नेपाल इन्स्योरेन्सले ६५ प्रतिशत हकप्रद जारी गर्ने, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीको लागि ६५ प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ४० लाख १४ हजार ६५१ कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले हालै धितोपत्र बोर्डमा निवेदन दिएर ४० करोड १४ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने अनुमति मागेको हो । बोर्डको अनुमति पाए पश्चात इन्स्योरेन्सले ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत सो मात्राको हकप्रद निष्कासन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड ७६ लाख रुपैयाँ रहेको छ । ६५ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०३ रुपैयाँ रहेको छ ।
यूनिभर्सल पावरले ९६ करोड ६१ लाखको आईपीओ जारी गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । यूनिभर्सल पावर कम्पनीले ९६ करोड ६१ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीयबासिन्दा र सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँको दरले कुल ९६ लाख ६१ हजार ६१० कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले स्थानीयबासिन्दालाई २१ लाख ३५० कित्ता र सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता गरी साे मात्राकाे आईपीओ बिक्री गर्न लागेको हो । नेपाल धितोपत्र बोर्ड सो मात्राको सेयर निष्काशन गर्न कम्पनीलाई अनुमति दिइसकेको छ । कम्पनीकाे सेयर निष्कासन तथा बिक्री प्रवन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्ने भएको छ ।
हिमालयन पावर पार्टनरको पुस १२ र १३ गते बुक क्लोज
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको आगामी पुस १२ र १३ गते बुक क्लोज हुने भएको छ । संस्थाले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त दुई दिन सेयर दाखिला खारेज बन्द गर्न लागेको हो । संस्थाको आगामी वार्षिक साधारणसभा पुस २९ गते बस्दै छ । यो वर्ष संस्थाले बोनस, नगद लाभांश लगायत हकप्रद सेयर केही पनि नदिने भएको छ । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब ६ करोड रुपैयाँ रहेको छ । बिहीबार यस संस्थाको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँ बढेको छ । बुधबार प्रतिकित्ता १८४ रुपैयाँ रहेको संस्थाको सेयर मूल्य बिहीबार बढेर प्रतिकित्ता १८९ रुपैयाँ भएको छ ।