ढाकाको आईएफआईसी बैंकले एनबी बैंकको सबै सेयर बिक्री गर्ने
काठमाडौं । ढाकाको आईएफआईसी बैंकले नेपाल बङ्गलादेश (एनबी) बैंकको सबै सेयर बिक्री गर्ने भएको छ । एनबीको विदेशी साझेदार आईएफआईसीले आफ्नो स्वामित्वमा रहेको एनबी बैंकको सम्पूर्ण सेयर बिक्री गर्ने भएको हो । यससँगै आईएफआईसीले ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । साथै, यो सहित आर्थिक वर्ष २०७७/७८ मा पाएको बोनस सेयर समेत बिक्री गर्ने जनाएको छ । साथै, बैंकको प्रबन्धपत्र तथा नियमावली र आईएफआईसी बैंकसँग भएको संयुक्त लगानी सम्बन्धी सम्झौता बमोजिम बिक्रीमा रहेको संस्थापक सेयर किन्ने पहिलो हक अन्य संस्थापक सेयरधनीको हुने छ । यससँगै सेयर किन्न इच्छुक रहेका एनबीका अन्य संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्ने छ । उनीहरुले उक्त निवदेनमा अन्य विवरणको अतिरिक्त कर चुक्ता गरेको आम्दानी र सेयर खरिद गर्न चाहेको रकम समेत उल्लेख गरेको कागजात एनबी बैंकको केन्द्रिय कार्यालय काठमाडौंको कमलादीमा बुझाउनु पर्ने बैंकले जानकारी गराएको छ । यदि उक्त सयमभित्र कसैको पनि निवेदन नपरेमा वा प्रर्याप्त निवदेन प्राप्त नभएमा वा प्राप्त निवेदन रितपूर्वक नभएमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ । उक्त आवेदन स्वीकार गर्ने वा नगर्ने अधिकार भने सेयर बिक्रेता आईएफआईसी बैंकसँग रहने बैंकले जानकारी गराएको छ ।
आईपीओ भर्नेमा नयाँ रेकर्डः पौने २२ लाखले भरे युनियन लाईफको आईपीओ
काठमाडौं । पछिल्लो समय आईपीओ भर्नेको संख्या एकपछि अर्को बढ्दै गएको छ । आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएकोले उक्त तथ्यांकमा नयाँ नयाँ रेकर्ड कायम भएको हो । हालै जारी भई निष्काशन बन्द भएको यूनियन लाइफको आईपीओमा पनि नयाँ रेकर्ड बनेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कूल २१ लाख ७२ हजार ८ सय ६८ जना आवेदकले आवेदन दिएका छन् । उक्त संख्या यसअघि २० लाखको हाराहारीमा रहेको थियो । यससँगै कम्पनीले माग गरेको सेयरमा अन्तिम दिन (आज असार २९ गते)सम्ममा ५.९१ गुणा आवेदन परेको छ । उक्त सेयरमा पौने २२ लाख जनाले ३ अर्ब ४३ करोड ६१ लाख ८२ हजार रुपैयाँ बराबरको ३ करोड ४३ लाख ६१ हजार ८ सय २० कित्ता सेयरको लागि आवेदन दिएका छन् । आस्बा अन्तर्गतका बैंकहरुमा आस्बामार्फत थप विवरण अझै अपडेट हुने क्रममा रहेकोले उक्त तथ्याङ्क अन्तिम नभएको क्यापिटलले जानकारी गराएको छ । कम्पनीले गत असार २४ गतेबाट ६४ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।
महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत
काठमाडौं । महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । विकास बैंकको आज(असार २८ गते) मात्रै संस्थाको ८.८ प्रतिशत बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै नेप्सेमा संस्थाको थप २७ लाख ०३ हजार ४१३ कित्ता बोनस सेयर थपिएको छ । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।