ज्योति विकास बैंकको शत प्रशित हकप्रद निष्कासत, १ करोड कित्ता हकप्रदको विक्री बैशाख २८ देखि
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १ सय रुपैयाँ अंकित १ करोड १० लाख ४३ हजार १७१ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले शत् प्रतिशतका दरले हकप्रद निष्कासन गरेको हो । यो बैंकको १ करोढ १० लाख को चुक्ता पूँजीमा सोही रकम थप गर्ने उद्देश्यले हकप्रद निष्कासन गरेको हो । बैंकले एक सेयर हुनेलाई नयाँ एक सेयर (१ः१) को अनुपातमा सेयर दिने भएको छ । यो बैंकको सेयर खरिद गर्न यही वैशाख १३ गतेसम्म खरिद गरेका लगानीकर्ताको लागि भएको बैंकले जानकारी दिएको छ । यसको सेयर विक्री यही बैशाख २८ गतेबाट जेट ३१ गतेसम्म हुने छ । यसको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो । यसको सेयर हाल बजारमा ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।
कुमारी बैंकको हकप्रद किन्ने आज अन्तिम दिन
काठमाडौं । कुमारी बैंक लिमिटेडको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम दिन हो । यो बैंकले गत फागुन १९ गतेसम्म सेयर खरीद गरेका लगानीकर्ताको लागि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । यो शेयर निष्कासनको आज अन्तिम दिन भएकोले बैंकले तोकिएको शाखाबाट बैंकिङ सयम भित्रै हकप्रद खरिदको निम्ति आवदेन दिन आग्रह गरेको छ । यो बैंकले १ सय रुपैयाँ अंकित दरका १ करोड ३४ लाख कित्ता सेयरको हकप्रद निष्कासन गरेको छ । यसको आवेदन कुमारी बैंकका शाखाहरु वा सिद्धार्थ क्यापिटलबाट दिन सकिने छ ।
बैंक तथा बीमाको पुँजी बृद्धिले २४ अर्बको बोनस सेयर आउँदै
काठमाडौ । चालू आर्थिक वर्षको वैशाख ५ गतेसम्म नेप्सेमा सूचीकृत कम्पनीले २३ अर्ब ८१ करोड ८० रुपैयाँ बराबरको बोनस सेयर दिने भएका छन् । २४ करोड २९ लाख १९ हजार पाँच सय ४२ कित्ता बोनस सेयर लगानी कर्तालाई प्रदान गर्न एक सय ३० वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा दर्ता गराएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो । कम्पनीहरूले आफूले आर्जन गरेको खुद नाफाबाट प्रत्येक वर्ष सेयरधनीलाई निश्चित प्रतिशत लाभांश बाँढ्ने गर्छन् । कम्पनीले बोनस सेयर वितरण गर्दा नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा दर्ता गराउनुपर्ने प्रावधान छ । नगद लाभांश भने दर्ता गराउनुपर्दैन ।नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाले बोनस र हकप्रद सेयरलाई बढी प्राथमिकतामा राखेर कार्ययोजना बनाइरहेका छन् । कतिपय कम्पनीले ठूलो मात्रामा एफपीओको माध्यमबाट पनि चुक्ता पुँजी बढाउने योजना बनाएका छन् । राष्ट्र बैंकले चालू आवको अन्त्यसम्म ‘कु वर्गका वाणिज्य बैंकलाई आठ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउन अनिवार्य भएकाले आकर्षक बोनस दिने क्रम जारी छ । बार्डको तथ्यांकअनुसार सबैभन्दा बढी नेपाल इन्भेस्टमेन्ट बैंकलले एक अर्ब ४९ करोड १४ लाख दुई हजार सात सय रुपैयाँ बराबरको १४ करोड ९१ लाख चार हजार २७ कित्ता बोनस सेयर दर्ता गराएको छ । समग्रमा सबैभन्दा बढी रकमको बोनस सेयर दर्ता गराउनेमा नेपाल इन्भेस्टमेन्ट बैंक परेको छ । इन्भेस्टमेन्टले गत वर्षको कमाइबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस दिएको हो । यस्तै, धेरै रकमको बोनस सेयर दर्ता गराउनेमा सिद्धार्थ बैंक दोस्रो स्थानमा छ । सिद्धार्थ बैंकले एक अर्ब ४७ करोड ३२ लाख ६२ हजार रुपैयाँ बराबरको एक करोड ४७ लाख ३२ हजार ६ सय कित्ता बोनस सेयर धितोपत्र बोर्डमा दर्ता गराएको हो । सिद्धार्थले ३९ प्रतिशत बोनस सेयर दर्ता गराएको छ । प्रतिशतका आधारमा गत वर्ष वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै बोनस पनि सिद्धार्थले नै दिएको हो । नबिल बैंकले पनि एक अर्ब ४२ करोड ८९ लाख ३७ हजार रुपैयाँको एक करोड ४२ लाख ८९ हजार तीन सय ७४ कित्ता बोनस सेयर दर्ता गरेको छ । यस्तै, सनराइज बैंकले एक अर्ब ३२ करोड ५३ लाख ४८ हजार आठ सय रुपैयाँको एक करोड ३२ लाख ५३ हजार चार सय ४८ कित्ता बोनस सेयर दर्ता गराएको छ । नबिलले ३० र सनराइजले ३३।३३ प्रतिशत बोनस सेयर दर्ता गराएका हुन् । एनआईसी एसियाले एक अर्ब २० करोड आठ लाख ८० मूल्य बराबरको एक करोड २० लाख आठ हजार कित्ता बोनस सेयर निष्कासन गर्न लागेको हो । बैंकले २६ प्रतिशत बोनस सेयर दिने भएको छ । अन्नपूर्ण पोस्टबाट ।