चन्द्रागिरि हिल्सले गर्याे १५ करोडको आईपीओ प्रस्ताव, ३० गते साधारणसभा
काठमाडौं । केवलकार सेवा सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । हिल्सले आफ्नो कुल चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५ करोड रुपैंया बराबरका १५ लाख कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव गर्लै साधारणसभा बोलाएको छ । चन्द्रागिरिको साधारणसभा यही पुस ३० गते बस्नेछ । साधारणसभाको लागि गत मंसिर १९ गतेको सञ्चालक समितिले नै निर्णय गरेको भए पनि करिब १ महिनापछि उक्त प्रस्ताव सार्वजनिक गरिएको हो । उक्त साधारणसभा उक्त दिन थानकोटस्थित चन्द्रागिरि हिल्सको कार्यालयमै बस्ने जनाइएको छ । सञ्चालक समितिको उक्त प्रस्ताव साधारणसभाले पारित गरे कम्पनीले आईपीओ निष्कासनकालागि धितोपत्र बोर्डमा अनुमतिका लागि निवेदन दिनेछ त्यसपछि आईपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
रातो झण्डा देखाएर बिदा गर्यो नेप्सेले २०१८ लाई, २०१९ मा के होला ?
काठमाडौं । काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्सेले सन् २०१८ को अन्तिम दिन जाँदाजाँदै १७.२६ अंकको गिरावट देखाएर गएको छ । वर्षको अन्तिम दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर १२०० अंक तल झरेको छ । तीव्र गिरावटपछि सरकारी सुधारका प्रयासका वावजुत नेप्ससे परिसूचकले यो गिरावटको सामना गरेको हो । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको बजारमा परिसूचक १७.२६ अंकले घटेर ११८७.२८ अंकमा अडिएको छ । दिनभर निरन्तर ओरालो लागेको सोमबारको बजारमा कुल ४५ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल १६८ कम्पनीको १२ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको छ । दोहोरो अंकले घटेको बजारमा निर्जीवन बीमा समूह तेहेरो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा निर्जीवन बीमा समूहको सूचक १६० अंकले घटेर ५६६६.७३ अंकमा झरेको छ । त्यस्तै, उत्पादनमूलक, हाइड्रोपावर र फाइनान्स समूह सामान्य अंकले बढेका छन् भने कारोबारमा आएका बाँकी समूह राताम्मे भएका छन् । बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ३ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसकोे सेयर मूल्य प्रतिकित्ता ११४१ रुपैयाँ रहेको छ । सो दिन सबैभन्दा बढी महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ८.२४ प्रतिशत गुमाएका छन् । त्यस्तै, पूर्णिमा विकास बैंकको सेयर मूल्य ७.१८ प्रतिशतले घटेको छ । दोहोरो अंकले घटेको बजारमा जेबिल्स फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक र कालिका पावर कम्पनीको सेयर मूल्य ४ प्रतिशत बढी अर्थात ५ प्रतिशत भन्दा कमले बढेको छ । २०१८ को पहिलो दिन अर्थात् २०७४ पुस १७ गते परिसूचक १३९०.५८ विन्दुबाट खुला भएको थियो । यो अंक पहिलो दिनको तुलनामा १४.६२ अंकको गिरावट हो । यसरी बजार घट्नुमा सरकार पपरिवर्तन र वर्तमान सरकारले लिएको नीतिलाई प्रमुख कारण मानिएको छ । शेयर बजारप्रति अनुदार मानिने अर्थ मन्त्रालय नेतृत्व बजारको वृद्धि र विकासप्रति सचेत हुनु र समग्र अर्थतन्त्रको अवस्था सुधार हुँदै जानुले आगामी बर्षहरुमा अर्थतन्त्रको ऐना मानिने शेयर बजार पनि सुधार हुनसक्ने अवस्था आउन सक्छ ।
मेगा बैंक सहित चार कम्पनीको सेयर मुल्य घट्यो, आज किन्नेले बोनस नपाउने
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न चार कम्पनीको सेयर मुल्य घटेको छ । सोमबार मात्रै मेगा बैंक, हिमालयन बैंक, पूर्णिमा विकास बैंक र माहुली सामुदायिक वित्तीय संस्थाको मूल्य घटेको हो । सो मध्ये मेगा बैंकको सेयर सोमबार प्रतिकित्ता १७५ रुपैयाँमा झरेको छ । जसको आइतबार प्रतिकित्ता १८२ रुपैयाँमा कारोबार बन्द भएको थियो । बोनस सेयरपछि नेप्सेले मूल्य समायोजन गरि यस बैंकको सेयर प्रतिकित्ता १८० रुपैयाँ तोकेको छ । बैंकको समायोजन मूल्यभन्दा ७ रुपैयाँ घटेर शुरुको कारोबार भएको छ । त्यस्तै, हिमालयन बैंकको पनि सोमबार सेयर मूल्य झरेर प्रतिकित्ता ४७७ रुपैयाँमा कारोबार छ । जुन अघिल्लो दिनको तुलनामा ३७ रुपैयाँले घटेको छ । आइतबार यस बैंकको सेयर प्रतिकित्ता ५१४ रुपैयाँमा कारोबार भएर बजार बन्द भएको थियो । सोमबार बैंकको सेयर मूल्य समायोजन भएको छ । ५ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको यस बैंकको सेयर मूल्य प्रतिकित्ता ४८९ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६७४ रुपैयाँ रहेको थियो । त्यसैगरी, पूर्णिमा विकास बैंकको पनि सोमबार मूल्य समायोजन भएको छ । ५ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको यस विकास बैंकको सेयर मूल्य प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको छ । सोमबारको बजारमा यस संस्थाको सेयर मूल्य स्थिर रहेको छ । आइतबार प्रतिकित्ता १६७ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ । माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको पनि २० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको छ । समायोजन पश्चात यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १२८३ रुपैयाँ रहेको छ । समायोजन पछि खुलेको पहिलो कारोबार यस संस्थाको सेयर मूल्य घटेको छ । आईतबार प्रतिकित्ता १२८३ रुपैयाँ कारोबार बन्द भएको यस लघुवित्तको सेयर मूल्य सोमबार प्रतिकित्ता १२३४ रुपैयाँसम्म झरेको छ । साथै, सोमबारबाट यी चारवटै कम्पनीले गत वर्षको नाफाबाट बोनस वितरणका लागि आजबाट बुक क्लोज गरेका छन् । आज सेयर किन्नले गत वर्षको नाफाबाट कम्पनीहरुले दिन लागेको बोनस सेयर पाउने छैनन् ।