नेपाल लाइफ इन्स्योरेन्सको अध्यक्षमा गोविन्दलाल संघाई

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा गोविन्दलाल संघाई नियुक्त भएका छन् । फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संघाईलाई इन्स्योरेन्सको अध्यक्षमा नियुक्त गराएको हो । संघाई यस अघि सोही कम्पनीको संस्थापक समूहतर्फको सञ्चालकको पदमा थिए । साथै, कम्पनीको सोहि दिनको बैठकले पूर्व अध्यक्ष रमेश गुप्ताको राजीनामा स्वीकृत गरेको छ ।

सहयोगी विकास बैंकको सीईओमा विनय रिजाल नियुक्त

काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा विनय रिजाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले रिजाललाई ४ वर्षको लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । भारतको पुने युनिभर्सिटीबाट स्नातक गरेका रिजाल यस अघि सिभिल बैंकको क्रेडिट एड्मिनिस्ट्रशन विभाग(सिएडी) को प्रमुखपदमा कार्यरत थिए । विशेषगरी बाणिज्य बैंकहरुमा उनले आफ्नो कार्यअनुभव हासिल गरेका छन् । सिभिल बैंकको अतिरिक्त उनले एनबी बैंकमा लामो समय काम गरेको अनुभव छ । ती बैंकहरुको विभिन्न विभागहरुको उच्चतहमा रहेर उनले काम गरिसकेका छन् । बाणिज्य बैंकहरुको उच्च तहमा समेत रहेर कार्यानुभव हासिल गरेका नवनियुक्त सीईओ रिजालबाट बैंकले अझ प्रगति गर्ने आशा र विश्वास लिएको छ । बैंक व्यवस्थान, सञ्चालन सम्बन्धि विभिन्न किसिमका तालिमहरु समेत लिएका सीईओ रिजालले बैंक वित्तीय क्षेत्रमा २० बर्षे अनुभव बटुलेका छन् । बैंकिङ क्षेत्रको आफ्नो विगतको अनुभवलाई बैंकको हित र प्रगतिकालागि प्रयोग गर्ने उनले बताए । ‘बैंकको ख्यातिलाई थप उचाईमा पुर्याउँदै ग्राहक, सेयरधनीको हित र उन्नतीमा आफ्नो जोड रहनेछ ।’ प्रमुख कार्यकारी अधिकृत रिजालले भने– ‘त्यसका लागि म अहोरात्र खटिरहने छु ।’ उनले बैंकिङ क्षेत्रमा देखिएको वर्तमान चुनौतिलाई अवसरमा परिणत गरेर देखाईदिने बताएका छन् ।

राष्ट्र बैंकले खुलायो १५१ जनालाई जागिर, चैत १ गतेसम्म फारम भर्ने म्याद

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न तहका लागि १५१ जना कर्मचारीका लागि जागिर खुलाएको छ । राष्ट्र बैंकको केन्द्रिय कार्यलय जनशक्ति व्यवस्थापन विभागले प्रशासन तर्फ १४१ र प्राविधिक तर्फ १० जना कर्मचारी मााग गरेको हो । विभागले सहायक निर्देशकमा ४५ जना , सहायक द्धितीयमा ९६ जना र सहायक द्धितीय सूचना प्रविधीमाा १० जना माग गरेको हो । खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ति हुने पदको परिक्षामा भाग लिनको लागि आवश्यक कागजात पुरा गरी अनलाईन दरखास्त दिन सकिनेछ । बैंकले दरखास्त दिने अन्तिम मिती चैत १ गते सम्म तोकेको छ । सहायक निर्देशक पदमा दरखास्त भर्न चाहने व्यक्तिको उमेर २१ वर्ष परा भई ३५ वर्ष ननाघेको हुनु पर्ने छ । त्यसैगरी सहायक पदमा दरखास्त दिनको को लागि १८ वर्ष पुरा भई ३५ वर्ष र महिलाको हककमा ४० वर्ष ननाघेको हुनु पर्नेछ । तर बहालवाला कर्मचारीको हकमा भने उमेरहद नलाग्ने बैंकले जनाएको छ ।