रेल विभागको महानिर्देशकमा बलराम मिश्र
काठमाडौं । रेल विभागको महानिर्देशकमा बलराम मिश्र नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले मिश्रलाई महानिर्देशक नियुक्त गरेका हुन् । मिश्रले बिहिबारदेखि नै विभागको कार्यभार सम्हालेका छन् । उनी यस अघि सडक विभागको उत्तर दक्षिण सडक आयोजना प्रमुखको जिम्मेवारीमा थिए । रौतहटका मिश्रले हुलाकी सडक आयोजना प्रमुखको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । कार्यभार सम्हाल्दै उनले नेपालको विकासको मुल प्रवाहका रुपमा हेरिएका रेलमार्गहरुको तिब्रत्तर विकासका लागि आफुले कुनै कसर बाँकी नराख्ने बताए ।
ज्योति विकास बैंकको नायब महाप्रबन्धकमा शर्मा र सहायक महाप्रबन्धकमा आचार्य नियुक्त
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडका उच्च व्यवस्थापनमा दुई नयाँ पदाधिकारीहरु नियुक्त भएका छन् । बैंकको नायब महाप्रबन्धकमा शुशिलकुमार शर्मा तथा सहायक महाप्रबन्धकमा रामहरि आचार्य नियुक्त भएका छन् । नवनियुक्त शर्माको २३ वर्ष नेपाल एसबिआइ बैक र ५ बर्ष नबिल बैंकमा काम गरेको अनुभब रहेको छ । उनी यस अघि एसबिआइ बैकको क्षेत्रिय प्रबन्धकको रुपमा कार्यरत थिए । व्यवस्थापनमा स्नातकोत्तर शर्मासँग शाखा प्रबन्धकदेखि विभागिय प्रमुख तथा क्षेत्रिय प्रबन्धक सम्मको काम गरेको अनुभव रहेको छ । त्यसैगरी रामहरि आचार्यसँग एभरेष्ट बैकमा २० वर्ष काम गरेको अनुभव रहेको छ । व्यवस्थापनमा स्नातकोत्तर आचार्य यस अघि एभरेष्ट बैकको प्रबन्धकको रुपमा कार्यरत थिए । उच्च व्यवस्थापनमा स्थापित बाणिज्य बैंकमा लामो समयसम्म महत्वपुर्ण भुमिकामा रहेका व्यक्तिहरुको नियुक्तिले ज्योति विकास बैकको लक्ष प्राप्ति यात्रा अझ सहज हुने कम्पनीको विश्वास छ ।
लगानी कोषको कामु सीर्इअाेमा सुशीलकुमार अर्याल
काठमाडौं । नागरिक लगानी कोषको कायम मुकायम (कामु) कार्यकारी निर्देशक(सीर्इअाे)मा सुशीलकुमार अर्याल नियुक्त भएका छन् । बुधबार बसेको कोष संचालक समितिको बैठकले केही दिनदेखी रिक्त(खाली) रहेको उक्त पदमा अर्याललाई नियुक्त गरी कामु सीर्इअाेकाे जिम्मेवारी दिएकाे हाे । नवनियुक्त अर्याल यो भन्दा अघि कोषको मुख्य व्यवस्थापक पदमा कार्यरत थिए । कोषमा उनी अनुभवी व्यक्तित्वको रुपमा परिचित रहेका छन् । बाणिज्य सास्त्रमा स्नाकोत्तर तथा कानुनमा बिएल गरेका अर्यालले नेपाल व्यवस्थापन संघ (म्यान) को महासचिव भएर लामो समय काम गरिसकेका छन् ।