३५ अर्बको बोनस सेयर सूचिकृत, हकप्रद सेयर १८ अर्ब

काठमाडौं । आर्थिक वर्ष २०७४ जेठ मसान्तसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा ३५ अर्ब ९ करोड रुपैयाँ बराबरको बोनस शेयर सूचिकृत भएको छ । जुन रकम धितोपत्र सूचिकृत मध्ये सबैभन्दा बढी हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको एघार महिनामा कुल १२१ अर्ब ८५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । त्यसमध्ये १८ अर्ब ८४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको साधारण शेयर नेप्सेमा थिपिएका छन् । त्यस्तै, सोही अवधिमा ६२ अर्ब बराबरको सरकारी ऋणपत्र र १ अर्ब २५ करोड बराबरको म्युच्युअल फण्ड गरी सो मात्राको धितोपत्र सूचीकृत भएका छन् । २०७४ जेठ मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ । जुन संख्या अघिल्लो वर्षको भन्दा १८ संख्या कम हाे। २०७३ जेठ मसान्तमा (अघिल्लो वर्ष) सूचीकृत कम्पनीहरूको संख्या २३० रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको राष्ट्र बैंकले जनाएको छ । सूचीकृत कम्पनीहरूमध्ये १६९ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १४ वटा जलविद्युत् कम्पनी, ४र४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरूको चुक्ता पूँजी वार्षिक विन्दुगत आधारमा ४४.४ प्रतिशतले वृद्धि भएको छ । चुक्ता पूँजी सो मात्राले वृद्धि भई गत आर्थिक वर्षको एघार माहिनामा २८३ अर्ब १६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

आरएसडिसी लघुवित्तलाई २०० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आरएसडिसी लघुवित्त वित्तिय संस्थालाई २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई २३ करोड रुपैयाँ बराबरको २३ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

बिहीबारको सेयर बजारमा उतारचढाव, नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट

काठमाडौं । बिहीबारको सेयर बजारमा उतारचढाव आएको छ । कारोबार खुल्दा १६३७ अंकमा रहेको परिसूचक करिब साँढे एक घण्टामा १६४० अंकमा पुगेको थियो । त्यसपछि घट्दै बढ्दै करिब २ बजे १६३३ अंकमा पुगेको थियो । अन्त्यमा बजार बन्द हुँदा नेप्से १६३५ अंकमा पुगेको छ । समग्रमा: बिहीबारको नेप्से परिसूचक बुधबारको तुलनामा एक दशमलब ५२ अंकले घटेर १६३५ अंकमा पुगेको छ । बिहीबार नेप्से परिसूचकसँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । बुधबार एक अर्ब १८ करोड रुपैयाँको कारोबार भएको सेयर बजारमा बिहीबार जम्मा ९६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा करिब २२ करोड रुपैयाँ घटि हो । बिहीबार १५५ कम्पनीको १७ लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा चार समूहको परिसूचक हरिया भएका छन् भने बाँकी चार समूहको परिसूचक रात्ताम्मे भएका छन् । होटल, हाइड्रोपावर, बैंकिङ र विकास बैंक समूहको परिसूचक क्रमशः १६, ११, ५ र ३ अंकले ओरालो लागेका छन् । त्यस्तै, बीमा, उत्पादनमूलक, फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ७७, १३, १ र ०.५८ अंकले उकालो लागेका छन् ।