काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कवि फुयाँल नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको ७९औँ बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत फुयाँललाई कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
कम्पनीले असोज २६ गतेदेखि लागू हुने गरी उनलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीईओको जिम्मेवारी तोकेको जनाएको छ ।