त्रिवेणी विकास बैंकको ४१ लाख कित्ता हकप्रद सेयरका लागि आवेदन खुल्ला

काठमाडौं, २३ कात्तिक । त्रिवेणी विकास बैंकले दुई बराबर एक अनुपातमा हकप्रद सेयरका लागि आवेदन खुलाएको छ । बैंकले चुक्ता पुँजी वृद्धि गर्ने योजना अनुसार ४१ करोड ७६ सय मुल्य बराबरको ४१ लाख ७६ कित्ता हकप्रद सेयर जारी गरेको हो । एक सय रुपैंयाँ सो मात्राको हकप्रद सेयरका लागि बैंकले कात्तिक २३ गतेदेखि मंसिर २७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । त्रिवेणीको चुक्ता पुँजी ८२ करोड १५ हजार २८४ रुपैयाँ रहेको छ । त्रिवेणीले एस क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

सेती फाइनान्सको साढे नौ लाख कित्ता हकप्रद सेयर, मंसिर १ देखि आवेदन दिन पाइने

काठमाडौं १२, कात्तिक । सेती फाइनान्स लिमिटेडले नौ लाख ५१ हजार ७८६ कित्ता हकप्रद साधारण सेयरको निष्कासन गरेको छ । प्रति साधारण सेयर सय रुपैयाँ अंकित दरका लागि निष्कासन यो शेयर १ दशमलव पाँच साधारण सेयर बराबार एक हकप्रद हो । फाइनान्सले एक शेयर बराबार एक दशमलव पाँच अर्थातमा १ः १.५ को अनुपातमा हकप्रद निष्कासनको आवेदन गरेको हो । यो वित्तीय संस्थाको हाल कामय चुक्ता पूँजी ६ करोड ३४ लाख ३४ लाख रुपैयाँको साढे नौ लाखको हकप्रद जारी गरेको हो । पुस ५ गतेसम्म आवेदन गर्न पाइने यो वित्तीय संस्थाको सेयर निष्कासन था विक्री प्रवन्धक एनआईबीएल क्यापीटल हो । यसको हकप्रद सेयरको लागि नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्ग र कुमारी बैंक लिमिटेड पुतलीसडकबाट आवेदन दिन पाइने छ ।

सिद्धार्थ बैंकको ४ बराबर एक कित्ता हकप्रद सेयर आजबाट निष्काशन

काठमाडौं, ११ कात्तिक । सिद्धार्थ बैंक लिमिटेडको ४ कित्ता बराबर एक कित्ता अनुपातको हकप्रद सेयर कात्तिक ११ अर्थात आजबाट निष्काशन भएको छ । बैंकले लक्ष्मी क्यापिटल मार्फत हकप्रद सेयर निष्काशन गरेको हो । सिद्धार्थ बैंकका देशैभरका शाखा कार्यालय तथा सिद्धार्थ क्यापिटल र लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वरबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ । मंसिर १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । हुलाक मार्फत ड्राफ्ट गरेर पठाइएको आवेदन भने ७ दिनपछिसम्म बाँडफाँटमा समावेश गरिनेछ । तीन अर्ब २२ करोड चुक्ता पुँजी रहेको बैंकले ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।