अन्नपुर्ण पोष्टको प्रधान सम्पादकमा हरिबहादुर थापा

काठमाडौं । अन्नपुर्ण पोष्टको प्रधान सम्पादकमा हरिबहादुर थापा नियुक्त भएका छन् । २६ वर्षसम्म कान्तिपुरमा रहेका थापाले व्यवस्थापनसंग असन्तुष्ठि जनाई दुईसाता अघि सम्पादक पदबाट राजीनामा गरेका थिए । जलस्रोत र भ्रष्टचारमा कलम चलाएका थापा कान्तिपुरको समाचार सम्पादक हुदै ६ महिनाअघि सम्पादकमा बढुवा भएका थिए । सम्पादक राजाराम गौतम अन्नपुर्ण पोष्टबाट बाहिरिएका छ ।

सिटिजन्स बैंकको प्रवक्तामा उमंग शर्मा नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रवक्तामा उमंग शर्मालाई नियुक्त गरेको छ । करिव १७ वर्ष अघि नविल बैंक नेपालबाट करियर थालेकी शर्मा बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित छिन् । बैंकको स्थापनाकाल देखिनै कार्यरत शर्माले यस दौरानमा कर्जा विभाग अन्तर्गत उपभोक्ता बैकिंग यूनिट, संस्थागत कर्जा, एस एम ई जस्ता क्षेत्रमा उलेख्य काम गरिसकेकी छिन् । हाल उनी अन्तर्गत सामान्य सेवा विभाग, मानव संसाधन विभाग र कर्पोरेट कम्युनिकेशन विभाग रहेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बैंकिङ क्षेत्रमा अनुभवी शर्माले बैंकलाई नयाँ उचाइँमा लैजाने विश्वास व्यक्त गरेका छन् ।

हाथवे फाइनान्सको सीईओमा सुवास पौडेल नियुक्त

काठमाडौं । हाथवे फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुवास पौडेल नियुक्त भएका छन् । गत साउन ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ पदमा नियुक्त गरेको हो । पौडेलले सोही मितिदेखि उक्त पदको कार्यभार सम्हालेका छन् । यसअघि कम्पनीको सीईओ विष्णु पाण्डेले राजिनामा दिएपछि उक्त रिक्त पदमा पौडेल नियुक्त भएका हुन् । कम्पनीको गत असार ३१ गते सम्पन्न संचालक समितिको बैठकले पाण्डेको राजिनामा स्वीकृति गरेको थियो ।