ग्रीनलाइफ हाइड्रोले माघको तेश्रो सातादेखि आईपीओ निष्काशन गर्ने, सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल

<p>काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावरले माघको तेश्रो सातादेखि प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । माघ ४ गते मात्रै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको कम्पनीले माघको तेश्रो सातादेखि सर्वसाधारणको लागि सेयर बिक्री खुल्ला गर्ने योजना बनाएको हो । कम्पनीले आफ्नो जारी पुँजी एक अर्ब ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात १८ करोड रुपैयाँ बराबरको एक सय [&hellip;]</p>

काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावरले माघको तेश्रो सातादेखि प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । माघ ४ गते मात्रै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको कम्पनीले माघको तेश्रो सातादेखि सर्वसाधारणको लागि सेयर बिक्री खुल्ला गर्ने योजना बनाएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी एक अर्ब ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात १८ करोड रुपैयाँ बराबरको एक सय अंकित दरको १८ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरिएको सेयरहरु मध्ये बिक्री नभएका १६ लाख ९६ हजार ४०० कित्ता सेयर गरी जम्मा ३४ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर (सामुहिक लगानी कोष, कर्मचारी तथा सर्वसाधारणको लागि समेत गरि) निष्काशन गर्न लागेको हो ।

कम्पनीले सेयर रजिष्टारमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धी दुई संस्थाबीच सम्झौता भइसकेको छ । उक्त सम्झौतापत्रमा ग्रीनलाईफ हाइड्रोका तर्फबाट अध्यक्ष याङचेन डोमा लामा र सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।

ग्रीनलाईफ हाईड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६६ साल आश्विन ०४ गते नेपाल सरकार उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा ग्रीनलाइफ इनर्जी प्रा.लि.को रुपमा दर्ता भई मिति २०७४ आषाढ ९ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो ।

कम्पनीको प्रदेश नं. ३, दोलखाजिल्लाको गौरीशंकर गाउँपालिका (तत्कालीनखारे तथामार्बु गा.वि.स.) माबहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानीमिसाई आयोजना निर्माण गरी ४० मेगावाट क्षमताको विजुली उत्पादन गर्ने उद्देश्य अनुरुप २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।

सम्बन्धित समाचार

ग्रीनलाइफ हाइड्रोले आईपीओ जारी गर्ने, पायो बोर्डको स्वीकृति

Share News