पाँच वर्षसम्म सेयरधनी लाभांस लिन नआए उनीहरुले पाउने रकम लगानीकर्ता संरक्षण कोषमा जाने

काठमाडौँ । कुनै पनि कम्पनीमा पाँच वर्षसम्म लाभांस लिन सेयरधनी लगानीकर्ता नआए उनीहरुको पाउने रकम कम्पनी रजिष्टार्डको कार्यालय अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएको छ । कम्पनी राजिष्टारको कार्यालयले विहिबार सर्वाजनिक सुचना प्रकाशित गरी नेप्सेमा सुचिकृत कम्पनीहरुलाई सो व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको छ । लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधी २०७३ पारित भइ उक्त कोष स्थापना भएको हो । यसअघि पाँचवर्ष सम्म सेयरधनीले लाभांस नलिएमा कम्पनीले राख्ने गरेको थियो । अव भने कम्पनी रजिष्ट्रारको कार्यालय अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने छ । नेप्सेमा सूचिकृत सबै कम्पनीले कुनै लगानीकर्ताले पाँच बर्षभन्दा बढि समयदेखि लाभांश नलिएको भए एक महिनाभित्र कोषमा जम्मा गर्नुपर्नेछ । कोहि लगानीकर्ताले कम्पनीको सेयर हाल्दा फिर्ता भएको रकम समेत पाँच बर्षसम्म लिन नआएको भए कोषमा जम्मा गर्नुपर्ने जनाइएको छ ।

साताको अन्तिम दिन नेप्से ह्वात्तै ओरालो, एभरेष्ट बैंकको ५१ करोडको कारोबार

काठमाडौं । साताको अन्तिदिन ठूला लगानीकर्ताहरुले सेयर बेच्न थालेपछि बजार राताम्मे बनेको छ । एभरेष्ट बैंक र नेशनल लाईफ इन्सुरेन्सले घोषणा गरेको आकर्षक बोनस तथा हकप्रद सेयरका कारण लगानीकर्ताहरु ति कम्पनीहरुतर्फ ओइरिएको मौका छोपी ठूला लगानीकर्ताहरुले आफूसँग भएको सेयर बेच्दा बजार ह्वात्तै ओरालो लागेको बजार विश्लेषकहरु बताउछन्  । विहिबार नेप्से परिसुचक ४० दशमलव ८२ अंकले घटेको छ भने सवै उपसुचकहरु पनि घटेका छन् । बैकिङ ४० दशमलव ९६ अंकले, होटल ५३ दशमलव ४४ अंकले, विकास बैंक ४१ दशमलव ६ जलविद्युत ६० २६ अंकले, फाइनान्स १२ दशमलव ५९ अंकले, विमा २४१ दशमलव ९५ र अन्य १० दशमलव ७ अंकले ओरालो लागेको छ । यसदिन पनि सवैभन्दा बढी एभरेष्ट बैंककै कारोबार भएको छ ।   विहिबार एभरेष्ट बैंंकको ५१ करोड ७० लाख बराबरको सेयर किनवेच भएको छ । बोनस र हकप्रद सेयरको हल्लाले आइतबार देखिनै कारोबार बढेको एभरेष्ट बैंकको सेयर मूल्य समेत प्रतिशत सेयर १६६ रुपैयाँले घटेर तीन हजार ६२९ रुपैयाँ पुगेको छ। त्यस्तै नेसनल लाइफ इन्सुरेन्सको १२ लकरोड ५० लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ७ करोड बराबरको सेयर किनवेच भएको छ । यसदिन कमाउनेहरुमा रिडि हाइड्रो पावर डेभलपमेन्ट कम्पनी, सिद्धार्थ डेभलपमेन्ट बैंक, नमस्ते वित्तिइ संस्था लगायतका रहेका छन् भने गुमाउनेहरुमा महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्था, सिभिल बैंक लिमिटेड, नेपाल ग्रामिण विकास बैंक लिमिटेका लगानीकर्ताहरु रहेका छन् ।  दिनभर १३५ कम्पनीका एक अर्व ५० करोड बरबरको सेयर विक्रि भएको नेप्सेले जनाएको छ । कारोबार रकमका हिसाबाले तेस्रो दिन पनि यी दुई कम्पनी नै अग्रस्थानमा छन् ।

सिभिल बैंकको नाफा एक करोड ४५ लाख, खराव कर्जा ४ प्रतिशत भन्दा माथि

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ४५ लाख खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले ऋणको व्याज र किस्ताको लागि ३२ करोड ६४ लाख रुपैयाँ छुट्याएको छ । बैंकले कर्जा विस्तार गरेर मात्र २२ करोड ९७ लाख रुपैयाँ कमाएको छ । बैंकको खराव कर्जा ४ दशमलव १३ प्रतिशत पुगेको छ । गत वर्ष यहीअवधिमा बैंकको खराव कर्जा २ दशमलव ५४ प्रतिशत रहेको थियो । आइएलएफसीओ फाइनान्सलाई मर्ज गरेपछि बैंकको चुक्तापुँजी भने ३ अर्व ८ करोड रुपैयाँ पुगेको छ । बैकको प्रतिसेयर आम्दानी साढे एक रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११७ दशमलव ४५ रहेको छ । बैंकले गत वर्षमा ३३ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।