सिनर्जी पावरको सञ्चालकमा ६ जना निर्वाचित, अध्यक्षमा विष्णुराज अधिकारी
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको संस्थापक र सर्वसाधारण समूहबाट ६ जना सञ्चालक निर्वाचित भएका छन् । हालै सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी कुल ६ जना सञ्चालक निर्वाचन प्रक्रियाबाट निर्वाचित गरेको छ । साथै, मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितको बैठकले संस्थापक समूहको सञ्चालक विष्णुराज अधिकारीलाई अध्यक्षमा चयन गरेको छ । सोही बैठकले संस्थापक समूह कै सञ्चालक सुरेन्द्रबहादुर खड्कालाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । त्यस्तै, कम्पनीको संस्थापक समूहबाट अरुणसिंह बस्नेत र कल्याण विष्ट सञ्चालकमा निर्वाचित भएका छन् । त्यसैगरी, प्रकाश अधिकारी र गोपालप्रसाद आचार्य सर्वसाधारण समूहको तर्फबाट सञ्चालकमा निर्वाचित भएका छन् ।
इक्रा नेपालको प्रमुख कार्यकारी अधिकृतमा तुलसीराम गौतम नियुक्त
काठमाडौं । इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तुलसीराम गौतम नियुक्त भएका छन् । गौतमले गत मंगलबारदेखि नै सो कम्पनीको व्यवस्थापकीय नेतृत्व समालेका छन् । गौतम यसअघि माछापुच्छे बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । करिब ३० वर्ष बैकिङ क्षेत्रमा बिताएका गौतमसँग जोखिम विश्लेषण र कर्जा लगानीमा राम्रो दख्खल छ । इक्रा नेपालले नेपाली कम्पनीहरुको क्रेडिट रेटिङ गर्दै आएको छ । पछिल्लो समय पब्लिक कम्पनीहरुले साधारण सेयर तथा हकप्रद सेयर निष्काशन गर्दा, एफपीओ जारी गर्दा, ऋणपत्र जारी गर्दा वा म्यूच्यल फण्ड जारी गर्दा सम्बन्धित कम्पनीले अनिवार्य क्रेडिट रेटिङ गर्नु पर्ने नीतिगत व्यवस्था भएकाले यस कम्पनीको भूमिका निकै महत्वपूर्ण रहेको छ । २०१२ देखि सञ्चालनमा आएको इक्रा नेपालको मुख्य लगानीकर्ता भारतको इक्रा कम्पनी हो । हाल क्रेडिट रेटिङ गर्ने इक्रा नेपाल एउटा मात्र कम्पनी हो भने निकट भविष्यमा नयाँ कम्पनी खुल्दैछ ।
नबिल बैंकको सञ्चालकमा उपेन्द्र पौडेल नियुक्त
उपेन्द्र पाैडेल काठमाडौं । नबिल बैंकको सञ्चालक समिति सदस्यमा उपेन्द्र पौडेल नियुक्त भएका छन् । सञ्चालक कृष्णप्रसाद शर्माको सट्टामा पौडेलले एनबी इन्टरनेशनलको तर्फबाट प्रतिनिधित्व गरेको बैंकले जनाएको छ । नबिल बैंकमा एनबी इन्टरनेशनलको ५० प्रतिशत सेयर लगानी रहेको छ । एनबी इन्टरनेशनलको मुख्य लगानीकर्ता विनोद चौधरी हुन् । पौडेल यसअघि एनबी बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । सो बैंकमा करिव १६ वर्ष प्रमुख कार्यकारी अधिकृत भई काम गरेको पौडेलसँग तीन दशकभन्दा बढी अवधि बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।