नेरुडे लघुवित्तको प्रबन्ध संचालकमा श्रेष्ठ नियुक्त
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रबन्ध संचालकमा सुधिरकुमार श्रेष्ठ नियुक्त भएका छन् । संस्थाको संचालक समितिको बैठकले रिक्त रहेको प्रबन्ध संचालक पदमा श्रेष्ठलाई नियुक्त गरेका हुन् । नवनियुक्त श्रेष्ठले आगामी वैशाख १६ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नेछन् । यसअघि संस्थाको प्रबन्ध संचालकमा मणिकुमार अज्र्याल रहेका थिए । उनले वैशाख १६ गतेदेखि लागू हुने गरी सो पदबाट राजिनामा दिने भएका छन् । अज्र्यालले राजिनामा दिएपछि रिक्त हुने उक्त पदमा श्रेष्ठलाई नियुक्त गरिने कम्पनी सचीव ऋषिप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।
राजुरमण पौडेल बीमा समितिको कार्यकारी निर्देशकमा बढुवा
काठमाडौं । बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमण पौडेल बढुवा भएका छन् । बीमा समितिको सोमबार बसेको संचालक समिती बैठकले पौडेललाई कार्यकारी निर्देसकमा पदोन्नति गरेको हो । पौडेलले यश अघि निमित्त कार्यकारी निर्देसकको रूपमा काम गरिरहेका थिए । पौडेलले सोमबार नै पदभार ग्रहण गरिसकेका छन् । उनले बीमा समितिको नियामकिय क्षमता सशक्त बनाउदै बिमाको पहुँच बिस्तारमा ध्यान दिने बताए ।
सिद्धार्थ बैंकको स्वतन्त्र संचालकमा जेसमीन हाडा बज्राचार्य नियुक्त
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले जेसमीन हाडा बज्राचार्यलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । हाडाको इन्स्योरेन्स, परामर्श सेवा, संयुक्त राष्ट्र संघ होटल लगायत विभिन्न संघ संस्थाहरुको कार्य अनुभव रहेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १४९ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६१ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।