बलेफी हाईड्रोपावरले सर्वसाधारणमा शेयर निष्काशन गर्दै, प्रत्याभूतिकर्तासँग भयाे सम्झौता
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले ३६ लाख ५५ हजार ९ सय ४० कित्ताशेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ । यसका लागि एनएमबि क्यापिटलको व्यवस्थापनमा सनराइज क्यापिटल , हिमालयन क्यापिटल र कुमारी क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्ति गरी मंगलबार सम्झौता गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा कम्पनीका कार्यकारी अध्यक्ष उमेश कसजु र प्रत्याभूतिकर्ताहरु एनएमबि क्यापिटलका श्रीजेश घिमिरे,सनराइज क्यापिटलका विजयलालश्रेष्ठ, हिमालयन क्यापिटलका परमेश्वर पन्त र कुमारी क्यापिटलका राजेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । कम्पनीले १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र बाँकी १८ लाख २७ लाख ९ सय ७० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जानकारी दिएको छ । वाग्मतीप्रदेश,सिन्धुपाल्चोक जिल्लाको गुम्बा र गोल्चे गा.वि.स.हरुमाअवस्थित बलेफीखोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना अहिले निर्माणको चरणमा रहेको र कम्पनीले हालसम्म ८० प्रतिशतसम्मको निमार्ण कार्य सम्पन्न गरिसकेको छ । आगामी२०७७ असार सम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी आयोजनाबाट उत्पादनहुने विद्युत नेपाल विद्युतप्राधिकरणको प्रसारण लाइनमा जडान गरी बिक्री गर्ने योजना रहेको कम्पनीले जनाएको छ । यस कम्पनीको कुल लागत जम्मारु.६ अर्ब ७८ करोड रहेको (७०ः३०–कर्जाःपूँजीअनुपात) र प्रति मेगावाट रु.१६ करोड ९० लाख रहेको,जुन औषतमा अन्य हाइड्रोपावर कम्पनीको लागतभन्दा कम रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२८ वर्ष र आयोजनाको डिस्काउण्टेड लगानी फिर्ता हुने अवधि १६.५९ वर्ष रहेको छ । आइसीआरए नेपालले यस कम्पनीद्वारा जारी गर्न लागेको शेयर निष्काशनलाई ‘आइसीआरएएनपी फाेर प्लस ‘ प्रदान गरेको छ । कम्पनीको औषत वार्षिक विद्युत उत्पादन राम्रो रहेको तथाआयोजनाको लागत कम रहेकोले सञ्चालनमा आएको पहिलाे वर्षमा नै लाभांश वितरण गर्ने भएकाे छ । हाइड्रोपावर क्षेत्रको एउटा राम्रो कम्पनीले बजारमा शेयर निष्काशनगर्दा पूँजीबजार तथा लगानीकर्ताहरुलाई फलदायी हुने कम्पनी तथा प्रत्याभूतिकर्ताले जानकारी गराएको छ ।
नाफामा दोस्रो स्थानमा रहेको नविलको सेयरमा कति लाभ ? (प्राविधिक विश्लेषण)
चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको नविल बैंक समग्र बैंकहरुमा नै नाफाको आधारमा दोस्रो स्थानमा छ । बैंकले ६ महिनामा कमाएको नाफाले नै सेयरधनीलाई १४ प्रतिशतभन्दा धेरै प्रतिफल दिन सक्ने देखिएको छ । नविलले विगत ५ वर्षयता सेयरधनीलाई औसतमा ४० प्रतिशतको हाराहारीमा प्रतिफल प्रदान गरिरहेको छ । यस वर्ष नविलको अवस्था कस्तो होला ? लगानीकर्ताले नविलको सेयरलाई कुन रुपमा लिएर लगानी गरिरहेका छन् ? शाख मूल्यांकनमा नविल कस्तो देखिएको छ भन्नेलगायतका विषयमा हामीले नविल बैंकको सेयरको समग्र विश्लेषण गरेका छौं । परिचय साउन २०४१ मा नेपाल अरब बैंकको नाममा देशकै पहिलो निजी क्षेत्रको बैंकको रुपमा सञ्चालनमा आएको हो, नबिल बैंक । अन्तराष्ट्रियस्तरको आद्युनिक बैंकिङ सेवा दिने सोच साथ स्थापना भएको नविल बैंक सम्पूर्ण वित्तीय सेवा प्रदायकको रुपमा ग्राहकहरुको पहिलो छनौंटमा पर्ने उदेश्य साथ अगाडी बढिरहेको छ । –प्रवृत्ति वियरिशपछि सेयर किन्ने बढ्दै –पहिलोभन्दा दोस्रो त्रैमाशको नाफा कम बैंकले ७९ शाखा र १ सय ३६ एटिएम मार्फत् ग्राहकहरुलाई सेवा दिइरहेको छ । निक्षेपष्मा ३.७५ देखि ९.२५ प्रतिशत व्याज दिइरहेको बैंकले बीमासमेत हुने निक्षेप खातासहित प्रिमियम नारी बचत खातालगायतका निक्षेप योजना सञ्चालन गरिरहेको छ । हाल बेस रेट ८.१० प्रतिशत रहेको बैंकले अनुदानमा सञ्चालित बाहेकका कर्जामा बेस रेट जोडिने गरि २.५० देखि ६.५० सम्ममा कर्जा दिइरहेको छ । बैंकले ३५ कार्यदिनभित्र कर्जा स्वीकृत गरिसक्ने गरि नबिल सजिलो एक्सप्रेस कर्जा योजना सञ्चालन गरिरहेको छ । बैंकमा १ हजार ८० जना स्थायी कर्मचारी छन् । उपाधी असोज २०७४ मा बैंक आइएसओ सर्टिफाइड भएको थियो । गुणस्तर व्यवस्थापन प्रणालीको लागि बैंकले यस्तो प्रमाणिकरण पाएको हो । सन् २०१७ मा बैंकले न्युबिज विजनेश एण्ड कन्क्लेभमा बेस्ट म्यानेज्ड कमर्सियल बैंकको अवार्ड पाएको थियो । लगानी बैंकमा अर्बपति व्यवसायी विनोद चौधरी समूहको ५३ प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ । बैंकमा राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन र नेपाल ट्रस्टको समेत लगानी छ । बैंकमा नेपाल स्टक एक्सचेन्जको समेत ३ लाख कित्ता सेयरमा लगानी छ । बैंकको अध्यक्षमा शम्भुप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृतमा अनिल केशरी शाह छन् । बैंकको सहायक कम्पनीको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र २५ प्रतिशत लगानीसहित एशोसिएट कम्पनीको रुपमा नाडेप लघुवित्त वित्तीय संस्था सञ्चालनमा छ । औसत ४० प्रतिशत प्रतिफल बैंकले गत वर्षको नाफापछि हालै लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयरसहित ३४ प्रतिशत लाभांश दिएको छ । विगत पाँच वर्षमा बैंकबाट लगानीकर्ताले औसत ३९.५६ प्रतिशत लाभांश पाएका छन् । बैंकले दोस्रो त्रैमाशमै लाभांशको रुपमा १४.४५ प्रतिशत लाभांश बड्न सक्ने क्षमता देखाएको छ । आव अन्त्यसम्ममा यसमा वृद्धि हुने नै छ । नाफामा दोस्रो चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा बैंकको नाफा सिमान्तदरले घटेको छ । २ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको बैंकको यसमा ६.२० प्रतिशतले घटेको हो । व्याज आम्दानी बढेपनि खुद व्याज आम्दानी घट्दा बैंकको नाफामा प्रभाव परेको हो । तैपनि बैंक नाफा रकमको आधारमा निजी क्षेत्रको बैंकहरुमा सबैभन्दा अग्रस्थानमा छ । समग्रमा भने बैंक दोस्रो स्थानमा छ । पहिलो त्रैमाशमा १ अर्ब १२ करोड नाफा कमाएको बैंकले दोस्रो त्रैमाश मात्रैमा भने ९१ करोड नाफा कमाएको हो । लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी १२ प्रतिशतले बढेर १० अर्ब ९ करोड पुगेको छ । ८ अर्ब १४ करोड व्याज आम्दानी गरेको बैंकको व्याज खर्च नै ४ अर्ब ६८ करोड छ । शुल्क, कमिशनबाट करीब ७३ करोड कमाएको बैंकले विदेशी विनिमय र अन्य आम्दानी गरि थप करीब ४७ करोड रुपैयाँ कमाएको छ । बैंकले निक्षेप संकलन बढाउन नसकेपनि कर्जा लगानीमा भने १० प्रतिशतको वृद्धि गरेको छ । निक्षेप र कर्जा दुवै आधारमा बैंक चौथोे स्थानमा छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात नियामकीय मापदण्ड ११ प्रतिशतकै हाराहारीमा छ । यो ११.५३ प्रतिशत छ । बैंकले निष्काशन तयारी गरिरहेको २ अर्ब ऋणपत्र हालै धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । यसले बैंकलाई केही सहजता हुने छ । बैंकको सञ्चित तथा जगेडा कोषमा १३ अर्ब ८० करोड रुपैयाँ छ । बैंकलाई तुलनात्मक रुपमा पुँजी महंगो परिरहेको कोष लागतले देखाउछ । कोष लागत ५.९२ प्रतिशत रहेकोमा बढेर ६.०२ भएको छ । खराब कर्जाको दर १ प्रतिशत मुनि रहेको बैंकले खराब कर्जाको आधारमा सम्रग बैंकहरुमा २१औं स्थानमा छ । खराब कर्जाको २ सय १३ प्रतिशत रकम राखेको छ । निक्षेप प्राथमिक पुँजीको आधारमा कर्जा लगानी अनुपात ७७.२८ छ । बैंकको प्रतिसेयर आम्दानी केही घटेको छ । यद्यपि यो सूचकमा बैंक तेस्रो स्थानमा छ । ५४.२८ प्रतिशतबाट घटेर ४५.३२ प्रतिशत छ । हालको मूल्यको आधारमा मूल्य आम्दानी अनुपात १५.९५ गुणा छ । रेटिङ करीब १ वर्षअघि बैंकले इक्रा नेपालबाट ऋणपत्रको लागि रेटिङ गरेको छ । इक्रा नेपालका अनुसार बैंकका केही पक्षहरु यी हुन्: – उच्च केन्द्रीकरण (प्रमुख २० ग्राहकको निक्षेप हिस्सा ३३ प्रतिशत, कर्जा २७ प्रतिशत) –५५ प्रतिशत संस्थागत कर्जा, मध्यम वर्ग कर्जा ४०, विपन्न बर्ग कर्जा ५ प्रतिशत –सुविधाजनक अवस्थामा सल्भेन्सी अनुपात –स्वस्थ कर्जा –कर्जा वृद्धिमा अघिल्ला वर्षमा सुस्त भएपनि पछिल्लो वर्ष वृद्धि, ४.८ प्रतिशत बजार हिस्सा –कम लागतको निक्षेप हिस्सा घट्दै, ४५ प्रतिशत तर समग्र क्षेत्रको औसत(४१ ५) भन्दा उच्च –स्वस्थकर खुद व्याज मार्जिन (४.२ प्रतिशत) –दोस्रो बजारमा पूँजीकरणको आधारमा दोस्रो ठूलो संस्था उच्च उतार चढाव एक वर्षको बैंकको सेयर मूल्यको परिवर्तन अंकको आधारमा बैंकको स्ट्याण्डर्ड डेभिएशन १२.०९ छ भने समग्र बैंकिङ समूहको परिवर्तित अंकको आधारमा ९.९५ छ । नेप्से परिसूचकको यही अवधिको परिवर्तित अंकको आधारमा स्ट्याण्डर्ड डेभिएशन १०.२३ छ । प्रवृत्ति वियरिश एक वर्षको अवधिमा शुरुवाति समयमै एक वर्षको उच्च मूल्य (८८१ रुपैयाँ) कायम गरेको थियो । त्यसयता ६ सय ६९ सम्म पुगेर फर्किएको सेयर मूल्यले त्यही विन्दुमा टेवा पाइरहेको छ । केही दिनअघि मात्रै सिम्पल मुभिङ एभरेज रेखा क्रसओभर भएको छ । २१ दिन रेखाले ७ दिने रेखालाई काटेर माथि लागेको छ । मूल्य वियरिश प्रवृत्ति रहेको यसले संकेत गर्छ । छोटो समयको लागि ७ दिने रेखा माथि जाने गरिरहेपनि धेरै समय २१ दिने रेखा नै माथि बस्ने गरेको एक वर्षको प्रवृत्तिले देखाउँछ । बैंकको सेयरमा आकर्षण बढ्न थालेको छ । मूल्य सन्तुलित क्षेत्रभित्र वृद्धि भइरहेको छ । १४ दिने आरएसआई सुचकको स्केल ५६.७९ मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा नै रहे एक महिनामा ७ सय ५४ मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे ७ सय २ मा पहिलो टेवा पाउने देखाउँछ । बैंकको सेयर मूल्यले अन्तिम दुई दिनमा करीब करीब मिटिङ लाइन वियरिश आकृति बनाएको छ । यसमा पहिलो दिनको सेतो मैनवत्ति र दोस्रो दिनको मैनवत्तिको अन्तिम मूल्य लगभग बराबर छ । तेस्रो दिन भने दुवै धागो भएको सानो कालो मैनवत्ति बनेकोले मूल्य घट्ने सम्भावना यथावत देखिएको छ । बैंकको सेयर खरिद बिक्री सन्तुलित क्षेत्रमा आएकोले आकर्षण बढिरहेको छ । त्यसैले यो सेयर किनबेच गर्नुअघि ध्यान दिनुपर्ने देखिन्छ ।
साताको शेयर बजार: झण्डै ६ अर्बको कारोवार
काठमाडाैं । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक असन्तुलित अवस्थामा रह्यो । बजारमा कारोवार मापक नेप्से बढ्ने र घट्ने क्रम जारी रह्यो । साताभर कूल १७५ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १ करोड ६६ लाख १४ हजार ५८८ कित्ता शेयर ५ अर्ब ८४ करोड ४१ लाख ६९ हजार १३६ मूल्यमा खरिद बिक्री भए । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । सोही क्रममा नेप्सेमा १३.७० अङ्कले घटेर एक हजार ३१९.९९ मा झर्यो । नेप्से ओरोलो लाग्दा कारोवार रकममा गिरावट आएको छ । कूल १७३ कम्पनीको २५ लाख ५० हजार २६६ कित्ता शेयर रु ९५ करोड ४ लाख २ हजार ५८४ मा खरीद बिक्री भए । यस्तै सोमबार नेप्से ४.२८ अङ्कले बढेर एक हजार ३२४.२६ मा पुग्यो । परिसूचक वृद्धि भएपनि कारोबार रकम भने ९३ करोड रूपैयाँमै सीमित भयो । कुल १७५ कम्पनीका २३ लाख ६० हजार ५८४ कित्ता शेयर ९३ करोड ३२ लाख ८६ हजार ५५ रूपैयाँमा खरिदबिक्री भए । मङ्गलबार नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो । त्यस दिन नेप्से १७.११ विन्दुले बढेर आज एक हजार ३४१.३८ मा पुग्यो । नेप्से उकालो लाग्दा त्यसको प्रभाव कारोवार रकममा पर्यो । कूल १७५ कम्पनीको ३९ लाख ९६ हजार ८७७ कित्ता शेयर १ अर्ब ५३ करोड २२ लाख ५० हजार ४४० मूल्यमा खरिद बिक्री भए । बुधबार नेप्से ४.६०ले वृद्धि भई एक हजार ३४५.९७ मा पुग्यो । नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने डेढ अर्ब बराबरको भएको छ । कूल १७३ कम्पनीको ३९ लाख ८६ हजार ७६९ कित्ता शेयर एक अर्ब ५० करोढ ९७ लाख ८४ हजार ३११ मूल्यमा खरिद बिक्री भए । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा सामान्य गिरावट आयो । त्यस दिन नेप्से १.३९ अङ्कले घटेर एक हजार ३४४.५९ मा पुुग्यो । कूल १७२ कम्पनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर रु एक अर्ब ७७ करोड ३८ लाख पाँच हजार ७४६ मा खरिदबिक्री भए । यस साता शेयर बजारमा विभिन्न चार कम्पनीका कूल २ करोड ६९ लाख ८१ हजार ६२९ कित्ता शेयर सूचीकृत भए । त्यसमा प्रभु बैंकको १ करोड ४२ लाख २८ हजार २७९ कित्ता शेयर लाभांश, गरिमा विकास बैंकको ४५ लाख तीन हजार २१५ कित्ता शेयर लाभांश, सानिमा बैंकको ८० लाख एक हजार २५५ कित्ता शेयर लाभांश र आशा लघुवित्त वित्तीय संस्थाको कूल दुई लाख ४८ हजार ८८० कित्ता शेयर लाभांश सूचीकृत भएको छ । रासस