स्ट्याण्डर्ड चाटर्ड बैंकलाई एफपीओ निष्कासन गर्न बोर्डको अनुमति, प्रतिकित्ता मूल्य १२९० रुपैयाँ

काठमाडौं, १४ पुस । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाललाई फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले सोमबार २५ लाख ५८ हजार १४० कित्ता एफपिओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता १ हजार २ सय ४० रुपैयाँमा एफपिओ निष्कासन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८७० रुपैयाँ रहेको छ । बैंकले गत माघ १२ गते एफपीओ निष्कासनको लागि बोर्डसँग अनुमति मागेको थियो ।

सेयर बजारमा तीव्र उतारचढाव, परिसूचक २६ अंकले उक्लियो, ५० करोडको सेयर कारोबार

काठमाडौं । सोमबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । २ बजेसम्मकोे कारोबारमा निरन्तर ओरालो लागिरहेको परिसूचक त्यसपछिको कारोबारमा भने दोहोरो अंकले उकालो लागेको छ । सोही दिन करिब ३२ अंकले घटिरहेको परिसूचक बजार बन्द हुँदा भने २६ दशमलब ४८ अंकले बढेको छ । नेप्से दोहोरो अंकले बढेर १२७८ दशमलब ९८ अंकमा पुगेको छ । आइतबारको तुलनामा कारोबार रकममा सामान्य वृद्धि भएको छ । आतबार ४९ करोडको कारोबार भएको बजारमा सोमबार ५० करोडको सेयर कारोबार भएको छ । सो दिन १३८ कम्पनीको १३ लाख कित्ता सेयर किनबेच भएको हो । बजारमा सबैभन्दा बढी स्वावलम्बन विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १०८९ रुपैयाँ रहेको छ । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन बीमा समूहको परिसूचक १९२ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, बैंकिङ् र अन्य समूहको परिसूचक क्रमशः ३३, ३० र १५ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक १४ अंकले ओरालो लागेका छन् ।

जनता बैंक नेपालको १२ प्रतिशत लाभांश पास, त्रिवेणी बिकास बैकसँग मर्जमा जाने

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको सञ्चालक समितिले प्रस्ताव गरेको १२ दशमलब ६३ प्रतिशत लाभांश पारित भएको छ । बैंकले सेयरधनीहरुलाई रकमका आधारमा २६ करोड २ लाख रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त बैंकको प्रस्तावलाई आइतबार सम्पन्न बैंकको सातौं वार्षिक साधारणसभाले पास गरेको हो । साथै,सभाले बैंकको सञ्चालक समितिको सातौं बार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित मिति २०७३ आषाढ मसान्तको वासलात तथा आर्थिक बर्ष २०७२/०७३ को नाफा नोक्सानहिसाब र सोही अवधिको नाफा- नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरू पारित गरेको छ । त्यस्तै, साधारण सभाले जनता बैक नेपाल लिमिटेडमा त्रिवेणी बिकास बैक लिमिटेडलाई गाभ्ने (मर्जर)प्रस्ताव समेत सर्वसम्मतिबाट पारित गरेको छ । साथै, मर्जर पश्चात कायम हुन आउने बैंकको चुक्ता पूँजीको ६० प्रतिशत (अर्थात १०कित्ता शेयर बराबर ६कित्ता) हकप्रद शेयर जारी गरी गर्ने भएको छ । सभाले आर्थिक वर्ष २०७३/७४को बैंकको हरहिसाबको लेखापरीक्षण गर्नको लागिबेकर टिलि देव एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्स (सि.ए. उमेश ढकाल, पार्टनर) लाई पुनःनियुक्त गरेको छ । बैंकले यही माघ मसान्त सम्ममा २६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ४७ करोड कर्जा परिचालन गरेको छ । सोही अवधिमा बैंकले १९करोड ४ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । हाल बैंकले ४१ वटा शाखाहरु, ३३ वटा ए.टि.एम., १९ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्गमार्फत ग्राहकवर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।