नेपाल इन्स्योरेन्सको डीजीएममा बिक्रान्त पाण्डे नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नायव महाप्रवन्धकमा बिक्रान्त पाण्डे नियुक्त भएका छन् । बीमा क्षेत्रमा झण्डै डेढदशक बिताएका पाण्डेले बुधबारदेखि नायव महाप्रवन्धको कार्यभार सम्हाल्ने भएका छन् । पाण्डे यसअघि एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडको डेपुटी सीईओ भइ सकेका छन् । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट आफनो सेवा सुरु गरेका पाण्डे विभिन्न बीमा कम्पनीमा आवद्ध भइसकेका छन् । विकास न्युजसंग कुरा गर्दे नायव महाप्रवन्धक पाण्डेले बीमा व्यवसाय विस्तारमा जोड दिने बताए । उनले नेपाल इन्स्योरेन्सलाई अझ बढी सबल बनाउने योजना रहेको सुनाए ।

निक्षेप कर्जा सुरक्षणमा ५ जना छनौट, अर्थले माग्यो व्यवसायिक कार्ययोजना

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ५ जना छनौट भएका छन् । कोषको सीईओमा डा. घमानसिंह खड्का, विष्णुबाबु मिश्र, भाष्कर रिमाल, विनोदकुमार कार्की र श्रीप्रसाद पौडेलले छनौट भएका हुन् । अर्थ मन्त्रालयले छनौट भएका पाँचै जनासंग व्यवसायिक योजना मागेको छ ।

चलचित्र विकास बोर्डको अध्यक्षमा सरकारले माग्यो आवेदन

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षको पदपुर्तिका लागि आवेदन मागेको छ । सूचना तथा सञ्चार मन्त्रालयले प्रतिस्पर्धाबाट बोर्डको अध्यक्ष नियुक्त गर्न लागेको हो । न्युनतम स्नातक उतिर्ण गरेको र चलचित्र क्षेत्रको प्रवद्र्धनमा १० वर्ष लागेको व्यक्तिले भाग लिने पाउने भएका छन् । मन्त्रालयले १५ दिनभित्र आवेदन दिन भनेको छ ।