एनसीसी बैंकको एक्सटेन्सन काउन्टर रुपन्देहीमा पनि

काठमाडौं, २७ भदौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले रुपन्देहीमा रहेको युनिभर्सल मेडिकल कलेजको परिसरमा एक्स्टेन्सन काउन्टर संचालन गरेको छ । उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन सोमबार यस बैंकका व्यवस्थापन समितिका संयोजक लक्ष्मी प्रपन्न निरौला तथा कलेजका अध्यक्ष रमेश शर्माद्वारा संयुक्त रुपमा गरिएको छ । सो काउन्टरबाट नगद जम्मा, नगद भुक्तानी तथा विपे्रषण सेवा उपलब्ध गराइनेछ । यस काउन्टरबाट उक्त कलेजमा अध्यनरत विद्यार्थी, शिक्षक, कर्मचारीहरु लाभन्वित हुने बैंकले जनाएको छ । यस बैंकले २०७३ आषाढ मसान्त सम्ममा निक्षेप परिचालन ३० अर्ब ३६ करोड रुपैयाँ तथा २४ अर्ब ८९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकले सो अवधिसम्ममा ७० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साथै यस बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउन ४ वटा राष्ट्रिय स्तरको विकास बैंकहरुसँग गाभ्ने/गाभिने प्रक्रियाको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएको छ । उक्त गाभ्ने/गाभिने प्रक्रिया सम्पन्न भए पश्चात एनसीसी बैंकको शाखा ९६ वटा पुग्ने बैंकले जनाएको छ ।

जलविद्युत्को सेयर हाल्न जग्गा किन्नेको भीड, मध्य तमोरको सेयरप्रतिको आकर्षण

ताप्लेजुङ २७ भदौ । मध्य तमोर जलविद्युत् आयोजनामा सेयर हाल्नका लागि जग्गा किन्नेले जिल्ला मालपोत कार्यालयमा भीड बढेका छन् । आगामी पुसदेखि ७५ मेगावाटको मध्य तमोरको काम सुरु हुनेछ । गत साउदेखि भदौ १५ सम्ममा मात्रै ५९९ कित्ता जग्गा रजिस्टेशन भएका छन् । गत वर्ष यो अवधिमा २३९ वटा मात्रै भएका थिए । खोक्लिङ गाविसमा मात्रै ३२४ कित्ता जग्गा रिजिस्टेशन भएको छ । मालपोत अधिकृत कृष्णप्रसाद गौतमले भने । यो गाविस अति प्रभावित भएकोले यहाँको जग्गाको खरिद विक्री अधिक भएको हो । यो गाविसपछि हाङदेवा गाविसमा ११ कित्ता किनबेच भएको कार्यालयले जानकार दिएको छ । खोक्लिङ, हाङदेवा, सावदिन, र फुरुम्बु अति प्रभावित गाविसमा पर्छन । आगामी पुसदेखि यो जलविद्युत आयोजनको पूर्वाधारको काम सुरु हुने भएको छ । काम सुरु हुनु अगाडि नै जग्गा खरिद गरेर आफ्नो स्वामित्व खोज्न स्थानिय लागि परेका हुन ।

सानिमा बैंकले एक लाख ६८ हजार कित्ता हकप्रद सेयर बोलकबोलमा बेच्दै

काठमाडौं, २६ भदौ । सानिमा बैंकले एक लाख ६८ हजार ५ सय ३१ कित्ता हकप्रद सेयर बोलकबोलमा बेच्ने भएको छ । बैंकले असार १२ गतेदेखि साउन १६ गतेसम्म २ बराबर एकको अनुपातमा निष्काशन गरेर गर्दा नबिकेको सेयर बोलकबोलमा बेच्न लागेको हो । सानिमाले एक करोड ५३ लाख एक हजार ४ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । साधारण सेयरधनीका लागि निष्कशित सेयर मध्ये एक लाख ६८ हजार ५ सय ३१ कित्ता सेयर भने बिकेको थिएन् । बैंकले एक सय रुपैंयाँ मूल्य अंकित हकप्रद सेयरका लागि देशभरका आफ्ना शाखा कार्यालय र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयलाई आवेदन संकलन केन्द्रका रुपमा तोकेको थियो । बैंकले बोलकबोलमा हकप्रद सेयर खरिद गर्न चाहनेहरुले असोज ९ गतेदेखि असोज १६ गतेसम्म सानिमा क्यापिटलमा आवेदन दिन सक्ने जनाएको छ ।