साताको शेयर बजारः ४४ लाख ६६ हजार कित्ता खरिद बिक्री, एक अर्ब २९ करोडको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा यस साता कूल १६८ कम्पनीको ४४ लाख ६६ हजार ५६८ कित्ता शेयर एक अर्ब २९ करोड ३६ लाख ४९ हजार ७३७ मूल्यमा खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक समेत यस साता सामान्य अङ्कले घटेको छ । साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झर्यो । स्टकका अनुसार सो दिन कूल १६३ कम्पनीको १० लाख ७९ हजार ५८० कित्ता शेयर ३० करोड ३० लाख ३६ हजार ८८८ मूल्यमा खरीद बिक्री भए । यस्तै साताको दोस्रो दिन कारोवार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर एक हजार १६४.८९ विन्दुमा पुग्यो । सो दिन कूल १६५ कम्पनीको आठ लाख ७१ हजार ८२८ कित्ता शेयर २२ करोड ४३ लाख १६ हजार ५२७ मा खरीद बिक्री भए । साताको तेस्रो दिन कारोवार मापक नेप्से परिसूचक ३.८९ विन्दुले घटेर एक हजार १६०।९९ विन्दुमा झ¥यो । सो दिन कूल १६३ कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता शेयर ३० करोड आठ लाख १४ हजार ३८७ मूल्यमा खरीद बिक्री भए । बुधबार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ४ विन्दुले घटेर एक हजार १६० दशमलव ५९ विन्दुमा कायम रह्यो । सो दिन कूल १६८ कम्पनीको पाँच लाख ७२ हजार ७७५ कित्ता शेयर १९ करोड २० लाख ९४ हजार ४९२ मूल्यमा खरीद बिक्री भए । यस्तै साताको अन्तिम दिन बिहिबार कूल १६८ कम्पनीको नौ लाख सात हजार ३१४ कित्ता शेयर रु २७ करोड ३३ लाख ८७ हजार ४४३ मूल्यमा खरिद बिक्री भयो । सो दिन नेप्से परिसूचक १.०४ विन्दुले बढेर एक हजार १६१.६३ विन्दुमा कायम भइ बजार बन्द भएको छ । रासस
सुरु भयो मार्जिन कारोबार, ब्रोकर र लगानीकर्ताले ब्याजदर तोक्न सक्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको बाटो खुला गरिदिएको छ । बोर्डले शुक्रबार परिपत्र जारी गर्दै मार्जिन कारोबारको बाटो खोलिदिएको हो । अब ब्रोकर कम्पनी र लगानीकर्ताबीचको सहमतिका आधारमा ब्याजदर तय गरेर मार्जिन कारोबार गर्न सकिनेछ । त्यस्तो मार्जिन कारोबारको ब्याजदरबारे बोर्ड र नेप्सेलाई जानकारी भने गराउनुपर्नेछ । बोर्डले नेप्सेलाई मार्जिन कारोबारबारे पर्याप्त प्रचार प्रसार गर्न पनि निर्देशन दिएको छ । साथै त्यस्तो कारोबारको सक्ष्म निगरानी गर्न पनि बोर्डले नेप्सेलाई निर्देशन दिएको छ । मार्जिन कारोबारको ब्याजदरमा अनावश्यक उताचढाव आएमा धितोपत्र बोर्डले आवश्यक हस्तक्षेप गर्न सक्ने व्यवस्था पनि बोर्डले गरेको छ । बोर्डले मार्जिन कारोबार सम्बन्धी आफ्नो निर्णयबारे नेपाल राष्ट्र बैंकलाई जानकारी समेत पठाएको छ । राष्ट्र बैंकको स्वीकृतिपछि मार्जिन कारोबार आरम्भ हुने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजलाई जानकारी दिए । ‘हामीले मार्जिन कारोबारको काम सम्पन्न गरेका छौं, राष्ट्र बैंकले स्वीकृति दिने वित्तिकै मार्जिन कारोबार आरम्भ हुन्छ’, बोर्डका प्रवक्ता गिरीले भने । उनले मार्जिन कारोबार आरम्भ भएपछि त्यसको नियमन र दिगोपनको चुनौती भने रहेको बताए । धितोपत्र बोर्डले २०७४ कात्तिक २० गते मार्जिन कारोवार सुविधा सम्वन्धी निर्देशन, २०७४ जारी गरेको थियो भने नेपाल स्टक एक्सचेञ्जले २०७५ बैशाख १०९ गते “मार्जिन कारोवार सुविधा सम्बन्धी कार्यविधि, २०७५” ल्याएको थियो ।
एसियाली सेयर बजारमा चीन-अमेरिका व्यापार वार्ताको प्रभाव, ‘पर्ख र हेर’मा लगानीकर्ता
सिङ्गापुर । व्यापारीहरूले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको नयाँ नीतिगत निर्णय र अमेरिका-चीन वार्तालाई पर्खिरहेका समय बुधबार एशियाली शेयर बजारमा मिश्रित प्रभाव देखिएको छ । जापानको शेयर बजारको लेखाजोखा राख्ने निक्के सुचकाङ्कमा २२५ अङ्क अर्थात् ०.५ प्रतिशतको कमी आई २० हजार ५५६ दशमलब ५४ अङ्क कायम भएको छ भने दक्षिण कोरियाली कोस्पीमा ०.९ प्रतिशतको वृद्धि भई २२ हजार तीन दशमलब १७ कायम भएको छ । हङकङको हाङसेङ सूचकाङ्कमा ०.१ प्रतिशत अङ्कले वृद्धिभई २७ हजार ५६४ दशमलब १९ अङ्क कायम भएको छ । साङघाइ कम्पोजिट सूचकाङ्कमा ०.२ प्रतिशतको ह्रास आउँदा २५ हजार ८९ दशमलब ७० अङ्क कायम भएको छ । अष्ट्रेलियाको एस एण्ड पी एएसएक्स २०० मा ०.२ प्रतिशत अङ्कले वृद्धि भई पाँच हजार ८८६ दशमलब ७० कायम भएको छ । ताइवानमा स्टक बजार स्थिर रहेको छ भने थाइल्याण्ड र इन्डिोनेसियामा वृद्धि देखिएको छ । रासस/एपी