काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले बढेर २७८३ बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार २४७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३३२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ । साथै सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै नेसनल हाइड्रोको १७ करोड, एसवाई प्यानलको १६ करोड, रिडि पावरको १५ करोड ८८ लाख र साहस ऊर्जाको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
फर्स्ट माइक्रो फाइनान्सको सेयर मूल्य १४.१९ प्रतिशले बढेर सकारात्मक सर्किट लागेको छ ।
सोमबारको कारोबारमा सबै उपसमूहका सूचकमा हरियाली छाएको छ । बैंकिङ १.०२ प्रतिशत, डेभलपमेन्ट बैंक १.३६ प्रतिशत, फाइनान्स १.८१ प्रतिशत, होटल तथा टुरिजम ०.६९ प्रतिशत, हाइड्रो १.७९ प्रतिशत, इन्भेष्टमेन्ट १.२५ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.९९ प्रतिशत, उत्पादन तथा प्रसोधन १.३० प्रतिशत, माइक्रोफाइनान्स १.७० प्रतिशत, म्युचल फन्ड ०.०६ प्रतिशत, नन लाइफ इन्स्योरेन्स १.६० प्रतिशत, अन्य २.११ प्रतिशत र ट्रेडिङको १.१५ प्रतिशतले बढेका छन् ।