त्रिभेणी विकास बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, कात्तिक १ गते बुक क्लोज
काठमाडौं, ९ असोज । त्रिभेणी विकास बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । बैंकले सो प्रयोजनको लागि आगामी कात्तिक १ गते कम्पनीको सेयर कारोबार बन्द गर्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी ८२ करोड रुपैयाँ रहेको छ । आइतबार बैंकको सेयर करिब ५१५ भन्दा बढी रुपैयाँमा किनबेच भइ रहेको छ ।
सहारा विकास बैंकमा साढे तीन करोडको लगानी अवसर, ३ लाख ५४ हजार कित्ता हकप्रद शेयर निष्कासन
काठमाडौं ९, असोज । सहारा विकास बैंक लिमिटेडले प्रतिकित्ता एक सय रुपैयाँ अंकित ३ लाख ५४ हजार कित्ता हकप्रद शेयरको निष्काशन खुला गर्ने भएको छ । यो बैंकले यही असोज १४ गतेदेखि पाँचदिनका लागि हकप्रद शेयरको निष्काशन गर्ने भएको छ । बैैंकले एक कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको हमप्रद शेयर निष्काशनको सूचना सार्वजनिक गरेको हो । विकास बैंकको विद्यमान दुई करोड ३६ लाख चुक्ता पूँजीमा एक शेयर बराबार १.५ को अनुपातमा एक सय रुपैयाँ अंकित्त ३ लाख ५४ हजार कित्ता शेरको हकप्रद निष्काशन गरेको बैंकले जानकारी दिएको छ । यो शेयरमा एक सयका दरले साढे तीन करोड रुपैयाँ लगानी हुने भएको छ । यो बैंकको शेयर नेपाल स्टक एक्सचेन्जमा भदौ २१ गतेसम्ममा कारोबार भएको साविकका शेयरधनिको लागि निष्काशन गरेको पनि बैंकले जानकारी दिएको छ । सर्लाहिमा केन्द्रिय कार्यालय रहेको यो बैंकको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड हो । यो बैंकको प्रति शेयर १२ सय ७९ रुपैयाँमा बजारमा कारोबार भइरहेको छ । यो बैंकको २ लाख ३६ हजार कित्ता शेयर नेपाल स्टक एक्जेन्जमा सूचिकृत भैसकेको छ । यो शेयर अनुसार बैंकको पूँजी ३० करोड १८ लाख ४४ हजार रुपैयाँ रहेको छ ।
किसान माइक्रोफाइनान्सले ६१ प्रतिशत बोनस र ३९ प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं, ४ असोज । किसान माइक्रोफाइनान्स वित्तिय संस्थाले सेयरधनीलाई ६१ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि फाइनान्सले ३ दशमलब २१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । त्यसका साथै कम्पनीले ३९ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय लिएको छ । उक्त निर्णय सोमबार बसेको ७४औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी २ करोड रुपैयाँ रहेको छ भने बोनस सेयर पश्चात बैंकको पूँजी ३ करोड २२ लाख रुपैयाँ पुग्ने छ । मंगलबार फाइनान्सको प्रतिकित्ता सेयर ४ हजार ५३ रुपैयाँमा कारोबार भइरहेको छ ।