आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । भट्टलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने कम्पनीको निर्णयलाई बीमा समितिले गत आईतबार स्वीकृति दिएको छ । तर कम्पनीले उनको नियुक्तीबारे आधिकारीक रुपमा जानकारी सार्वजनिक गरेको छैन । प्रक्रियागत केही आन्तरिक काम बाँकी रहेको कम्पनी सम्बद्ध स्रोतले बतायो । इएमबीए र बीएलसम्ममा औपचारिक शिक्षा हासिल गरेका भट्टसँग २३ वर्ष बैकिङ् क्षेत्रमा काम गरेको अनुभव छ । केही समय अघिसम्म उनी मेगा बैंक नेपालको डेपुटी सीईओ थिए । त्यसअघि इन्भेष्टमेन्ट बैंकमा थिए । पछिल्लो समय रेमिट टू नेपालमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । २०७४ भदौ १ देखि सञ्चालनमा आएको आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले एक वर्षपछि प्रमुख कार्यकारी अधिकृत पाएको छ । जनशक्तिको अभाव जनाउँदै अझै धेरै बीमा कम्पनीहरुले व्यवस्थापकीय तहको प्रमुख पद रिक्त राखेका छन् ।

साँग्रिला डेभलपमेन्ट बैंकको सीईओमा सुुयोग श्रेष्ठ, बैंकिङ् क्षेत्रमा लामाे अनुुभव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृत(सीईओ)मा सुुयोग श्रेष्ठ नियुुक्त भएका छन् । विकास बैंकको भदौ ८ गते(आज) बसेको संचालक समितिको २१४औं बैठकले श्रेष्ठलाई उक्त पदमा नियुुक्त गर्ने निर्णय गरेको हो । संखुुवासभा जिल्लाको चैनपुुरमा ४६ वर्ष अघि जन्मिएका श्रेष्ठ यसअघि तत्कालीन एस डेभलपमेन्ट बैंकको प्रमुुख कार्यकारी अधिकृत थिए । नवनियुक्त सीईओ श्रेष्ठले त्रिभुुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातक तथा ईन्सिच्युुट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ ईन्डीया, नयाँ दिल्लीबाट चार्र्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका छन् । सन् २००० मा हिमालयन बैंकबाट जुुनियर अफिसर स्तरबाट आफ्नो बैंकिङ् करियर शुुरु गरेका श्रेष्ठले उक्त बैंकमा इन्टर्नल अडिट डिपार्टमेन्ट हेडसम्मको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै, उनले सन् २००५ मा नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक प्रबन्धक हुुँदै प्रबन्धक तहसम्मको जिम्मेवारी बहन गरी त्यसपछि सन् २००९ मा तत्कालीन भिवोर डेभलपमेन्ट बैंकमा बरिष्ठ प्रबन्धक पदमा कार्य समेत गरेका थिए ।  श्रेष्ठले सन् २०१० मा तत्कालीन एस डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक, निमित्त प्रमुुख कार्यकारी अधिकृत हुुँदै प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सफलतापूूर्वक बहन गरि सकेका थिए । यसरी विभिन्न कर्मर्सियल बैंक तथा विकास बैंकको जिम्मेवारपूूर्ण पदमा रही लामो बैंकिङ् अनुुभव हासिल गरेका श्रेष्ठको कार्यकाल तथा नयाँ नेतृत्वले सांग्रिला डेभपलमेन्ट बैंकलाई थप सफलता तथा उचाई प्रदान हुुने संचालक समितिको विश्वास रहेको छ ।

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिश

काठमाडौ । संवैधानिक परिषद्ले कायमुकामम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको छ । परिषद्को आजको बैठकले सो सिफारिश गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए। तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नामलाई संसदीय सुनुवाइ समितिले अनुमोदन नगरेपछि मिश्रले कामुको जिम्मेवारी सम्हाल्दै आएका छन् । परिषद्ले गरेको सिफारिशका आधारमा सुनुवाइ समितिले अनुमोदन गर्नुपर्नेछ । समितिले अनुमोदन गरेपछि राष्ट्रपतिसमक्ष नियुक्तिका लागि पठाइनेछ । रासस