छिमेक लघुवित्तका सीईओ रामचन्द्र जोशीको कार्यकाल थपियो

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रामचन्द्र जोशीको कार्यकाल थपिएको छ । सञ्चालक समितिको कात्तिक २८ गते बसेको २१७औँ बैठकले जोशीको कार्यकाल थप्ने निर्णय गरेको हो । जोशीको पदावधी यही मंसिर १९ गतेबाट सकिने भएकाले लघुवित्तले उनको कार्यकाल आगामी एक वर्षसम्मलाई थपेको हो । कार्यकाल थप पश्चात जोशीले २०७६ साल मंसिर मसान्तसम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा यस छिमेक लघुवित्तको नेतृत्व सम्हाल्नेछन् ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्गका अध्यक्ष श्रीमान श्रेष्ठद्धारा शपथ ग्रहण

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैँकिङ्ग एण्ड फाइनान्स लिमिटेडका अध्यक्ष श्रीमान श्रेष्ठले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष श्रेष्ठले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलबाट शपथ लिएका हुन् । साथै, संचालक सरोजनी श्रेष्ठ, रोशनी कसजु, डा. रेश्मी श्रेष्ठ र राजेश मानन्धरले अध्यक्ष श्रीमान श्रेष्ठ समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । संस्थाको १७औँ वार्षिक साधारण सभाबाट संचालक पदमा श्रीमान श्रेष्ठ, सरोजनी श्रेष्ठ, रोशनी कसजु संस्थापक शेयरधनी तर्फबाट तथा डा. रेश्मी श्रेष्ठ, राजेश मानन्धर सर्वसाधारण तर्फबाट संचालक पदमा र्निविरोध निर्वाचित भएका थिए ।

लक्ष्मी बैंकको सीईओमा अजय विक्रम शाह

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अजय विक्रम शाह नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई अगामी चार वर्षसम्मको लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो ।