५६ सय बढ्यो युनिलिभरको नेपालको सेयर, साढे ५२ हजार रुपैयाँ सेयर मूल्य

<p>काठमाडौं । युनिलिभरको नेपालको सेयर मूल्य ५ हजार ६ सय रुपैयाँले बढेको छ । पछिल्लो समय निरन्तर उकालो लागेको बजारमा यस कम्पनीको सेयर मूल्य दुई दिनमा ५ हजार ६ सय रुपैयाँ बढेर ५२ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघि मंगलबार कम्पनीको सेयर मूल्य ४६ हजार ९ सय रुपैयाँ थियो । बुधबार र बिहीबार [&hellip;]</p>

काठमाडौं । युनिलिभरको नेपालको सेयर मूल्य ५ हजार ६ सय रुपैयाँले बढेको छ । पछिल्लो समय निरन्तर उकालो लागेको बजारमा यस कम्पनीको सेयर मूल्य दुई दिनमा ५ हजार ६ सय रुपैयाँ बढेर ५२ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यसअघि मंगलबार कम्पनीको सेयर मूल्य ४६ हजार ९ सय रुपैयाँ थियो । बुधबार र बिहीबार कम्पनीको सेयर मूल्य निरन्तर बढेर उचाईमा पुगेको हो । बिहीबार कम्पनीको ३११ कित्ता सेयर ३० पटक खरिदबिक्री हुँदा १ करोड ५५ लाख २ हजार ८९५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Share News