काठमाडौं । शुक्रबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार १९६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
शुक्रबार ३४५ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ । कुमारीको ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै लक्ष्मी सनराइज बैंकको २७ करोड, ग्लोबल आइएमई बैंकको २३ करोड, लिबर्टी इनर्जीको २२ करोड र सिद्धार्थ बैंकको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज स्नो रिभरको सेयर मूल्य १३.६६ प्रतिशतले बढेको छ ।
नेप्सेमा अधिकांश उपसूचक हरियाली भएका छन् । बैंकिङ, जलविद्युत, जीवन बीमा, माइक्रोफाइनान्सलगायतका समूहमा वृद्धि हुँदा फाइनान्स र अन्य समूह भने घटेका छन् ।
आज बैंकिङ उपसूचक सबैभन्दा धेरै १.५९ प्रतिशतले बढेर १,५११.१६ बिन्दुमा पुगेको छ । जीवन बीमा समूह १.५२ प्रतिशतले बढ्दै ११,९४८.६१ बिन्दुमा पुगेको छ ।
यस्तै, जलविद्युत समूह ०.८५ प्रतिशत, ट्रेडिङ समूह ०.८५ प्रतिशत, माइक्रोफाइनान्स ०.७५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५५ प्रतिशत, निर्जीवन बीमा ०.४८ प्रतिशत, विकास बैंक ०.४० प्रतिशत, होटल तथा पर्यटन ०.३३ प्रतिशत, म्युचुअल फन्ड ०.१९ प्रतिशत र लगानी समूह ०.१० प्रतिशत ले बढेका छन् ।
यता, फाइनान्स समूह ०.०२ प्रतिशतले घटेर २,२६७.५३ बिन्दुमा झरेको छ । अन्य समूह पनि ०.११ प्रतिशतले घट्दै १,८३५.६५ बिन्दुमा कायम भएको छ ।