सहारा विकास बैंकको ९ लाख कित्ता हकप्रद सूचिकृत
काठमाडौं । सहारा विकास बैंक लिमिटेडको ९ लाख ३ हजार ७२१ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । मंगलबार मात्रै बैंकको सो मात्राको सेयर नेप्सेमा थपिएको हो । हाल विकास बैंकको चुक्ता पुँजी ७ करोड २९ लाख रुपैयाँ र बजार पुँजीकरण ३३ करोड ५७ लाख रुपैयाँ रहेको
युनाइटेड हाइड्रोको आइपीओ निष्काशन हुँदै, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई नियुक्त
काठमाडौँ । युनाईटेड इदी–मर्दी एण्ड आर.बि. हाईड्रोपावर लि.ले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १० लाख ५० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । ग्लोबल आइएमई क्यापिटल लि.लाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । शेयर निष्कासन सम्बन्धी सम्झौता–पत्रमा युनाईटेड इदी–मर्दी एण्ड आर.बि. हाइड्रोपावर लि. को तर्फबाट कार्यकारी सञ्चालक सुनिलनारायण श्रेष्ठ र ग्लोबल आइएमई क्यापीटल लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् । कम्पनीले ७ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेछ । आयोजनाको ९० प्रतिशत कार्य सम्पन्न भैसकेको छ । साथै यही आव भित्र विद्युत उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ ।
हिमालय उर्जाले १४ करोड ८५ लाखको आईपीओ बिक्री गर्ने, पायाे बाेर्डकाे अनुमति
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले १४ करोड ८५ लाख रुपैयाँको आईपीओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार मात्र कम्पनीलाई सो मात्राको सेयर जारी गर्न अनुमति दिएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले सर्वसाधारलाई अंकित मूल्य १०० रुपैयाँको दरले एक लाख ४८ हजार ५०० कित्ता आईपीओ जारी गर्ने छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।