सानिमा लाईफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा जितु नेपाल र स्वस्तिमा खड्का

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लि.ले कम्पनीको ब्राण्ड एम्बेस्डरको रुपमा नेपालका चर्चित कलाकार जितु नेपाल र स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । कम्पनीले यी दुई कलाकारलाई आगामी दुई वर्षका लागी कम्पनीको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । सोमबार आयोजीत एक कार्यक्रममा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी र कलाकारबीच करार पत्रमा हस्ताक्षर भएको छ । उक्त करार बमोजिम कलाकारले कम्पनीको आफ्नो लक्षित जीवन बीमाको व्यावसायिक कारोबारको लागि प्रवध्र्रनात्मक विज्ञापनहरु, तथा अन्य कार्यक्रमहरु गर्नेछन् ।

विद्युत प्राधिकरणमा ७ जना उपकार्यकारी निर्देशकमा बढुवा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ७ जना निर्देशकलाई उपकार्यकारी निर्देशकमा बढुवा गरेको छ । विद्युत प्राधिकरणको बुधबारको सञ्चालक समिति बैठकले निर्देशकहरु लेखनाथ कोइराला, शान्तिलक्ष्मी शाक्य, जगदिश्वरमान सिंह, मोहनरत्न शाक्य, हरराज न्यौपाने, हितेन्द्र देव शाक्य र अनिलराज भण्डारीलाई बढुवा गरेको हो ।  

गरिमा विकास बैंकको सञ्चालकमा खड्का र ढकाल चयन

काठमाडौं । गरिमा विकास बैंकको नयाँ सञ्चालकमा डा. भुपेन्द्रबहादुर खड्का र सञ्जिब ढकाल चयन भएका छन् । बैंकको हालै सम्पन्न ११औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालकमा खड्का र ढकाललाई चयन गरेको छ । डा. भुपेन्द्रबहादुर खड्का                                                                                          सञ्जिब ढकाल खड्का र ढकाल दुबै जना सर्वसाधारण समूहबाट सञ्चालकमा निर्वाचित भएका हुन् ।