सेयर बजार साढे ६१ अंकले बढ्यो, कारोबार १५ अर्ब २३ करोडमाथि

<p>काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.६१ अकंले बढेर २४८५.९४ बिन्दुमा अडिएको छ । यस दिन ३ सय १५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै सोल्टी होटल्सको [&hellip;]</p>

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.६१ अकंले बढेर २४८५.९४ बिन्दुमा अडिएको छ ।

यस दिन ३ सय १५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा धेरै सोल्टी होटल्सको सेयर कारोबार भएको छ । सोल्टीको ३४ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको हो । हिमालयन रिइन्स्योरेन्सको ३० करोड ६७ लाख र कुमारी बैंकको २७ करोड रुपैयाँमाथि सेयर कारोबार भएको छ ।

यस दिन सबैभन्दा धेरै यूनाइटेड मोदी र समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

हिमालयन बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्तका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

आइतबार सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

Share News