैले सो रिपोर्ट नियमित रुपमा हेर्ने भएँ । यस्तो अवस्थामा म प्रत्येक्ष रुपमा दोश्रो बजारमा प्रवेश गरेको हुन्न तर, लगानी गरेको क्षेत्रको मासिक रिपोर्ट निकाल्न थाल्छु । यद्यपि, संस्था र व्यक्तिको उद्देश्य भने फरक नै हुन्छ ।

प्रकार

सामूहिक लगानी कोष नियमावली, २०६७ अनुसार नेपालमा म्युचुअल फण्ड आयो । यसको दुई प्रकारः एउटा खुलामुखी ‘ओपन इन्डेड’ र अर्को बन्दमुखी ‘क्लोज्ड इन्डेड’ म्युचुअल फण्ड । शुरुशुरुमा बन्दमुखी योजना मात्रै आएको थियो भने अहिले दुबै किसिमको स्किमहरु चलिरहेका छन् ।

म म्युचुअल फण्ड मार्फत बजारमा प्रवेश गरेँ । १० लाख रुपैयाँ लगानी गरेको छु । म्युचुअल फण्ड भनेको नियमन हुने क्षेत्र हो, जहाँ हप्तैपिच्छे तथा मासिक रुपमा रिपोर्टहरु प्रकाशित हुन्छन् । जसबाट संस्थाले कहाँ कति र कसरी लगानी गरेको छ, प्रतिफल कस्तो गरेको छ भन्ने जानकारी पाइन्छ । त्यसैले मैले सो रिपोर्ट नियमित रुपमा हेर्ने भएँ । यस्तो अवस्थामा म प्रत्येक्ष रुपमा दोश्रो बजारमा प्रवेश गरेको हुन्न तर, लगानी गरेको क्षेत्रको मासिक रिपोर्ट निकाल्न थाल्छु ।

नियमावली आउनुभन्दा पहिला एनआईडीसीले ‘एनआईडीसी म्युचुअल फण्ड’ भन्ने योजना ल्याएको थियो । त्यसको प्रकृति खुलामुखी योजनाको जस्तै थियो । पछि त्यसलाई परिवर्तन गरेर बन्दमुखी योजना बनाइयो । त्यस्तै, नागरिक लगानी कोषले पनि नियमावली आउनुभन्दा अघि ‘एकांकी योजना’ भन्ने खुलामुखी योजना नै ल्याएको थियो । जुन अहिले पनि खुलामुखी प्रकृति कै छ र चलिरहेको छ । तर हाम्रो एनआईबिएल सहभागिता फण्ड भन्दा त्यसको ढाँचा अलि फरक छ ।

नियमावली आइसकेपछिको इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्घक र एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको पहिलो खुलामुखी योजना भनेको ‘एनआईबीएल सहभागिता फण्ड’ हो । जुन खुलामुखी प्रकृति अन्तर्गतको योजना हो । यसमा सैद्धान्तिक रुपमा बन्दमुखीभन्दा फरक नरहेपनि संचालन प्रणालीमा मात्र फरक छ । अरु ढाँचा उही छ । म्युचुअल फण्ड स्किम ल्याउँदा हामीले पहिला धितोपत्र बोर्डमा दर्ता गरेर स्वीकृति लिनुपर्ने हुन्छ ।

खुला र बन्दमुखीमा भिन्नता

फण्डको आकारः बन्दमुखी योजनामा फण्डको आकार तोकिएको हुन्छ । शुरुमा बजारमा ल्याउँदा नै कति समयको लागि हो भन्ने तोक्नु पर्ने हुन्छ । जस्तै, ७ वर्ष, १० वर्षको लागि । तोकिएको अवधि नसकिएसम्म फण्डको आकार परिवर्तन हुँदैन ।

तर, खुलामुखी म्युचुअल फण्डमा एकपटक दर्ता गरेर बजारमा ल्याइसकेपछि फण्डको आकार पनि परिवर्तन हुन सक्ने हुन्छ । अर्को भनेको निश्चित समयावधि हुँदैन, अन्य संस्थाहरु चलेजस्तै निरन्तर नै चलिरहन्छ ।

बजार मूल्यः  बन्दमुखी म्युचुअल फण्ड स्टक एक्सचेन्जमा सुचिकृत भएर दोस्रो बजारमा कारोबार हुन्छ । नेपालको सन्दर्भमा कुरा गर्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत हुन्छ । यसको मूल्य सेयरको जस्तै गरी बजारका आधारमा निर्धारण हुन्छ । यसलाई दोश्रो बजारमा ब्रोकर मार्फत किनबेच गर्नुपर्ने हुन्छ । बन्दमुखी योजनाको बुक भ्यालु जति भएपनि बजार मूल्य अनुसार नै कारोबार हुन्छ ।

खुलामुखी योजनाको हकमा भने फरक हुन्छ । जस्तो कि तपाईंसँग एक लाख इकाई छ । फण्ड म्यानेजर अथवा तथा डिष्ट्रिब्युटर एजेन्टकोमा आएर मसँग एक लाख इकाई छ, बेच्नु पर्यो भन्नुभयो भने हामीले न्याभ भ्याल्युमा नै किनिदिन्छौं । मतलब यसमा तपाईंले किन्ने मान्छे खोजिरहनु परेन, मोलतोल गरिरहनु परेन । आजको न्याभमा चित्त बुझ्यो भने तपाई फण्ड म्यानेजरको आएर बेच्नुपर्यो भन्न सक्नुहुन्छ ।

खुलामुखी म्युचुअल फण्ड योजनामा हामी न्याभ (नेट एसेस्ट भ्याल्यू) अर्थात खुद सम्पत्ति मूल्य दैनिक रुपमा निकाल्छौं । त्यो नै इकाई खरिद बिक्रीका लागि मूल्य हुने भयो । खुलामुखी योजनाको स्टक एक्सचेन्जमा सुचिकृत भएर दोस्रो बजारमा कारोबार हुँदैन । नेप्सेमा सूचीकृत नभई किनबेच कसरी गर्ने भने हुन्छ । यो योजनामा फण्ड स्पोन्सर र फण्ड म्यानेजर भन्ने हुन्छ । उसले नै डिष्ट्रिब्युटर एजेन्ट भनेर तोक्छ । नियमावली अनुसार अहिले बैंक र फाइनान्सलाई मात्र एजेन्ट तोक्नु पर्ने हुन्छ । र, त्यहाँबाट मात्रै कारोबार हुन्छ ।

खुलामुखी योजना फण्ड म्यानेजरले तोकेको कुनै पनि संस्थाको सबै शाखाबाट किनबेच गर्न मिल्छ भन्ने हुँदैन । तोकिएको एजेन्टको पनि तोकिएका शाखाहरुबाट मात्रै कारोबार हुन्छ ।

खुलामुखीमा हुन्न मूल्य अन्तरको फाइदा

तपाईंसँग कुनै पनि एउटा स्किमको बन्दुमुखी योजनाको एक लाख इकाईं छ । तपाईं दोश्रो बजारमा बेच्न भनेर जानुभयो भने आफुले भनेको मूल्यमा बेच्न पाउनु हुँदैन । बजार मूल्य अनुसार बेच्नुपर्ने हुन्छ र किन्ने मान्छे पनि चाहियो । त्यहाँ किन्नेको प्रमुख भूमिका हुने भयो ।

तर, खुलामुखी योजनाको हकमा भने फरक हुन्छ । जस्तो कि तपाईंसँग एक लाख इकाई छ । फण्ड म्यानेजर अथवा तथा डिष्ट्रिब्युटर एजेन्टकोमा आएर मसँग एक लाख इकाई छ, बेच्नु पर्यो भन्नुभयो भने हामीले न्याभ भ्याल्युमा नै किनिदिन्छौं । मतलब यसमा तपाईंले किन्ने मान्छे खोजिरहनु परेन, मोलतोल गरिरहनु परेन । आजको न्याभमा चित्त बुझ्यो भने तपाई फण्ड म्यानेजरको आएर बेच्नुपर्यो भन्न सक्नुहुन्छ ।

न्याभमा विश्वस्त हुने आधार

न्याभ हामी क्यापिटलले नै तय गरेका हुन्छौं । यसमा विश्वस्त हुने ठूलो आधार नै हामी रेगुलेटेड सेक्टर हौं । नियामक निकायले हामीलाई हेरिरहेको हुन्छ । जति पनि म्युचुअल फण्डका स्किमहरु छन्, उनीहरुका स्कीम अनुसार फण्ड म्यानेजर र स्कीमको अडिटर एउटै हुनुहँदैन । फण्ड स्पोन्सर र स्कीमको अडिटर एउटै हुनुहुँदैन । छुट्टा छुट्टै अडिटरले अडिट गर्नुपर्छ भन्ने व्यवस्था छ । हामीलाई विश्वास गर्नेको आधारहरुमा अडिट छुट्टै हुन्छ, नियामक निकाय (धितोपत्र बोर्ड) ले सुपरिवेक्षण गरिरहेको हुन्छ । कडा नियामकीय मापदण्ड पूरा गरेर फण्ड संचालन गरिएको हुन्छ ।

रिपोर्टिङ्गको पाटोमा हामीले प्रकाशित गर्ने मासिक विवरण, जस्तैः हामीले कुन फण्डलाई कहाँ लगानी गरेका छौं । कति लगानी गरेका छौं । कसरी लगानी गरेका छौं । त्यसबाट नाफा कति भएको छ भन्ने सबै जानकारी दिएका हुन्छौं । त्यसैले भोलि गएर हाम्रो स्कीममा लगानी गर्ने लगानीकर्ता जो हुनुहुन्छ, उहाँलाई विश्वस्त बनाउनको लागि उहाँले खोजेको जुनसुकै रिपोर्ट माग्नुभयो भने (जुन कानुनले दिनुपर्छ भनेको छ), त्यो सबै हामीले सजिलै उपलब्ध गराउन सक्छौं । यसका साथै, हामीले वेवसाइट तथा प्रत्रपत्रिकामा समेत आवश्यक सुचना र जानकारीहरु प्रकाशित गरेका हुन्छौं । त्यसबाट पनि हामीले लगानीकर्तालाई विश्वस्त पार्न सक्छौं ।

खुलामुखी एनआइबिएल सहभागिता फण्ड

नेपालमा नियमावली आएपछिको पहिलो खुलामुखी फण्ड नै एनआइबिएल सहभागिता फण्ड हो । जुन खुलामुखी प्रकृतिको हो ।

हाम्रो पहिलो उद्देश्य भनेको लगानीकर्तालाई खुलामुखी म्युचुअल फण्डबाटै बजारमा ल्याउने भन्ने थियो । बन्दुमुखी म्युचुअल फण्डको तुलनामा खुलामुखी योजनाले सानो चिया पसल गर्नेदेखि लिएर साना लगानीकर्तालाई पनि सहभागी गराउन सक्छ । धितोपत्र बोर्डमा कुरा गर्दा पनि हामीले साना लगानीकर्ता लक्षित नै भनेर गरेका थियौं । आकार पनि त्यतिखेर ५० करोडको अधिकृत पुँजी तोकेका थियौं र आईपीओको लागि २० करोडबाट शुरु गर्ने भनेका थियौं । त्यसमा पनि साढे ७ करोड त फण्ड म्यानेजर र फण्ड स्पोन्सरको लगानी छ । हामीले दर्ता गरेको करिब २ वर्षपछि बोर्डको स्वीकृति पाएका थियौं । बोर्डले पनि नयाँ प्रडक्ट ल्याउन हुन्छ कि हुँदैन भन्ने अध्ययन गर्दा समय लगाएको हो । हामीले स्विकृत प्राप्त गरेर प्रभावकारी ढंगले संचालन गरीसके पश्चात अहिले अन्य खुलामुखी योजना आउने क्रममा रहेका छन् ।

एनआइबिएल सहभागिता फण्डमा लगानी गर्ने २ वटा माध्यम छन् । एउटा, नर्मल पर्चेज । यसबाट लगानीकर्ताले आज मसँग यति पैसा छ, आजको न्याभमा यति किन्नुपर्यो भनेर आएर अर्डर दिन सक्नुहुन्छ ।

बोर्डबाट स्वीकृति आइसकेपछि ३ महिना पश्चात बजारमा कारोबार गर्न मिल्ने भन्ने व्यवस्था थियो । त्यसमा हामीले यही स्किमअन्तर्गतको ३ वटा स्कीम ल्याएका थियौं । व्यवस्थित लगानी योजना (सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान-एसआईपी), लाभांश पुनः लगानी योजना (डिभिडेन्ड रि-इन्भेष्टमेन्ट प्लान) र व्यवस्थित लगानी फिर्ता योजना (सिस्टमेटिक विथड्रयल प्लान-एसडब्लुपी) हो ।

कसरी गर्ने लगानी ?

एनआइबिएल सहभागिता फण्डमा लगानी गर्ने २ वटा माध्यम छन् । एउटा, नर्मल पर्चेज । यसबाट लगानीकर्ताले आज मसँग यति पैसा छ, आजको न्याभमा यति किन्नुपर्यो भनेर आएर अर्डर दिन सक्नुहुन्छ ।

अर्को भनेको एसआईपी अर्थात व्यवस्थित लगानी योजना । यो भनेको साना लगानीकर्तालाई सजिलो बनाउन अर्थात इकाई किन्नको लागि कसरी योजना बनाउने भन्ने हो । जस्तै, मासिक २ हजार अर्थात थोरै बचत गर्नेलाई लगानी गर्न कसरी सजिलो बनाउने भन्ने यसमा निहित छ । यही अनुसार लगानीकर्ताको पहुँच सेयर बजारमा पनि हुने भयो र यो फण्डमा सहभागी हुन सकिन्छ ।

कति गर्ने लगानी ?

हालको व्यवस्था अनुसार नर्मल पर्चेजमा कम्तिमा पनि १०० युनिट किन्नु नै पर्छ । यो भन्दामाथि ५० लाख इकाईसम्म किन्न सकिन्छ ।

एसआईपीमा कम्तिमा एक हजार रुपैयाँदेखि लगानी शुरु गर्न सकिन्छ । यसमा केही विशेषताहरु फरक छन् । यो माध्यमबाट लगानी गर्नको लागि किस्ता किस्तामा रकम बुझाउनु पर्ने हुन्छ । जस्तै, मासिक, त्रैमासिक, अर्ध वार्षिक र वार्षिक । योमध्ये लगानीकर्ताले एउटा आधारमा रकम बुझाउनुपर्ने हुन्छ ।

जस्तै, यदि तपाईंले मासिक ५ हजारको एसआईपी गर्छु । किस्ता पनि हरेक महिनाको १५ गते बुझाउँछु भनेर समय तोक्नु भयो भने तपाईंले हामीकहाँ एकपटक आएर रजिष्टर गर्नुहुन्छ । र, हरेक महिनाको १५ गते तपाईंसँग हामी ५/५ हजार रुपैयाँ लिन्छौं । अब हामी त्यो महिनाको १५ गते न्याभ अनुसार कति युनिट किन्न सकिन्छ, त्यो युनिट किन्दै तपाईंको डिम्याट खातामा बचतको हिसावले इन्भेष्ट गर्दै जान्छौं । यससँगै लगानीकर्ताले एकपटक रजिष्टर गरिसकेपछि हरेक महिना अर्थात लगानीकर्ताले तोकेको अवधिमा न्याभ अनुसार स्वतः लगानी भइरहेको हुन्छ ।

एसआईपीको पनि २ प्रकार

पर्सनल एसआईपीः तपाईं एक व्यक्ति जो कुनै संस्थामा आवद्ध हुनुहुन्न । सानो चिया पसल गरेर बस्नु भएको छ भने तपाईले पर्सनल एसआईपी गर्न पाउनु हुन्छ । यसको लागि क्यापिटल आउनुहुन्छ । रजिष्टर गर्नुहुन्छ । हरेक महिना पैसा दिनुहुन्छ । त्यो स्वतः लगानी भइरहेको हुन्छ । मोनिटरिङ गर्नुपर्यो भने डिम्याट खाताबाट, क्यापिटलको रिपोर्टहरु हेर्न सक्नु हुनेछ ।

कर्पोरेट एसआईपीः तपाई कुनै संस्था चलाउनु हुन्छ । आफ्ना कर्मचारीको तलबबाट केही रकम कोषमा लगानी गर्न चाहनुहुन्छ भने कर्पोरेट एसआईपी गर्नसक्नु हुन्छ । यसको लागि संस्थासँग आवद्ध भएर त्यहाँको कर्मचारीलाई यहाँ रजिष्टर गराउने । कर्मचारीको तलबबाट केही रकम कटाएर यता पठाउनुहुन्छ । यससँगै खर्च हुने कर्मचारीको रकम यसमार्फत बचत हुँदै जान्छ ।

कसरी गर्ने भुक्तानी ?

यसमा कनेक्ट आईपीएस, खल्ती र नेपाल इन्भेष्टमेन्ट बैंकको ई–बैंकिङ्गमार्फत भुक्तानी गर्न सकिन्छ । अर्को, इन्स्ट्यान्ट इन्ष्ट्रक्सन । यदि तपाईंको इन्भेष्टमेन्ट बैंकमा खाता छ भने तपाईंले रजिष्टर गर्ने बेलामा भन्न सक्नुहुनेछ कि मेरो ५ हजार रुपैयाँ यो खाताबाट पेमेन्ट गरेर एनआईबिएल सहभागिता फण्डको नाममा यो मितिमा हरेक महिना जम्मा गरिदिनु भनेर जानकारी दिनुहुन्छ । त्यसपछि तपाईंले खातामा पैसा हालेर ब्यालेन्स मेन्टेन मात्रै गर्नु पर्यो । बाँकी काम क्यापिटलले नै गर्छ । र, तपाईंको बचत पनि स्वतः हुँदै जान्छ ।

लगानी गरिरहनु भएको छ । तर, बीचमा म गर्दिन भन्न पनि पाउनुहुन्छ । एसआईपी जस्तै यो प्लान पनि फ्लेक्जिबल नै छ । यसमा कुनै चार्ज पनि हुँदैन ।

डिभिडेन्ट रि इन्भेष्टिङ्ग प्लान

‘डिभिडेन्ट रि इन्भेष्टिङ्ग प्लान’ खुलामुखी म्युचुअल फण्ड अन्तर्गतको एउटा स्कीम हो । यसअन्तर्गत लगानीकर्ताले आफूले पाएको डिभिडेन्टलाई पुनः लगानी गर्न सक्छन् । उक्त डिभिडेन्ट युनिटमा कन्भर्ट हुँदै जान्छ । हामीले हरेक वर्ष यति प्रतिफल दिन्छौं भनेका त छैनौं तर हाम्रो मोटिभ भनेको रिटर्न नै हो । हामीले पहिलो वर्षमै ८.२५ प्रतिशत लाभांश वितरण गरेका थियौं । यो वर्ष पनि दिने योजना बनाउँदै छौं । लगानीकर्ताले पाउने यो रिटर्नलाई पनि उनीहरुले पुनः लगानी गर्न पाउनेछन् । जुन बन्दमुखी योजनामा गर्न सकिँदैन । खुलामुखी योजनामा डिभिडेन्ट रि इन्भेष्ट हुँदै जाओस् भनेर निर्देशन दिनुहुन्छ भने त्यो स्वतः पुनः लगानी हुन्छ ।

यसरी लगानी गरिरहनु भएको छ । तर, बीचमा म गर्दिन भन्न पनि पाउनुहुन्छ । एसआईपी जस्तै यो प्लान पनि फ्लेक्जिबल नै छ । यसमा कुनै चार्ज पनि हुँदैन । जो लगानीकर्ता हुनुहुन्छ, उहाँहरुलाई सिष्टममा मात्रै ल्याउन खोजेका हौं, लगानी गर्नको लागि इन्भेष्टमेन्टको प्याट्रन तथा बानी बसाल्न मात्रै खोजेका हौं ।

एसडब्लुपी

सिष्टमेटिक वीथ ड्र प्लान (व्यवस्थित लगानी फिर्ता योजना) खुलामुखी म्युचुअल फण्ड अन्तर्गतको अर्को स्कीम हो । हामीले युनिट किन्नलाई कुनै समय तोकेर नियमित लगानी गर्दै गर्दै गयौं । जस्तैः आजदेखि लगानी गर्न शुरु गर्नुभयो । नियमित लगानी गरिरहनु भएको छ । ३० वर्षपछि अवकाश प्राप्त हुनुभयो । यो अवधिसम्म तपाईंको लगानीको पोर्टफोलियो राम्रो भइसकेको हुन्छ । रकम एकैपटक निकाल्दिन, अवकाशपछि हरेक महिना २०/२० हजार रुपैयाँ निकाल्दै जान्छु भन्नु भयो भने (रकम आफैले तोक्न सकिन्छ) यो स्कीम उपयुक्त हुने भयो ।

अहिले लगानी मात्रै गर्छु, रकम चाहिँ अवकासपछि महिनैपिच्छे निकाल्छु भन्नुभयो भने यो प्लानमा रजिष्टर गर्न सकिन्छ । र, अवकास पछि लगानी स्वतः फिर्ता गरिदिन्छाैं ।

मतलब, अहिले लगानी मात्रै गर्छु, रकम चाहिँ अवकासपछि महिनैपिच्छे निकाल्छु भन्नुभयो भने यो प्लानमा रजिष्टर गर्न सकिन्छ । अवकास पछि लगानी फिर्ता हुँदै जाने भयो ।

प्रतिफल स्थिर हुँदैन

म्युचुअल फण्डमा प्रतिफल स्थिर हुँदैन । हरेक वर्ष परिवर्तन हुँदै जान्छ । स्कीम हेरि फरक फरक प्रतिफल हुन्छ । समग्रमा अहिले म्युचुअल फण्डले नै कति रिटर्न दियो त भन्दा पछिल्लो तथ्यांक अनुसार २० देखि २२ प्रतिशत वार्षिक प्रतिफल दिएको छ । म्युचुअल फण्डको प्रतिस्पर्धी फिक्स्ड डिपोजिट (एफडी) हो, सेयर मार्केट होइन । त्यसैले एफडीले कति रिटर्न दियो भन्ने हेर्नुपर्छ । हामी अहिले एफडीको रेटभन्दा माथि नै छौं ।

त्यसैले लगानीकर्ताले अनुमान गर्दा म्युचुअल फण्डले दिने प्रतिफल र एफडीले दिने प्रतिफल हिसाव गर्दा म्युचुअल फण्डको रिटर्न ५/१० प्रतिशत माथि नै हुन्छ ।

पछिल्लो तथ्यांक अनुसार २० देखि २२ प्रतिशत वार्षिक प्रतिफल दिएको छ । म्युचुअल फण्डको प्रतिस्पर्धी फिक्स्ड डिपोजिट (एफडी) हो, सेयर मार्केट होइन । त्यसैले एफडीले कति रिटर्न दियो भन्ने हेर्नुपर्छ । हामी अहिले एफडीको रेटभन्दा माथि नै छौं । फण्डले दिने प्रतिफल र एफडीले दिने प्रतिफल हिसाव गर्दा म्युचुअल फण्डको रिटर्न ५/१० प्रतिशत माथि नै हुन्छ ।

रिटर्न शून्य हुन्छ कि ?

त्यस्तो हुँदैन । तपाईंले उच्च प्रतिफलको आशमा उच्च जोखिम लिएर सेयर बजारमा लगानी गर्नुभएको छ भने कुनै खराब अवस्थामा त्यसको भ्याल्युएसन शून्य पनि हुन सक्छ । तर म्युचुअल फण्डमा त्यस्तो हुन्न । किनभने हामीले लगानी गर्ने भनेको सेयर मार्केट, फिक्स्ड डिपोजिट र बोण्ड तथा डिबेन्चरमा हो । एनआईबिएल सहभागिता फण्डकै कुरा गर्नुपर्दा हामीले अधिकतम ६५ प्रतिशत सेयर मार्केटमा लगानी गरेका छौं । बाँकी भनेको १५ प्रतिशत फिक्स्ड डिपोजिटमा, १० प्रतिशत बोण्ड तथा डिबेन्चरमा र बाँकी लिक्विडिटीको लागि भनेर क्यास मेन्टेन गरौंला । यसको मतलब सेयर मार्केटमा अधिकतम जाने भनेको ६५ प्रतिशत लगानी हो ।

उच्च प्रतिफलको आशमा उच्च जोखिम लिएर सेयर बजारमा लगानी गर्नुभएको छ भने कुनै खराब अवस्थामा त्यसको भ्याल्युएसन शून्य पनि हुन सक्छ । तर म्युचुअल फण्डमा त्यस्तो हुन्न । फण्डले बजारमा गरेकाे लगानी जिरो भयो भने पनि बाँकीले रिटर्नलाई कभर गर्छ ।

कति समय लगानी गर्नु उपयुक्त ?

प्रतिफलको लागि म्युचुअल फण्डमा लगानी गर्ने हो भने निश्चित अवधि कुर्नै पर्छ, २ वर्ष, ५ वर्षसम्म । त्यो अवधिसम्ममा यति वार्षिक प्रतिफल निकाल्छु भन्ने अपेक्षा हुनु पर्छ । जस्तो, आज एक लाख रुपैयाँ फण्डमा लगानी गर्नुभएको छ । एक वर्षको अवधिमा यो रिटर्नले पुगेन, यो रकम सेयर मार्केटमा लगानी गरेको भए डबल फाइदा हुन्थ्यो भन्ने गणना गर्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । के थाहा, मार्केट हो, डुब्न पनि सक्थ्यो ।

म्युचुअल फण्डले सेयर बजारमा लगानी गर्ने ६५ प्रतिशत हो । यसमा पनि विभिन्न क्याट्यागोरी छ । एउटा, फिक्स्ड रिटर्न आउने कम्पनी, जुन कम्पनीको डिभिडेन्ड हिष्ट्री हेरेर थाहा हुन्छ । त्यस्तो खालको स्टकलाई सर्टेन ब्लकमा राखेका हुन्छौं ।

प्रतिफलको लागि म्युचुअल फण्डमा लगानी गर्ने हो भने निश्चित अवधि कुर्नै पर्छ, २ वर्ष, ५ वर्षसम्म । त्यो अवधिसम्ममा यति वार्षिक प्रतिफल निकाल्छु भन्ने अपेक्षा हुनु पर्छ ।

अर्को, ट्रेडिङ गर्ने हिसाबले । आज किन्ने अनि केहि समय पश्चात अलि प्रतिफल आउनासाथ बेचिदिने र प्रफीट बुक गर्ने भन्ने हुन्छ । त्यसलाई पनि छुट्टै ब्लकमा राखेका हुन्छौं ।

त्यस्तै, दीर्घकालीन अर्थात ७/१० वर्ष लगानीको लागि पनि भन्ने सोचेर एउटा ब्लक बनाएका हुन्छौं । र, यो प्याट्रनमा लगानी गर्छौं । यो अनुसार हामीले सेयर मार्केटमा लगानी गर्ने भनेको ६५ प्रतिशत मात्रै नै हो । जोखिम छ भने यसमा नै हो । यो जिरो भयो भने पनि बाँकीले रिटर्नलाई कभर गर्छ ।

अर्को, नेपालको सेयर बजारमा एउटा चक्रमा हिडेको हुन्छ । दुई वर्ष बियरमा गयो भने बाँकी ३ वर्ष बुल ट्रेण्डमा जान्छ । उदाहरणको लागि एनआईबिएल प्रगति फण्डले नेप्से परिसुचक १६ सय बिन्दुमा हुँदा बजारमा लगानी गर्र्यौं । परिसुचक ११ सय विन्दुमा मा २/३ वर्ष नै बस्यौं । त्यो बेलामा एकदमै लस देखियो । न्याभ १० रुपैयाँभन्दा तल थियो । मार्केटमा जाँदा पनि ७ देखि ८ रुपैयाँसम्ममा कारोबार हुने थियो ।

खुलामुखी म्युचुअल फण्डको प्लस पोइन्ट के हो भने मार्केटमा एउटा भ्याल्यु अनि न्याभमा अर्को भ्याल्यु हुन्छ भन्ने हुँदैन । न्याभमा ९ छ भने मार्केटमा पनि ९ रुपैयाँमा मै बेच्न पाइयो । यसलाई अधिकतम तरलता भएको उपकरणको रुपमा पनि लिन सकिन्छ अर्थात चाहेको बेला लगानी राख्न सकिन्छ । अर्को भनेको समयमै बिना कुनै झन्झट बेच्न सकिन्छ । बन्दमुखी योजना जस्तो खरिदकर्ता खोजी राख्नु पर्दैन ।

यदि १० रुपैयाँमा जसले लगानी गरेको थियो, उसले ३ वर्षसम्म होल्ड गर्न सकेको भए, ऊ आजको दिनमा ४० प्लसको रिटर्नमा छ । यो आर्थिक वर्षमा ४०/५० प्रतिशत रिटर्न दियौं भने एफडी भन्दा राम्रो भयो यस्तै बजार अन्य योजनाहरुमा पनि रहेको छ । एफडीको दर अहिले वार्षिक १० भन्दा कम प्रतिशत छ । यसको मतलब होल्ड गर्न सक्यो भने म्युचुअल फण्डमार्फत लगानीकर्तालाई राम्रो फाइदा हुन्छ । यदि कुनै एउटा साइकलमा लसमा जानु भएको छ भने होल्ड गर्नुस्, अर्को साइकलमा राम्रो गेन गर्नुहुन्छ, ढुक्क हुनुहोस् ।

खुलामुखी म्युचुअल फण्ड सकारात्मक पक्ष

खुलामुखी म्युचुअल फण्डको प्लस पोइन्ट के हो भने मार्केटमा एउटा भ्याल्यु अनि न्याभमा अर्को भ्याल्यु हुन्छ भन्ने हुँदैन । न्याभमा ९ छ भने मार्केटमा पनि ९ रुपैयाँमा मै बेच्न पाइयो । यसलाई अधिकतम तरलता भएको उपकरणको रुपमा पनि लिन सकिन्छ अर्थात चाहेको बेला लगानी राख्न सकिन्छ । अर्को भनेको समयमै बिना कुनै झन्झट बेच्न सकिन्छ । बन्दमुखी योजना जस्तो खरिदकर्ता खोजी राख्नु पर्दैन ।

(एनआईबिएल एस क्यापिटलकाे म्युचुअल फण्ड विभागका एक्टिङ हेड बस्नेतसँग गरिएको कुराकानीमा आधारित।)

Share News