काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विमल खनाल नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिको ११४औँ बैठकले सहायक महाप्रबन्धक खनाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।
संस्थाले नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्डलगायत निकायलाई पठाएको पत्रअनुसार खनाललाई २०८३ कात्तिक २ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी प्रदान गरिएको छ ।
बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको उपकार लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्था हो । यसको कार्यक्षेत्र लुम्बिनी प्रदेश रहेको छ ।