स्काईलाईन ईन्फ्राले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज नियुक्त
काठमाडौं । स्काईलाईन ईन्फ्रा लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका लागि कम्पनीले हिमालय सेक्युरिटिज बैंकरलाई नियुक्त गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभाषबहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजबाहकले सम्झौतापत्रमा हस्ताक्षर गरे । हिमालय सेक्युरिटिज नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकर संस्था हो जसले मर्चेन्ट तथा इन्भेष्टमेण्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । स्काईलाईन ईन्फ्रा लिमिटेड हाल सरोवर पोर्टीको ब्राण्ड अन्तर्गत चारतारे होटल सञ्चालन गर्दै आएको छ । होटलमा बैंक्वेट हल, अन्तर्राष्ट्रिय स्तरको रेष्टुरेन्ट, स्विमिङ पुल, स्पा, क्यासिनो र क्युएफएक्स सिनेमा हलसमेत सुविधा उपलब्ध छन् । कम्पनीले यस कम्लेक्समार्फत स्थानीय बासिन्दादेखि आन्तरिक तथा बाह्य पर्यटकसम्मलाई गुणस्तरीय सेवा दिने लक्ष्य राखेको जनाएको छ ।
ब्रोकर नम्बर ८१ को १५ प्रतिशत लाभांश घोषणा, मार्जिन कर्जा दिने र शाखा खोल्ने
काठमाडौं । स्टक ब्रोकर नम्बर ८१ अर्थात् आकाशभैरव सेक्युरिटिज लिमिटेडले लाभांश घोषणा गरेको छ । ब्रोकर कम्पनीको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने ३ करोड १० लाख ५० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज ४ गते बिहान १० बजे ललितपुरमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले मार्जिन कर्जा सुविधा प्रदान गर्ने र शाखा कार्यालय खोल्ने विशेष प्रस्ताव पारित गर्नेछ । यस्तै, सञ्चालक समितिको पारिश्रमिक, दैनिक भ्रमण भत्ता एवं अन्य सेवा सुविधा वृद्धि गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ ।
स्काईलाईन ईन्फ्राले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज बैंकर
काठमाडौं । स्काईलाईन ईन्फ्रा लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौता स्काईलाईन ईन्फ्रा र हिमालय सेक्युरिटिज बैंकरबीच सम्पन्न भएको हो । सम्झौताले कम्पनीलाई नयाँ व्यवसायिक यात्रा सुरु गर्न तथा विस्तारमा सहयोग गर्ने अपेक्षा गरिएको छ । सम्झौतामा स्काईलाईन ईन्फ्राको तर्फबाट अध्यक्ष प्रतीक अग्रवालसहित सञ्चालक, संस्थापक तथा प्रमुख वित्त अधिकृतको सहभागिता थियो भने हिमालय सेक्युरिटिज बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजबाहकले हस्ताक्षर गरेका छन् ।