एनआईएमबीमा राष्ट्रिय बीमा कम्पनी सबैभन्दा ठूलो लगानीकर्ता, यी हुन् १५ ठूला सेयरधनी
काठमाडौं । साविक नेपाल इन्भेष्टमेन्ट बैंक र साविक मेगा बैंक मर्जरपश्चात् बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)मा १५ कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । मर्जरपश्चात् पहिलो पटक सार्वजनिक तथ्याङ्क अनुसार ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेका सेयरधनीहरूको संख्या १५ वटा रहेका छन् । तर, साविक मेगा बैंकका ठूला सेयरधनी भने मर्जरपश्चात् अटाउन सकेका छैनन् । बैंकका अनुसार सबैभन्दा धेरै सेयर स्वामित्व राष्ट्रिय बीमा कम्पनी रहेको छ । यस कम्पनीको बैंकमा ६.७३ प्रतिशत अर्थात् २ अर्ब २९ करोड ६७ लाख ७९ हजार ६९२ रुपैयाँ बराबरको सेयर स्वामित्व छ । यस्तै, महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको ३.९६ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड १७ लाख ५६ हजार ७१५ रुपैयाँ, छाया इन्भेष्टमेन्टको ३.६८ प्रतिशत अर्थात् १ अर्ब २५ करोड ६० लाख ६३ हजार ६८० रुपैयाँ, केयूपी इन्भेष्टमेन्टको ३.५१ प्रतिशत अर्थात् १ अर्ब १९ करोड ६२ लाख ४१ हजार ११३ रुपैयाँ, सोफिया इन्भेष्टमेन्टको ३.३३ प्रतिशत अर्थात् १ अर्ब १३ करोड ६४ लाख ३६ हजार ८१६ रुपैयाँ बराबरको सेयर स्वामित्व छ । यस्तै, नागरिक लगानी कोषको १.३२ प्रतिशत अर्थात् ४४ करोड ९६ लाख ३६ हजार ६४२ रुपैयाँ, अन्नपुर्ण इन्भेष्टमेन्टको ०.७४ प्रतिशत अर्थात् २५ करोड ११ लाख ७० हजार ४७५ रुपैयाँ, सूर्या इनोसिसको ०.७४ प्रतिशत अर्थात् २५ करोड ११ लाख ७० हजार २२३ रुपैयाँ, प्रेस्टाइन इन्भेष्टमेन्टको ०.७४ प्रतिशत अर्थात् ०.७४ प्रतिशत अर्थात् २५ करोड ११ लाख ७० हजार २२३ रुपैयाँ सेयर स्वामित्व छ । यस्तै, कमला इन्भेष्टमेन्टको ०.७० प्रतिशत अर्थात् २३ करोड ९२ लाख ५२ हजार ९०७ रुपैयाँ, नोबेल इन्भेष्टमेन्टको ०.७० प्रतिशत अर्थात् २३ करोड ९२ लाख ५२ हजार ९०७ रुपैयाँ, लोटस इन्भेष्टमेन्टको ०.६५ प्रतिशत अर्थात् २२ करोड १७ लाख ४७ हजार ७७९ रुपैयाँ, राष्ट्रिय बीमा संस्थानको ०.६४ प्रतिशत अर्थात् २१ करोड ७९ लाख ५३ हजार ७२२ रुपैयाँ सेयर स्वामित्व छ । यस्तै, मर्केन्टाइल इन्भेष्टमेन्टको ०.५७ प्रतिशत अर्थात् १९ करोड ५८ लाख ८९ हजार ४२ रुपैयाँ, सीआईटी–सिटिजन युनिट स्किमको ०.५६ प्रतिशत अर्थात् १९ करोड २० लाख ६२ हजार १८८ रुपैयाँ बराबरको सेयर स्वामित्व छ ।
साताको सेयर बजार : तीव्र उतारचढावबीच ७० अङ्कको वृद्धि
काठमाडौं । सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजीबजारमा पनि देखिएको छ । तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार तीस दशमलव ५६ को बिन्दुमा पुगेको छ । सत्तागठबन्धन परिवर्तनसँगै सोमबार मात्र नेप्से परिसूचक एक सय १७ दशमलव ७० अङ्क अर्थात् छ प्रतिशतले बढेको थियो । उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको बजारमा मङ्गलबार भने उच्च अङ्कको गिरावट देखियो । मङ्गलबार परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको थियो । बुधबार र बिहीबार दुवै दिन परिसूचक बढ्यो । नेप्सेका अनुसार परिसूचक बुधबार नौ दशमलव ३३ र बिहीबार १३ दशमलव ५१ अङ्कले बढेको थियो । यो साता पुँजी बजारमा रु १३ अर्ब २२ करोड १७ लाख १७ हजार बराबरको तीन करोड ६० लाख ४४ हजार ३१ कित्ता सेयर कारोबार भएको छ । आइतबार रु दुई अर्ब पाँच करोड ८५ लाख ९४ हजार बराबरको ५२ लाख ३८ हजार छ सय ९६ कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा सकरात्मक सर्किट लागेको सोमबार भने रु ३७ करोड ३७ लाख ५१ हजार बराबरको नौ लाख २० हजार तीन सय ९९ कित्ता शेयर मात्रै किनबेच भयो । मङ्गलबार रु चार अर्ब चार करोड ५२ लाख ८२ हजार सात सय ५४ बराबरको एक करोड चार लाख दुई हजार नौ सय ४० कित्ता सेयर कारोबार भएको छ । त्यसैगरी, बुधबार रु तीन अर्ब ४२ करोड २४ लाख ८४ हजार बराबरको ८५ लाख २८ हजार दुई सय ५५ कित्ता र बिहीबार रु दुई अर्ब ५८ करोड ७३ लाख १६ हजार बराबरको ६३ लाख ७२ हजार चार सय ५२ कित्ता शेयर खरिद बिक्री भएको छ । बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण रु ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार तीन सय ९४ बराबर कायम भएको छ । रासस
सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, भाग्यमानी २६ जनाले पाए ५१ कित्ता
काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आईपीओ बाँडफाँट सम्पन्न भएको जानकारी दिएको छ । कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ९ लाख ५८ हजार ९५९ आवेदन सदर भएको छ भने१ हजार ३४२ आवेदन रद्द भएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँट गरिएको थियो । जस अनुसार ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । बाँकी रहेको २६ जना लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ५१ कित्ता सेयर प्राप्त गरेका छन् ।