आरम्भ माइक्रोफाइनान्सको ७० प्रतिशत हकप्रद पारित, सञ्चालकमा दुई जना नियुक्त
काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रस्तावित १० बराबर ७ को अनुपात अर्थात ७० प्रतिशत हकप्रद सेयर पारित भएको छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई मंगलबार(आज) सम्पन्न संस्थाको चौँथो वार्षिक साधारणसभाले पारित गरेको हो । सभाले पारित गरेबमोजिम संस्थाले चुक्ता पुँजीको ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ । संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको थियो । ७० प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी १० करोड २० लाख रुपैयाँ पुगेको छ । साथै, सभाले सर्वसाधारण सेयरधनी (समुह ‘ख’) को तर्फबाट २ जनालाई सर्वसम्मत रुपमा सञ्चालक पदमा नियुक्ति गरेको छ । संस्थाको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा सम्पन्न भएकोे उक्त सभाले आर्थिक वर्ष २०७५/०७६ का लागि लेखापरीक्षक समेत नियुक्त गरेको छ । संस्थाले गत २०७५ मंसीर मसान्तसम्ममा कार्यक्षेत्र रहेको १५ ओटै जिल्लाका विभिन्न स्थानमा २० वटा शाखा कार्यालयहरु मार्फत ग्राहकलाई लघुवित्त सेवा प्रदान गरिरहेकोे छ । जसमध्ये ७,८३० सदस्यले कर्जा लिई विभिन्न आयमुलक कार्यमा सहभागी भइ ऋणी सदस्य ५८.१६ प्रतिशत रहेको छ । लगानीमा रहीरहेको कर्जा रकमतर्फ करिब ३९ करोड ४३ लाख रुपैयाँ रहेको छ भने बाँकी बचत तथा कोषतर्फ करिब १२ करोड ६१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बचत तथा कर्जा अनुपात ३१.९८ प्रतिशत रहेको संस्थाले जनाएको छ ।
माथिल्लो तामाकोशीको साधारण शेयर सूचीकृत हुँदै, सात दिनभित्र दोस्रो बजारमा कारोबार हुने
काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको १० करोड ५९ लाख कित्ता शेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्जमा आवेदन दिएको छ । स्टकका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आवश्यक कागजातको अध्ययनपछि बढीमा सात दिनभित्र सो कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनेछ । स्टकका अनुसार १० अर्ब ५९ करोड बराबरको शेयर एकै पटक धितोपत्र बजारमा आउन लागेको हो । कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई एक अर्ब पाँच करोड र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । बिक्री भएका शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भइसकेको छ । दोलखावासी र आम सर्वसाधारणलाई क्रमशः १० र १५ प्रतिशत शेयर बिक्री गरेको हो । कम्पनीले केही वर्ष पहिले नै कर्मचारी सञ्चयकोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, सञ्चयकोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरेको थियो । कम्पनीमा ५१ संस्थापक र ४९ प्रतिशत साधारण शेयर रहेको छ । स्टकका प्रवक्ता पराजुलीले ‘धितोपत्र सूचीकरण नियमावली अनुसार’ कागजात अध्ययन गर्न एक महिना लाग्ने भएपनि सात दिनभित्र सूचीकरण गर्ने तयारी गरिएको छ । शुरुको कारोबार मूल्य के कति हुने भन्ने बारेमा भने स्टकले केही जानकारी दिएको छैन । शेयर बजारमा नेपाल टेलिकम पछिको ठूलो मात्राको शेयर सूचीकरण हुन लागेको हो । टेलिकमको कूल १५ करोड कित्ता शेयर सूचीकृत छ । रासस
कालिका लघुवित्तले ८ प्रतिशत बोनसपछि ७५ प्रतिशत हकप्रद जारी गर्ने, साधारणसभा कहिले ?
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, संस्थाले उक्त बोनस पश्चात कायम भएको चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने प्रस्ताव गरेको छ । संस्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । संस्थाको आगामी वार्षिक साधारणसभा माघ १९ गते बिहान ११ बजे स्याङ्गजाको भकुण्डेमा बस्दै छ । हाल संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी बढेर १० करोड ८० लाख रुपैयाँ नाघ्ने छ । त्यसपछि सोही पुँजीको ७५ प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने संस्थाको प्रस्ताव रहेको छ । त्यसपछि चुक्ता पुँजी बढेर १६ करोड रुपैयाँ नाघ्ने छ । साथैं, संस्थाले बोनस सेयरमा लाग्ने कर वापत ४ लाख २९ हजार रुपैयाँ लाभांश वितरण गर्ने जनाएको छ ।