बजार १० अंकले घट्दा २१ कम्पनीका लगानीकर्ताले कमाए, १४३ ले गुमाए

काठमाडौं । आइतबारको बजार १०.६८ अंकले घटेर ११६२.०९ अंकमा झरेको छ । दोहोरो अंकले घटेको सो दिनको बजारमा २१ कम्पनीका लगानीकर्ताले कमाएका छन् । पछिल्लो कारोबार अर्थात बिहीबारको तुलनामा आइतबार कारोबारमा आएका मध्ये २१ कम्पनीको सेयर मूल्यमा सामान्य सुधार देखिएको छ । सबैभन्दा बढी समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.७८ प्रतिशत कमाएका छन् । त्यस्तै, कन्काई विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ३.२५ र २.८८ प्रतिशतले बढेको छ । त्यसैगरी, सामुदायिक लघुवित्त वित्तीय संस्था, युनाईटेड फाइनान्स, आरएसडीसी लघुवित्त वित्तीय संस्था, प्राइम कमर्शियल बैंकको प्रमोटर सेयर र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य २ प्रतिशत भन्दा कम र शून्य प्रतिशतभन्दा बढीले उकालो लागेको छ । त्यस्तै, अन्य बाँकी १३ कम्पनीको सेयर मूल्य सामान्य अंकले बढेको छ । आइतबारको बजारमा कुल १६४ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये २१ कम्पनीको मूल्यमा सामान्य सुधार देखिएको छ भने बाँकी १४३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सबैभन्दा बढी छ्याङ्दी हाइड्रोपावरका लागानीकर्ताले ६.५४ प्रतिशत गुमाएका छन् । त्यस्तै, जनता बैंक नेपालको प्रमोटर सेयर मूल्य ६.४२ प्रतिशतले घटेको छ भने अन्य बाँकी कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा कम अर्थात सामान्य अंकले ओरालो लागेको छ । आइतबार कमाउने १० कम्पनीका साथै कारोबारमा आएका १० समूह दोहोरो अंकले घटेको बजारमा कारोबारमा आएका १० वटै समूह राताम्मे भएका छन् । सो मध्ये निर्जीवन बीमा समूह ९३ अंकले ओरालो लागेको छ । आइतबारको बजारमा कुल ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको ३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २६७ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंक, जनता बैंक नेपालको प्रमोटर सेयर, नागरिक लगानीकोष, एनआईसी एशिया बैंक र एनएमबी बैंकको करिब एक करोडको सेयर कारोबार भएको छ ।

साताको शेयर बजारः एक अर्ब ५४ करोडको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्ता शेयर कारोबार भएको छ । कारोवार मापक नेप्से परिसूचक साताभर ६.१४ बिन्दुले घटेर एक हजार १७२.७७ बिन्दुमा पुगेको छ । साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक आठ दशमलव ६० विन्दुले घटेर एक हजार १७९ दशमलव १७ बिन्दुमा झरेको थियो । उक्त दिन कूल १४३ कम्पनीका ११ लाख ५३ हजार ७३ कित्ता शेयर ३६ करोड ४५ लाख ३८ हजार ७३६ मूल्यमा खरीद बिक्री भए । यस्तै साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १०.८६ बिन्दुले घटेर एक हजार १६८.०६ बिन्दुमा झ¥यो । कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खरीद बिक्री भए । त्यस्तै साताको तेस्रो दिन कारोवार मापक नेप्से परिसूचक आज ०.७८ बिन्दुले बढेर एक हजार १६८.८३ बिन्दुमा पुग्यो । सो दिन कूल १५६ कम्पनीको १० लाख २४ हजार ६१५ कित्ता शेयर २९ करोड २२ लाख १४ हजार ३४५ मूल्यमा खरिद बिक्री भए । गत बुधबार कारोवार मापक नेप्से परिसूचक ४.१५ बिन्दुले बढेर एक हजार १७२.९८ बिन्दुमा पुग्यो । उक्त दिन कूल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता शेयर रु २४ करोड ७७ लाख ४३ हजार १५५ मूल्यमा खरीद बिक्री भए । यस्तै साताको अन्तिम दिन कारोवार मापक नेप्से परिसूचक ०।२ बिन्दुले घटेर एक हजार १७२.७८ बिन्दुमा पुगेर बजार बन्द भयो । सो दिन कूल १५८ कम्पनीको आठ लाख ७४ हजार ८४ कित्ता शेयर २६ करोड ८८ लाख ६५ हजार ८०९ मूल्यमा खरीद बिक्री भए ।

शेयर बजारमा सामान्य सुधार, २४ करोडको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर १ हजार १ सय ७२.९८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले बढेर २४८.७४ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता शेयर २४ करोड ७७ लाख ४३ हजार १५५ मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्यो भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ । उत्पादन ३१.६ र जीवन बीमा २७.३१ विन्दुले घट्दा बैंकिङ १.४९, व्यापार २.८७, होटल ०.२१, विकास बैंक ६.८६, जलविद्युत् ३१.४८, वित्त ०.७९, निर्जीवन बीमा ५८.०६, अन्य ३.३९ र लघुवित्त १२.९९ विन्दुले बढेका छन् । स्टकका अनुसार आज सानिमा इक्वीटी फण्ड, आँखु खोला जलविद्युत् कम्पनी, माथिल्लो तामाकोशी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । यस्तै जोशी हाइड्रो पावर, गुर्खाज फाइनान्स, पञ्चकन्या माइहाइड्रो पावर, तिनाउ डेभलपमेन्ट बैंक, यूनिलिभर नेपालका शेयरधनीले गुमाएका छन् ।